दुई टुक्रा


जो सँग हात भरिएको लाठी छ
उसले जे गरे पनि ताली पाउँछ
जसको नैतिकमा साथी छ,
उसको गोजी सधैँ खाली हुन्छ


वाग्मती र विष्णुमतीको दोभानमा एउटा ठूलो दह छ
भ्रष्टाचारलाई जति पल्टायो उति तह छ
त्यसैले
धेरै तरुनीहरूका अनुहारमा हेरौं¬ –
भ्रष्टाचारका पाउडरको छाप छ
धेरै कर्मचारीका आँखामा हेरौं–
दिनभरिको भ्रष्टाचारको राप छ ।