- Home
- मेरो लिम्पियाधुरा
- सिंहदरवार
सिंहदरवार
घर, महल र दरबार जे भने पनि हुन्छ घर भित्र मन हुन्छ रहर पनि हुन्छ सहर पनि हुन्छ हो, मान्छेको घर भित्र खुसीको लहरै लहर हुन्छ । तर एउटा घर छ घर अलिक ठूलो छ मान्छे त्यसलाई दरबार भन्छन् घरभित्र सहर छैन बाहिर चारैतिर सहर छ यो राजधानीमा छ र यसलाई सिंहदरवार भन्छन् । सिंहदरवार धुमधुमती बसेको छ लाग्छ, उ बल्छी बोकेर अल्छी पाराले बसेको छ मान्छेहरू बर्को ओढेर लर्को लागेर पसि रहेछन् जो पसे गजधम्म भएर बसेका छन् पसेकाहरु निस्कँदैनन् बसेकाहरु उठ्दैनन् विचित्र छ सिंहदरवार त्यहाँ पसेको मान्छे आफै सिंहदरवार जस्तै भएको छ जो पस्यो आफै सिंहदरवार भएर बसेको छ जो पस्यो उ दरबारै दरबार भएको छ सिंहदरवारमा उ फसेको छ । अलिक ठूलो जिज्ञासा छ के हुन्छ ? सिंहदरवारमा किन त्यहाँ पसेपछि मान्छे त्यहीँ बसेको छ ? निस्कँदैन किन ? लाग्छ उत्तर त सजिलो छैन तर सबैले बुझेको छ सबैले जानेको छ सिंहदरवारलाई सबैले चिनेको छ । के छ सिंहदरवारमा ? के छैन सिंहदरवारमा ? कमिशनतन्त्रको सुन्दर बजार छ होलसेलमा कारोबार हुन्छ भ्रष्टाचारको विरोधको सुन्दर छाना छ त्यसको मुनी भ्रष्टाचारको नगर छ सिंहदरवार भित्रै बगर छ वन, जङ्गल छ धेरै मङ्गल छ फगत मन छैन र निमुखाहरूलाई सास्ती छ अरु केही छैन । भित्र पस्ने लाई मझेरीमा गजधम्म वस्नेलाइ सिंहदरवारले तालिम दिन्छ सिकाउँछ “जे गर्छौ ¬— त्यो नभन जे भन्छौ — त्यो नगर ।” यसरी तालिम लिएकाहरु ढुक्क भएर बसेकाछन् र त्यसै गर्छन् सिंहदरवारमा ।
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ