फाल्सा-फाल्सा भएर उडेको
त्यो सेतो वादलको सतहवाट एउटा जहाज उडिरहेछ
नीलो आकाशमा डुब्दै गएको
त्यो सेतो हिमाललाई नाघ्दै एउटा जहाज उडिरहेछ
मुटुभरी वेदना र आँखाभरि विषाद बोकेका
यात्रीहरूलाई लिएर एउटा जहाज उडिरहेछ
आफैँभरि अपहरणको भय, सङ्कोच र त्रास लिएर
नीलो आकाशभित्र एउटा जहाज उडी रहेछ ।