सम्झनैं नसकिने ! विर्सनैं नसकिने !

सम्झनैं नसकिने ! विर्सनैं नसकिने !

थुप्रै सिर्जनाका मुहानहरुको नष्ट भयो
थुप्रै फूलहरुको असमयमै अन्त्य भयो
त्यहाँ उत्साह र उमङ्‍गहरुको अवसान भयो
त्यहाँ मायालु मन र रहरहरुको समाप्ति भयो ।
त्यो त पहाडका रूपमा उभिएको नरभक्षी रहेछ !
घ्याङफेदी त त्यस क्षण साँच्चैको राक्षस भएछ !
लेक र पहराको टुप्पो घ्याङफेदी
टाढाबाट संझदा पनि बीभत्सताले छोपिएको छ
घ्याङफेदीले मान्छेका मनभरि,मुटुभरि र चेतनाभरि
खप्नै नसक्ने पीडा भरेको छ ।
त्यसक्षण घ्याङफेदी अलिकति झुकिदिएको भए पनि हुने
त्यसक्षण घ्याङफेदी अलिकति लुकिदिएको भए पनि हुने
त्यसक्षण घ्याङफेदी अलिकति भास्सिएको भए पनि हुने
त्यसक्षण घ्याङफेदी एकक्षण नास्सिएको भए पनि हुने ।
अनन्त इच्छा र रहरहरु भएका यात्रुहरु बोकेर
नीलो आकाशमा डुब्दै आएको जहाजसँग
घ्यांङफेदी त्यसक्षण त्यसरी संझनै नसक्ने गरी
नठोकिएको भए पनि हुने
त्यसक्षण त्यतिबिघ्न आला-आला फूलहरु
त्यसरी कठोरसँग, नचुँडिदिएको भए पनि हुने
संझनै नसकिने, बिर्सनै पनि नसकिने !
वीभत्स दुर्घटना
घ्याङफेदीमा नभैदिएको भए हुने !