- Home
- मेरो लिम्पियाधुरा
- अहिले
अहिले
एकै क्षण ढोका थुनेर बसौं झ्याल थुनेर बसौं पर्दा लगाएर बसौं कान थुनेर बसौं हाम्रो घर अगाडी जुलुस आइ रहेछ । वस्त्र हीनहरू जुलुसमा हिडिरहेछन् लज्जा बोध नहुनेहरु जुलुसमा नारा लाइ रहेछन् नङ्गाहरूको नारा अश्लील छ उनीहरू श्लीलको बलात्कार गरि रहेछन् मान्यताको चीरहरण गरि रहेछन् । उनीहरू नाङ्गै जुलुसमा हिडेकाछन् उनीहरू अश्लील नारामा रमेका छन् । उनीहरू अगुवा हुन् कामकाजका अगुवा बन्दो बस्तीका अगुवा न्याय र इन्साफका अगुवा सर्वत्रका अगुवा । गन्तव्य उनीहरूको ठूला घरहरू तिर रहेको छ कामकाजको ठूलो घर बन्दोबस्तको ठूलो घर इन्साफ गर्नेहरु बस्ने ठूलो घर उता पस्न लागेका छन् उनीहरू उनीहरू नङ्गा छन् उनीहरू अश्लील नारा लाउदैछन् । त्यसैले ती नङ्गाहरूको जुलुस ठूला घरतिर नपसे सम्म अहिलेका हकमा ढोका बन्द गरेर बसौं झ्याल थुनेर बसौं कान थुनेर बसौं नङ्गाहरूका नारा नसुनौ श्लीलको बलात्कार नहेरौं मान्यताको चीरहरण नहेरौं बरु पसुन्, उनीहरू ठूला घरतिर हामी ! उनीहरूलाई लज्जा बोध हुने आँधी नआएसम्म उनको नग्नताको चेत खुलाउने गरि भूकम्प नउठेसम्म ज्वालामुखी नफुटेसम्म हामी घर भित्र बसौं झ्याल थुनेर बसौं कान थुनेर बसौं आँखा चिम्लेर बसौं । २०७१ जेठ ।
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ