बाटो

हरेक मान्छेलाई आफू हिंड्‍न
एउटा बाटो चाहिन्छ
हरेक मान्छेलाई जीवनको
फराकिलो बाटो चाहिन्छ
हरेक मान्छेलाई यो पवित्र माटोमा
पवित्र बाटो चाहिन्छ
हरेक मान्छेलाई आफू जत्रै
जीवनको बाटो चाहिन्छ !