- Home
- मेरो लिम्पियाधुरा
- आफन्तहरू
आफन्तहरू
मित्रहरू आत्मीयहरू चिनेकाहरु देखेकाहरु सुनेका सम्म पनि कति हो कति ? लुछेर लग्यो यस्तै त लागेको थिएन तर चुँडेर लग्यो फुलवारि उराठ बनाएर फुल चुँडेर लग्यो अन्धकार घोप्ट्याएर उज्यालो लुटेर लग्यो आतङ्क छाडेर शान्त मन खोसेर लग्यो पाइतालहरू पनि खोसेर लग्यो वक्ष लग्यो मन मुटु लग्यो ललाट र शिर पनि खोसेर लग्यो गर्नु गर्यो चोटै चोट छाडेर गयो घात प्रति घात रोपेर गयो । जिजीविषाहरू क्षत विक्षत भकाएछन् रक्त मुछेल भकाएछन् शोकग्रस्त मनहरू जुलुस भकाएछन् टाल्दा टाल्दै जिजीविषाहरू जता ततैबाट खुस्केका छन् कुरूप कुरूप भैँ सकेका छन् लाग्छ, त्यो पनि उसकै अधीनस्थ छ बाख्रीको खोरमा चितुवाको हुल पसेर बसेको छ पाठाहरू मनेहरू आँ सम्म पनि गर्न पाएका छैनन् चरा बचेरोहरूले चूँ सम्म गर्न भ्याएका छैनन् हावा पनि शोक बनेर चली रहेछ पानी पनि शोक बनेर वर्षी रहेछ अहिले त समय पनि दोसाँधको भएको छ मर्नु र बाँच्नको मानिसहरू भनि रहेछन् अलिक दिन बाँचियो भने अरू कुरा गरौला नाचौला र हाँसौला अझै रहर पूरा गरौला अहिले त संसार भरि मानिसहरू बोल्न पनि सकेका छैनन् हाँस्न पनि सकेका छैनन् विश्व बन्द गरि दियो कोरना भाइरसले क्रूर पन्जा फैलाएर टाकुराका मानिसलाई फेदीमा झारि दियो फेदीका मानिसलाई बगरमा बिलाइ दियो जगरमा हेलिदियो मान्छेको अस्तित्वमा यतिबिघ्न सङ्कट थपिदियो ।
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ