राता फुलकी माली

रातो फुलको बिरुवा गोड्ने 
रातो फुल सजाएर राख्ने 
माली थिइन उनी 
यसरी गइन् ।
चिन्ता छ
अब 
राता फुलहरूको महत्त्व
कसले कसरी बताउने हुन् ?
समय यति बिघ्न भाँडिएको छ कि 
राता फुलका महिमाहरू
पुछ्ने हुन् कि ? 
संरक्षण गर्नुपर्नेहरूले नै । 

जीवनमा कठोर बाटो रोजेर 
खोट र दाग बाट बचेर 
आदर्शको प्रतीक बनेर 
बिलाएकी 
राता फुलहरूको ब्याड निर्माण गर्ने रहर भएकी
तिमीलाई रातो फुलको गुच्छा चढाएर 
मेरो श्रद्धाञ्जली !