त्यो रूख कसले रोपेको हो ?

हो‚
तिमी रुखको टुप्पामा छौ
तिमीले आफूलाई रुख भन्दा अग्लो सम्झेकाछौ

र रुख आफ्नो खल्तीमा भएको पनि ठानेका छौ
तर
कठै ! तिमीलाई थाहा छ ?
त्यो रुख कसले रोपेको हो ?