- Home
- मेरो लिम्पियाधुरा
- उनीहरू ऐना हेर्दैनन्
उनीहरू ऐना हेर्दैनन्
उनीहरूले आफ्ना बारेमा धेरै कुरा बताए केहीले त पत्याए धेरैले पत्याएनन् तर नपत्याउनेले नपत्याएको भनेनन् केहीले ऐना हेर्न भने तर उनले ऐना हेरेनन् । हो‚ उनीहरू ऐना हेर्दैनन् आफूले बताएको आफ्नै कुरा ऐनामा मिल्दैन ऐनाको उनलाई विश्वास छैन उनलाई लाग्छ – ऐना उनको अनुहार देखाउने क्षमतामा छैन उनलाई ऐना धोका जस्तै लाग्छ त्यसैले उनीहरू ऐना हेर्दैनन् । उनीहरूलाई सत्य मन पर्दैन सत्ता प्रिय लाग्छ उनलाई राम्रो थाहा छ सत्य र सत्ता सँगै हुँदैन सत्य उनलाई मन पर्दैन त्यसैले उनलाई ऐना मन पर्दैन उनीहरू ऐना हेर्दैनन् । सत्ताको त जग‚ चर र छत पनि झूटै झूटको हुन्छ झूट आफ्नै विरुद्धमा पनि हुन्छ झूट मनकै विरुद्धमा पनि हुन्छ स्वाधीनताको विरुद्धमा स्वाभिमानको विरुद्धमा उनीहरू ताली ठोक्छन् र बाली बोक्छन् उनीहरू सत्य र ऐनाका विरुद्धमा बोल्छन् मनका विरद्धमा बोल्छन् तर उनीहरू ऐना हेर्दैनन् । २०७९ असार १८
कविता क्रम
- आवरण
- प्रथम पृष्ठ
- यी कविताको कथा
- मेरो लिम्पियाधुरा
- अहिलेको गाउँ
- साहेबहरूका चटक
- तीज पहिले र अहिले
- अहिले
- अगाडी हिँड्नेसँग
- को कसका सन्तान ?
- राता फुलकी माली
- भत्काउनेहरू
- विडम्बना
- ठूला घरेहरू
- मान्छे र मान्छेको भविष्य
- आफन्तहरू
- सानु बाबुलाई सलाम
- नियमापत्ति
- रङ् पोत्नेहरू
- यात्रा
- युद्ध भयो – युद्ध भएन पनि
- भ्रम
- समयलाई सलाम
- अहिले
- मेरो नेता
- त्यो रूख कसले रोपेको हो ?
- सिंहदरवार
- यो नयाँ बर्ष
- आत्म दाह
- भरखरै चुनाव सकिएको छ
- उनीहरू ऐना हेर्दैनन्
- उनीहरू आए गए
- फोहोरको डङ्गुर
- नागरिकता विधेयक
- उनीहरूले सपथ लिए
- सेता अपराधीहरू
- अन्तिम कभर पृष्ठ