साँढेहरू

साँढेहरू

डामेर छाडेका
एक हूल- साँढेहरु
बाली चर्दैछन्
पसीना र रगतको बालीले
साँढेहरु पेट भर्दैछन्
आफ्नो पनि
आफ्नो छोराको पनि
र, छोराका छोराको पनि
पेट भर्न भण्डार भर्दैछन्
साँढेहरु डुक्रन्छन्
साँढेहरु हान्छन्
नियमको कुरा गर्ने मूर्खहरु !
साँढेहरुका छेउमा नजाऊ
उनको नियम हान्नु हो
जथाभावी गर्नु हो
अहिले – बालीभन्दा –
साँढे, लह-लह भएका छन्
डामेर छाडेका साँढे तह-तह भएका छन्
निर्धाहरुको आतंक बनेर
साँढेहरु – बाली चर्दैछन्
साँढेहरु – खेतभरि छन्
साँढेहरु – बारीभरि छन् ।

२०५४/६/२६