समयलाई सलाम

नाफा
नोक्सान
नाफा र नोक्सान बराबर
भएजस्तै 
समय
कहिले टाकुराबाट हेरिरहेछ — फेदितिर
र कहिले फेदीबाट हेरिरहेछ — टाकुरातिर ।

म 
समयलाई — नबुझेर 
हैसान छु
कहिले — तन्किन्छ — समय
कहिले — खुम्चिन्छ — समय
कठपुतली जस्तै समय
स्वाधीनताका लागि इस्पात समय
यसको प्रबृत्ति बुझेर 
म के नामाकरण गरौ समयको ? 
भो ! मैले फलाम चपाउन सकिन 
मैले हारें
समयले विजयको घोडा चड्यो ।

टक टक टक टक हिंडीरहेछ 
समय 
घोडाको टापको जस्तै 
ध्वनी प्रवाह गरेर । 
म समयसँग 
समाहित हुन सकिंन
समयसँग पराजित हुन पनि सकिंन
तैपनि 
जव्वर छ समय 
मेरो सलाम छ उसलाई ।

२०७५ ।