- Home
- मेरो लिम्पियाधुरा
- भ्रम
भ्रम
हुर्केको समयलाई नियन्त्रणमा राखेको भ्रम पिएर सुतेकछन् उनिहरु यतिबेला, संचालन गरिरहेछन् उद्योगहरु — सपनाका थाहै नपाइ कहाँबाट उत्पादन गरेछन् ? थोक थोकमै बाँड्न पुग्ने झुटहरु यसपाली पनि बाली फलेन तर भकारीका भकारी झूटहरु वितरण भएको छ “अनिकाल लाग्दैन अरे” यो हल्ला पनि झुटकै भकारीमा भेटिएछ । आज फेरि शहर जाँदैछन् — मान्छेहरु नत्थुराम गोड्सेको आगमन रहेछ हरेक वयस्कलाइ उपस्थित हुन उर्दी छ उस्ले प्रवचन दिनेअरे “अहिंसा र गान्धीबाद”का बारेमा । उत्साहित छन् मान्छेहरु रमाइरहेछन् नाचीरहेछन् लाग्छ— अब घर फर्के पछि उनको चूलो आफै बल्नेछ उनले ठानेकाछन् गोड्सेका अहिंसा र गान्धिबादका प्रवचनले अब उनको जीवनमा बत्ति बल्नेछ खेत र बारीमा व्याड नराखिकनै बाली लटरम्म झुल्नेछ । २०७० असार ।
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ