लेख / रचनाहरू

मैले बुझेका पदमबहादुर गिरी

मैले बुझेका पदमबहादुर गिरी

म बालकै थिएँ, जति बेला मैले पदमबहादुर गिरीको नाम  सुनेँ । २०२० सालतिर इलाममा पदमबहादुर गिरीको नाम अलिक धेरै सुनेँ । मैले २०२४ सालतिर मात्र पदम बहादुर गिरीलाई देखेँ, शायद भद्रपुरको कुनै सार्वजनिक समारोहमा । जब मैले पदमबहादुर गिरीको नाम सुनेँ – उहाँका बारेमा धेरै प्रकारका चर्चा, परिचर्चा जोडिएको सुनेँ । प्रसङ्गहरू साहसका थिए,प्रसङ्गहरू वीरताका थिए, प्रसङ्गहरू दुःखका पनि थिए र प्रसङ्गहरू सम्पन्नताका पनि थिए । प्रसङ्गहरूले बताउँथे – ´उहाँ असामान्य मान्छे हुनुहुन्छ ।´

समय बित्दै गयो, मैले उहाँका बारेमा अलिक धेरै चर्चा सुन्दै गएँ, कुरा बुझ्दै गएँ । शुरूमा उहाँसँगको भेटघाट त्यति सकारात्मक धारणा बनाउन सकेको थिइनँ । अलिक कडा मिजासको, रूखो  स्वभावको मान्छेका रूपमा मैले उहाँलाइ बुझें । यस्ता मान्छेसँग मानवीय संवेदना अलिक कम हुन्छ कि ! जस्तो मलाई लाग्थ्यो ।

जीवनमा निकै उतार – चढाउ भोग्दै, व्यर्होदै मैले २०३३ सालदेखि वकालत पेशा शुरू गरें । यो पेशा शुरू गर्दा म झापाका प्रबुद्ध, शिष्ट र शालीन व्यक्तित्व नरेशकुमार वर्माको सहायकको रूपमा कर्यरत भएँ । पदमबहादुर गिरीको र नरेशकुमार वर्माको घनिष्��  सम्बन्ध रहेछ । उहाँका कानुनी समस्याहरूमा नरेशकुमार वर्माले सल्लाह र सेवा प्रदान गर्नुहुँदो रहेछ । यस नाताबाट पदमबहादुर गिरीसँग मैले नजिक हुने, उहाँको विचार बुझ्ने र वहाँसँग पूर्ण रूपले परिचित हुने मौका पाएँ । जब म पदमबहादुर गिरीज्यूसित नजिक भएँ, उहाँलाई अलिक धेरै बुझ्न र चिन्न थालें । तब मात्र मलाई उहाँको स्वभाव थाहाभयो । मैले रूखो, कडा मिजासको भनी बनाएको उहाँप्रतिको धारणा शत – प्रतिशत सही रहेनछ । उहाँ त नरम , दयालु व्यक्ति पो हुनुहुँदो रहेछ । मानवीय सम्वेदना नभएको मान्छे होइन , उहाँ त मानवीय सम्वेदना भएको मान्छे पो हुनुहुँदो रहेछ । यसरी मात्र मैले पदमबहादुर गिरीको असली स्वभाव चिन्न सकेँ, बुझ्न सकेँ ।

समय बित्दै गयो ! म बिर्तामोडमा बसोबास गर्न थालेपछि पदमबहादुर गिरीसँग मेरो अरू घनिष्टता बढ्यो । उहाँसँग मेरो आवत – जावत बाक्लै भयो । उहाँबारे मेरो मानसिकतामा परिवर्तन भयो र मेरो मानसिकताले उहाँलाई मेरो संरक्षक �� ान्यो । यसो हुनुमा उहाँको व्यवहार, म प्रतिको माया, ममता स्नेह र मेरो घर-व्यवहारलाई चिन्ता गरिदिने, खोज-खबर लिइदिने  आदि कुरामा उहाँको उत्सुकता नै मूल कारण थियो । यसरी शुरू शुरूमा मलाई क�� ोर र खरो, रूखो मिजासको लाग्नुहुने पदमबहादुर गिरी दयालु र नरम मिजासको व्यक्तिको रूपमा मैले मेरो मनमा उहाँलाई बसाएँ । यस्तो प्रसङ्ग मसँग मात्र होइन । मैले देखेको छु, सङ्कट र दुःख परेर गुहार माग्न आएका अनगिन्ती असहायहरूलाई उहाँले उद्धार गर्नुभएको छ र मद्त पुर्या उनुभएको छ । अनगिन्ती संघ –  संस्थाहरूलाई, म�� -मन्दिरहरूलाई दान गर्ने दानवीर पदमबहादुर गिरीले समाजमा धेरै असहायहरूलाई मदत गर्नुभएको छ र यस समाजका धेरैलाई संरक्षकको हैसियत प्रदानगर्नु भएको छ ।

पदमबहादुर गिरी सभ्रान्त बन्नुभयो । धेरै उधोग-धन्दा र व्यापारका मालिक बन्नुभयो । तर, त्योभन्दा �� ूलो कुरा समाजको �� ूलो सम्पत्ति उहाँ बन्नुभयो । पदमबहादुर गिरीले जुन इतिहास प्रस्तुत गर्नुभएको छ, त्यस्ले भावी पुस्तालाई मेहनत, कडा परिश्रम, अथक लगन गर्नु पर्ने कुरा बताइरहनेछ । वास्तवमा पदमबहादुर गिरीको अतीत पल्टाउनेले निश्चय भेट्ने छ-पदम बहादुर गिरीको सफलता भनेकै मेहनत,क�� ोर परिश्रम, अथक लगन आदिमा निर्मित भएको छ । उहाँले जीवनमा अन्तिम समयसम्म मेहनत गर्दै रहनुभयो र समाजलाई यस्तै प्रेरणा दिँदै जानुभयो ।

पदमबहादुर गिरी बाहिरफेर घुमफिर गरेर फर्किएपछि त्यस क्षेत्रका उन्नति र प्रगतिले आफूलाई छोएको बताउनुहुन्थ्यो । कसरी यस मुलुकमा यस प्रकारको उन्नति र प्रगति सम्भव छ ? भनेर चिन्ता गर्नुहुन्थ्यो, छलफल गर्नुहुन्थ्यो र युवा समुदायलाई  जाँगर प्रदान गर्नुहुन्थ्यो । निष्क्रियता र पलायनका कट्टर विरोधी रहनुभएका पदमबहादुर गिरी हरेकलाई सक्रिय र उत्साह बन्न प्रेरणा प्रदान गरिरहनुहुन्थ्यो ।

पदमबहादुर गिरी एउटा कट्टर राष्ट्रवादी हुनुहुन्थ्यो । नेपाल चिया विकास निगमको निजी करणको कुरा चलिरहेको थियो । त्यो निजीकरणको प्रसङ्गमा विदेशी उधोगपतिहरूको हातमा निगम सुम्पने चर्चाले हिमाल छोइरहेको थियो । त्यस बेला उहाँ विदेशी व्यापारी वा उधोगपतिलाई निगम सुम्पनु भनेको यो मुलुकको भू-भाग विदेशीलाई सुम्पनु हो भन्ने दृष्टिकोण राख्नुहुन्थ्यो ।  निजीकरणका नाममा विदेशीलाई यस मुलुकको सम्पत्ति लुटाउन हुन्न, यसको डटेर विरोध गर्नुपर्छ भनी युवावर्गमा पनि हौसला प्रदान गर्नुहुन्थ्यो ।

पदमबहादुर गिरी समाजसेवाको भावनाले ओतप्रोत भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँले आफ्नै लगानीबाट समाज सेवाको क्षेत्रमा आवश्यक पर्ने धेरै भौतिक साधनहरू निर्माण गरिदिनुभएको छ । धार्मिक प्रकृतिको हुनुको कारण मन्दिरहरू खडा गर्नुभएको छ । म�� -मन्दिरहरूमा दिल खोलेर दान चढाउनुभएको छ ।

आज पदम बहादुर गिरी हाम्रा माझ हुनु हुन्न, उहाँ समाजका हर क्षेत्रमा प्रेरणाको श्रोत बनेर रहनुभएको छ । समाजले युग-युगसम्म उहाँलाई स्मरण गरिरहने छ । उहाँ थोरै पढेको, धेरै बुझेको असामान्य मान्छे हुनुहुन्थ्यो । यस्तै हुनुहुन्थ्यो – मैले बुझेका पदम बहादुर गिरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *