- Home
- मेरो लिम्पियाधुरा
- रङ् पोत्नेहरू
रङ् पोत्नेहरू
उनीहरू टोलाएका थिए घामका किरणहरू हेर्दै थिए उनीहरूले भने “हामी घामका किरणहरूमा रङ् पोत्दै छौं” हामीले हो भनी दियौं । भोलिपल्ट कलिलो घाम मान्छेका आङमा लाग्यो न्यानो भयो उनीहरूले फेरि भने “हामीले घामका किरणहरूमा रङ पोतेपछि “घाम यसरी न्यानो भयो” “चम्कियो” त्यसलाई पनि हामीले हो भनी दियौं । फेरि अर्को दिन उनीहरू आए र यस पल्ट भने¬— “हामीले रङ पोतेर घामका किरणलाई न्यानु पारेका छौं सर्वत्र समान रूपमा बाँडेका छौं रङको खर्च र मजदुरी दिनु पर्छ ।” मान्छेहरू छक्क त परेका छन् तर गाउँमा अहिले चुनाव आएको छ थाहा छैन यस पल्ट चुनाव जीत्नेले हावामा पनि रङ् भर्छन् कि ? हो अहिले गाउँमा चुनाव आएको छ । २०७० असार ।
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ