दुई शब्द

देखेका, भोगेका र अनुभूत गरेका कुराहरूलाई आफूले भन्न खोज्दा यी कविताको जन्म भएको छ । कवितावारे मेरो मान्यता र धारणा पनि यही नै हो । अरू कुरावहरू मैले केही भन्नु भन्दा पनि कविताले नै भनिरहेछन् ।

यस सँगालोमा सँगालिएका कविताहरु सबै ऐतिहासिक जन-आन्दोलन २०४६ अगाडिनैं लेखिएका हुन् र पञ्चामृत, जुही, लहर, रहर, साहित्यलोक, वीश्वदिप, विवेचना, प्राङ्गण, संसार आदि पत्रिकाहरूमा प्रकाशित भैसकेका छन् । समयको क्रम उल्लेख हुन सकेको छैन र आफ्नो व्यस्तताको कारणवाट छपाइमा निकै त्रुटीहुन गएको छ ।

मलाई झकझक्याएर, लेख्न लाएर, मेरो क्षमता र उचाइभन्दा वढी हौसला प्रदान गरेर, सधैं उत्साह भर्न खोजेर र अनेक प्रकारले यो सँगालो प्रकाशनका लागि प्रेरणा दिने मेरा गुरू प्रा‌.चूडामणि रेग्मीप्रति आभार व्यक्त गर्दै यो सँगालो पाठकहरूका हातमा सुम्पेकोछु।
-लीला उदासी