छिमेकीको इमानी मेटिदेऊ

छिमेकीको इमानी मेटिदेऊ

१. अहिले हामीसँग
अलिकति किताव छन्
कितावमा इतिहास छ
इतिहासमा त
टिस्टा पनि छ/काङ्गडा पनि छ
त्यो त इतिहास हो
वर्तमानमा त
दिनदहाडै किल्ला हराएको छ
हो, मेची नदीको पूर्वमा
जङ्गवहादुरले गाडेको कीलो उखेलिएको छ
मूलढोका फोरेर
मेरो घरभित्रको मेची चोरिएको छ ।

२. मैले मेरो आफ्नूलाई आफैं माया गरेको
मनमा सजाएको
मुटुमा, ह्दयमा राखेको
सधैं आफ्नू ठानेको
कहिल्यै अर्काको नहुने विश्वास गरेको
सवैभन्दा वढी माया गरेको
कलकल वग्ने सङ्लो पानी भएको
निश्छल नेपाली मन भएको
मेरो मेची खोलो
घरकै भेदियाले
पराइलाई छुवाउँदैमा
सावधान ! कसैले कल्पना नगर !
भरकै भेदियाहरु मेरो मनभित्रको मेचीलाई
खवरदार ! कसैले अरूको नभन !

३. मनहीन र मस्तिषकहीन ठानेर हामीलाई
दुर्बल र अपाहिज भनेर हामीलाई
हामीले सजाएको फूलबारीमा चर्न
एउटा बसाहा पसेको छ
मेरो मनभित्रको भद्रपुरको माटोमा गजधम्म बसेको छ
यसले चिथोरेका घाउहरु छन्
भद्रपुरको घाउ
मेरो सगरमाथामा दु:खेको छ
स्वयम्भूका आँखामा आक्रोशको आँशु भरिएको छ
बुद्धदर्शन आन्दोलित भएर उठेको छ, हिंसामा फेरिन सक्छ
न्याय,सत्य र विजय
के कहिल्यै हाम्रो पक्षमा नहुन् सक्छ र ?

४. हामी त शान्त छौं
तर यसरी नै हामी क्लान्त छौ
हाम्रा सिसाका झ्यालहरुमा
सद्भावको फूल भनेर ढुङ्गा हान्ने छिमेकीलाई
हाम्रो बगंैचामा पाकेको अम्बा चोरेर खाने उसलाई
हातमा वन्दूक वोकेर
हाम्रो मनभित्रको मेची र भद्रपुरमा चोर्दा-चौर्दै
हामीले रङ्गेहात पक्रेर ल्याएका छौं
गाउँ-घरले पनि एकपल्ट हेरिदेऊ !
केही गर्न नसके पनि
कृपया हाम्रो छिमेकीको निधारमा लेखेको इमानी मेटिदेऊ
अरू त जे गर्छौ आफैं गर्छौ
तिमीहरुसँग न्यायको मन छ भने कृपया यति गरिदेऊ !