- Home
- मेरो लिम्पियाधुरा
- को कसका सन्तान ?
को कसका सन्तान ?
च्यातिएको टोपी र दौरा- टालेको भोटो र सुरुवाल लगाएका मान्छेहरू निस्लोट अँध्यारोमा लाल बहादुर शास्त्री र होचिमिन्ह खोजी रहेछन् सल्लोको छेस्को बालेको प्रकाशमा पेरिसडाँडा‚ बल्खु र सानेपामा आफ्नो अनुहार उज्यालो देखाउने ऐना खोजी रहेछन् - ती मान्छेहरू एक पटक मुसुक्क हाँस्ने साइत पर्खि रहेछन् । ऐना फुटेको‚ उसले हाँसो पनि फुटेको देखाउँछ जोडिँदैन फुटेको ऐना तैपनि जोडिन्छ कि ? -भनेर पर्खी रहेछन् मान्छेहरू । नव लाल बहादुर र नव होचिमिन्हहरु भारतमा बेथिति उठाइ रहेछन् अमेरिकासँग साठगाँठ पछिको मित्रता गरी रहेछन् तर सत्य कुरा भन्न धेरै हिम्मत गर्नु नपर्ने भए र कुनै जोखिम ब्यहोर्नु नपर्ने भए जोसुकैले किटेर भन्ने थिए- एउटा प्रश्नको जबाफमा शक्तिमा भाकाहरू “को कसको अवैध सन्तान हुन्” - भनेर ।
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ