रक्सीभट्टी

क्रमशः: आउँदै
रक्सीका ग्लासहरू रित्याउँदै जानेहरूको
हल्ला पिएर यो रक्सी भट्टी मातेको छ
भट्टी मालिक्नीको यौवन युक्त मुस्कान पाएर
यो रक्सी भट्टी यौवनले ढकमक्क फुलेको छ
हरेक– यहाँ आउँछन्– रक्सी पिउँछन्, जान्छन्
तर मात्रै यो एउटा औपचारिकता हो
हरेकले यहाँ आएर
आफ्नै पीडा र दर्दहरू पिउँछन्
हरेकले यहाँ आएर आफ्नै व्यथा र कुण्ठाहरू पिउँछन्
धेरैले यहाँ आएर आफ्नै व्यतीत दिनहरू पिउँछन्
कतिले त यहाँ आएर आफैँलाई पिउँछन् ।