तीज पहिले र अहिले

पहिले - पहिले 
दर खाने दिन सम्ममा
चेली - वेटी माइत आउथे
दिदी, बहिनी, फुपू भदै भेला हुन्थे
दुख सुखका कुरा गर्थे
रुन्थे
बर्ष भरीका पीडालाई
आँसुले पखाल्थे 
राती उठेर दर खान्थे
हामी साथ दिन्थ्यौ,
गच्छे अनुसार 
छिटको सारी र चोली फेर्थे
बर्त बस्थे 
पूजा लाउथे
फेरि रुन्थे 
विदा हुन्थे 
यसरी तीज सकिन्थ्यो 
तीजको अर्को परिभाषा र अर्थ हुँदैनथ्यो
तर तीज 
सार्है महत्व र मर्मको हुन्थ्यो 
चेली - बेटीलाई मात्र होइन
तीज केटाकेटी र माइतीलाई पनि 
साह्रै रमाइलो हुन्थ्यो 
यसरी तीज सबैको हुन्थ्यो ।

अहिले 
तीन महिना अगाडी देखि तीज लाग्छ
सारी र सुनका पसलमा भीड लाग्छ
होटेल र पार्टी प्यालेसहरू अग्रिम बुक हुन्छन्
पोते र तिलहरी आधा किलोको त लाउँछन् 
तिन महिने सिजन भरी खुब नाच्छन् 
दोहोरी गाउँछन् 
बर्त र पूजाको कुरा त गौण छ
दर भनेको 
नाच्नु, गाउनु र पिउनमा परिणत भइरहेछ 
संस्कृति भनेर विकृति निर्माण गरेको समाचार सुनाइ रहेछ तीज
विकृतिकै गतिलो बोट हुर्काइ रहेछ 
अहिलेको तीज ।