मेरा कविता

मेरा कविता

कविताका केही हरफहरु
छोरीले फाटेको जामामा टालो लाइछे
कविताका केही हरफहरु
पत्नीले बजार गर्दा खर्च गरिछे
गुजाराका लागि आफैंले केही हरफहरु
बादी र प्रतिबादीमा रूपान्तर गरेको छु
कविताका अलिक धेरै हरफहरु
छोराको क्यान्सरमा खर्च गरेको छु
कविताका केही हरफहरु
चाकडीमा हजूरहरुलाई चढाएको छु
मेरा कविताहरु के-के भए-भए ?
सारै थोरै हरफमात्र बचाएको छु ।