मनका नायकहरू

नरेन्द्र चापागाईं – छोटो स्मृति

नरेन्द्र चापागाईं – छोटो स्मृति

मान्छे कस्तो होस् ! यस प्रश्नका अनेक उत्तर हुन सक्छन् । त्यस्ता उत्तरहरू, उत्तर दिनेहरूको दृष्टिकोणका आधार बन्न सक्छन् । यस प्रश्नमा मेरो उत्तर भने यस्तो रहनेछ – “मान्छे सरल होस् ! ऊ मेहनती होस् ! आडम्बर र घमन्डी पटक्क नहोस् ! उसको समग्रतामा सादापन रहोस् ! ” यो त केवल मेरो चाहना हो । एउटाको चाहनाअनुसार �� ्याक्ककै मिल्ने मान्छे त कहाँ हुन्छ र ? 

मैले चाहना राखेका धेरै गुणले सम्पन्न मान्छे पाएको थिएँ, नरेन्द्र चापागाईंलाई । नरेन्द्र चापागाईंसँग मेरो भेटघाट र सम्पर्क छोटो रहयो । त्यो सङक्षिप्त सम्पर्कले उहाँले मभित्र अलिक फराकिलो स्थान निर्माण गर्नुभयो । उहाँको सादापन र ज्ञानको गहिराई तथा साधनारत प्रवृत्तिले मलाई लोभी बनाएको थियो र उहाँसँगको कुराकानीबाट म प्रेरित हुन्थें र आफूमा अलिक ऊर्जा बढेको बोध गर्थें । लाग्थ्यो, नरेन्द्र चापागाई यस मुलुकको भिन्नै स्वभावको र पहिचानको स्रष्टा हुनुहुन्छ – वाङमयका अमूल्य निधि हुनुहुन्छ । 

धेरै अगाडिदेखि म उहाँको नामबाट परिचित थिएँ, तर २०५० साल तिरबाट मात्र उहाँसँग मेरो औपचारिक परिचय भयो र त्यसपछि झापामा साहित्यिक कार्यक्रममा निकैपल्ट भेट भयो । सँगै-सँगै बसेर केही कार्यक्रमहरूमा पनि हामी सरिक भयौ । यी भेटहरूमा झन् – झन् मलाई उहाँले आर्कर्षित गरिराख्नुभयो र म उहाँको स्वभावको, लेखनको , प्रवृतिको प्रशंसक बनिरहँि ।
जब म नरेन्द्र चापागाईलाई सम्झन्छु तब सधैँ एउटा संस्मरण मेरो मानस पटलमा अगाडि – अगाडि आउँछ । २०५२ बैशाख जस्तो लाग्छ, प्रगतिशील लेखक सङ्घको दुई दिने एउटा कार्यक्रम थियो झापामा । त्यो केन्द्रको कार्यक्रममा एउटा गोष्�� ी सम्पन्न भएको थियो । त्यस गोष्�� ीमा ‘ मार्क्सवादी सौन्दर्य र आजको साहित्य’ विषयका दुईवटा कार्यपत्र प्रस्तुत भएका थिए । कार्यपत्रमाथि टिप्पणी गर्ने जिम्मा नरेन्द्र चापागाईले पाउनुभएको थियो । म त्यतिबेला झापाको प्रगतिशील लेखकसङ्घ तदर्थ समितिको संयोजक थिएँ । कार्यक्रम चल्दैथियो । कार्यपत्र प्रस्तुत भैसकेर डा. चापागाईले टिप्पणी शुरूमात्र गर्नुभएको थियो । त्यहाँ उहाँका लागि भनेर हामीले एउटा अशुभ समाचार  प्राप्त गर्यौ।

“सुरूङ्गामा उहाँका पितासमेत बस्नुभएको धर आगलागीमा परेको छ । सबै गाउँले भएर आगो नियन्त्रणमा ल्याउने प्रयास भैरहेछ तर आगोले जितिरहेछ ।“ उहाँ बोल्न थाल्नुभएको छ – हामीले यो समाचार प्राप्त गर्‍र्यौ । हामी बिलखबन्दमा पर्‍र्यौ । उहाँलाई तुरून्तै भन्ने कि कार्यक्रम सकेपछि भन्ने कुरामा हाम्रो दुई मत भयो तर उहाँको घर जलिरहेछ,  उहाँलाई बोल्न लगाइरहने र हामी उहाँको टिप्पणी सुनिरहने ? हामीले त्यो गर्न सकेनौं र उहाँलाई रोक्यौं । कार्यक्रम अरू हिसाबले सञ्चालन हुने भयो । उहाँलाई तत्काल सुरूङ्गा प�� ाउन जरुरी थियो । कुनै साधन तयार भएन । मैले त्यहाँ अलमल गर्न उचित �� ानिँन र मेरो मोटरसाइकलको पछाडि उहाँलाई बसाएर म सुरूङ्गातर्फ हुइकिएँ । त्यस दिनसम्म उहाँका पिता, उहाँका भाइहरूको बसोबास सुरूङ्गामा छ भन्ने कुरा मलाई थाहा थिएन । मैले बिर्तामोडको अतिथि सदनबाट सुरूङ्गा पुगुन्जेलसम्म धेरै कुरा सोचें । उहाँ पछाडि बस्नुभएको छ । बोल्न सक्नुभएको छैन । म बोलाउन सकिरहेको छैन । दुःख हेर्नपर्ने क्षण नआउनू जस्तो लाग्छ मलाई । आफूले भनेर कहाँ हुन्छ र ? घरमा आगो लागेको छ, केही समान जोगियो कि सबै सकियो ? बाल-बच्चा पनि परे कि ? गाई-वस्तु पनि डढे कि ? अन्नपात सबै गयो होला ! लत्ताकपडा, भाँडावर्तन सखाप भए होलान् ! यस्तै अनेकन् चित्रहरू मेरो मस्तिष्कमा यतिविध्न घुमे – म आफै अलिक भावुक बनेछु । मोटरसाइकल हाँक्नै मलाई त क�� िन लागिरह्यो । सबै सखाप भैसकेको होला , त्यहाँ कसरी प्रस्तुत हुन सक्नु ? यस्ता कुराले मलाई औधी चिथोर्योल । त्यो यात्रा मलाई साह्रै कष्टकर र लामो लाग्यो । मेरो मोटरसाइकल कुदन नसकेको जस्तो लाग्यो ।
सुरूङ्गा बजारबाट उत्तरतर्फ उहाँहरूको घर रहेछ । हामि पुग्दा साँच्चै सबै समाप्त भएको रहेछ । हामीले समाचार अलिक ढिलो पाएका रहेछौँ । मानिसहरू वरिपरि भिड भएका थिए । सबैका आँखामा पानी थियो । लाग्थ्यो, त्यो कुनै मसानघाट हो । भर्खर त्यहाँ कसैको दाहसंस्कार गरेपछिको खरानी वरिपरि मानिस रहेका छन् जस्तो थियो । घर त रहेन, , अन्नपात, लुगाफाटो, भाँडाकुँडा केही पनि रहेन । परिवारका सदस्यको आङमा भएका लुगाबाहेक केही रहेन । भरेदेखि हातमुख जोर्न, टाउको लुकाउने, केही उपाय छैन । स-साना नानीहरू पनि थिए । उनले भोक लाग्यो, जाडो भयो भन्दा उनलाई दिने कुनै जबाफसम्म पनि त्यो परिवारमा बाँकी थिएन ।

मलाई निकै छटपट लाग्यो । यता-उता हेरेँ । हिडेँ । उ�� ेँ । बसेँ । अनि मैले एउटा बलियो आधार, साधन र उपाय त्यहीं देखेँ । त्यहाँ झन्डै हजारौँ गाउँलेको भिड थियो । दुई हजारजति नै आँखामा परिवारकै जति पीडा थियो । लाग्थ्यो – त्यो घर जहाँ आगलागी भएको थियो – फगत चापागाई परिवारको मात्र त्यो घर थिएन । त्यो सारा गाउँलेको घर थियो । उनीहरू कुनै अर्थमा कम आहत थिएनन् । गाउँलेका आँखा, गाउँलेमा विरक्ति, गाउँलेको हैरानी हेरेर मैले आफैँलाई एउटा प्रश्न गरेँ – के यी गाउँलेहरू एक क्षणमा सबै हिँड्छन् । यो परिवारलाई यसै बिचल्ली पार्छन् ? नानीहरू भोकै – नाङ्गै रहन्छन् ? सबैले राती आँगनमा आकाशमुनि सुत्नुपर्छ ? मेरो मनले यस्तो मानेन । मलाई अन्तस्करणले जबाफ दियो – “ तँ बसेको पुङ-न-पुच्छरको सहर उन्मुख गाउँ जस्तो होइन यो गाउँ । तेरो समाज जस्तो स्वार्थी र अवसरवादी पनि छैन, यो समाज । “  नानीहरू सारा गाउँका नानीहरू हुन् । महिलाहरू सारा गाउँलेका आमा , भाउजू , दिदी र फुपूका रूपमा सम्मान पाउँछन् । चापागाईका पिता त सारा गाउँका पिता हुन् । आफै जबाफ भेटेपछि म अलिक ढुक्क भएँ । लाग्यो – “जस्तै परे पनि त्यो परिवारले आकाशमुनि सुत्नु पर्दैन । भोकै त बस्नुपर्दैन ।”

म लगभग दुई घण्टा त्यहाँ बसें । घर पुनःनिर्माण बारेमा अगुवा मित्रहरूसँग केही सरसल्लाह पनि भयो । का�� पातको जोहो गर्ने योजनामा छलफल भयो । त्यसपछि नरेन्द्र चापागाईले मलाई फर्केर जान भन्नुभयो । आफू त्यही परिवारसँग बस्ने भन्नु भएपछि म उहाँसँग , सबैसँग बिदा भएर फर्के । म फर्के, तर त्यो दृश्यले म पनि रित्तिएको थिएँ । नरेन्द्र चापागाईंको पिताको त्यो घरले धेरै दिनसम्म मेरो मस्तिष्कमा अड्डा जमाएर बस्यो ।

त्यसपछि उहाँसँगको भेटमा म अझै आत्मीय बनें । उहाँका गम्भीर कुराहरू मलाई सुनिरहन मन लाग्यो  र रचनाहरूमा रहेका ओजले मलाई सधैँ प्रभाव छाड्थ्यो । अनेक दृष्टिले उहाँका रचनाहरूले महत्त्व पाँउथे । यस्ता सरल, निष्कपट र साधनारत व्यक्तित्वका विरुद्धमा मुटुको रोग आइलाग्यो । कालो दिन आयो, त्यो दिन एउटा स्रष्टाले हारेको र मृत्युले जितेको दिन ।

वास्तवमा मुलुकले एउटा प्रधानमन्त्री, मन्त्री सजिलै बनाउन सक्छ । महासचिव र पोलिटब्युरोका सदस्यहरू बनाउन सक्छ, तर नरेन्द्र चापागाईं बनाउन त्यति सजिलो छैन । एउटा क्षमतावान् र प्रतिभाशाली मान्छेले आफै श्रमरत भएर पचासौं वर्ष लाग्दा मात्र मान्छे नरेन्द्र चापागाईं बन्न सक्छ । अनि नरेन्द्र चापागाईंका कार्यहरूले समाजमा सयौँ वर्षपछि फूल फुलाउँछन् । नरेन्द्र चापागाईं आज हाम्रा माझ त हुनुहुन्न, तर उहाँको मृत्यु हुनै सक्दैन । उहाँका कार्यले उहाँलाई अमर बनाएका छन् ।

अन्त्यमा, साधनारत स्रष्टा, धर्तीपुत्र नरेन्द्र चापागाईलाई मेरो श्रद्धाका अञ्जलिहरू ।

मैले बुझेका पदमबहादुर गिरी

मैले बुझेका पदमबहादुर गिरी

म बालकै थिएँ, जति बेला मैले पदमबहादुर गिरीको नाम  सुनेँ । २०२० सालतिर इलाममा पदमबहादुर गिरीको नाम अलिक धेरै सुनेँ । मैले २०२४ सालतिर मात्र पदम बहादुर गिरीलाई देखेँ, शायद भद्रपुरको कुनै सार्वजनिक समारोहमा । जब मैले पदमबहादुर गिरीको नाम सुनेँ – उहाँका बारेमा धेरै प्रकारका चर्चा, परिचर्चा जोडिएको सुनेँ । प्रसङ्गहरू साहसका थिए,प्रसङ्गहरू वीरताका थिए, प्रसङ्गहरू दुःखका पनि थिए र प्रसङ्गहरू सम्पन्नताका पनि थिए । प्रसङ्गहरूले बताउँथे – ´उहाँ असामान्य मान्छे हुनुहुन्छ ।´

समय बित्दै गयो, मैले उहाँका बारेमा अलिक धेरै चर्चा सुन्दै गएँ, कुरा बुझ्दै गएँ । शुरूमा उहाँसँगको भेटघाट त्यति सकारात्मक धारणा बनाउन सकेको थिइनँ । अलिक कडा मिजासको, रूखो  स्वभावको मान्छेका रूपमा मैले उहाँलाइ बुझें । यस्ता मान्छेसँग मानवीय संवेदना अलिक कम हुन्छ कि ! जस्तो मलाई लाग्थ्यो ।

जीवनमा निकै उतार – चढाउ भोग्दै, व्यर्होदै मैले २०३३ सालदेखि वकालत पेशा शुरू गरें । यो पेशा शुरू गर्दा म झापाका प्रबुद्ध, शिष्ट र शालीन व्यक्तित्व नरेशकुमार वर्माको सहायकको रूपमा कर्यरत भएँ । पदमबहादुर गिरीको र नरेशकुमार वर्माको घनिष्��  सम्बन्ध रहेछ । उहाँका कानुनी समस्याहरूमा नरेशकुमार वर्माले सल्लाह र सेवा प्रदान गर्नुहुँदो रहेछ । यस नाताबाट पदमबहादुर गिरीसँग मैले नजिक हुने, उहाँको विचार बुझ्ने र वहाँसँग पूर्ण रूपले परिचित हुने मौका पाएँ । जब म पदमबहादुर गिरीज्यूसित नजिक भएँ, उहाँलाई अलिक धेरै बुझ्न र चिन्न थालें । तब मात्र मलाई उहाँको स्वभाव थाहाभयो । मैले रूखो, कडा मिजासको भनी बनाएको उहाँप्रतिको धारणा शत – प्रतिशत सही रहेनछ । उहाँ त नरम , दयालु व्यक्ति पो हुनुहुँदो रहेछ । मानवीय सम्वेदना नभएको मान्छे होइन , उहाँ त मानवीय सम्वेदना भएको मान्छे पो हुनुहुँदो रहेछ । यसरी मात्र मैले पदमबहादुर गिरीको असली स्वभाव चिन्न सकेँ, बुझ्न सकेँ ।

समय बित्दै गयो ! म बिर्तामोडमा बसोबास गर्न थालेपछि पदमबहादुर गिरीसँग मेरो अरू घनिष्टता बढ्यो । उहाँसँग मेरो आवत – जावत बाक्लै भयो । उहाँबारे मेरो मानसिकतामा परिवर्तन भयो र मेरो मानसिकताले उहाँलाई मेरो संरक्षक �� ान्यो । यसो हुनुमा उहाँको व्यवहार, म प्रतिको माया, ममता स्नेह र मेरो घर-व्यवहारलाई चिन्ता गरिदिने, खोज-खबर लिइदिने  आदि कुरामा उहाँको उत्सुकता नै मूल कारण थियो । यसरी शुरू शुरूमा मलाई क�� ोर र खरो, रूखो मिजासको लाग्नुहुने पदमबहादुर गिरी दयालु र नरम मिजासको व्यक्तिको रूपमा मैले मेरो मनमा उहाँलाई बसाएँ । यस्तो प्रसङ्ग मसँग मात्र होइन । मैले देखेको छु, सङ्कट र दुःख परेर गुहार माग्न आएका अनगिन्ती असहायहरूलाई उहाँले उद्धार गर्नुभएको छ र मद्त पुर्या उनुभएको छ । अनगिन्ती संघ –  संस्थाहरूलाई, म�� -मन्दिरहरूलाई दान गर्ने दानवीर पदमबहादुर गिरीले समाजमा धेरै असहायहरूलाई मदत गर्नुभएको छ र यस समाजका धेरैलाई संरक्षकको हैसियत प्रदानगर्नु भएको छ ।

पदमबहादुर गिरी सभ्रान्त बन्नुभयो । धेरै उधोग-धन्दा र व्यापारका मालिक बन्नुभयो । तर, त्योभन्दा �� ूलो कुरा समाजको �� ूलो सम्पत्ति उहाँ बन्नुभयो । पदमबहादुर गिरीले जुन इतिहास प्रस्तुत गर्नुभएको छ, त्यस्ले भावी पुस्तालाई मेहनत, कडा परिश्रम, अथक लगन गर्नु पर्ने कुरा बताइरहनेछ । वास्तवमा पदमबहादुर गिरीको अतीत पल्टाउनेले निश्चय भेट्ने छ-पदम बहादुर गिरीको सफलता भनेकै मेहनत,क�� ोर परिश्रम, अथक लगन आदिमा निर्मित भएको छ । उहाँले जीवनमा अन्तिम समयसम्म मेहनत गर्दै रहनुभयो र समाजलाई यस्तै प्रेरणा दिँदै जानुभयो ।

पदमबहादुर गिरी बाहिरफेर घुमफिर गरेर फर्किएपछि त्यस क्षेत्रका उन्नति र प्रगतिले आफूलाई छोएको बताउनुहुन्थ्यो । कसरी यस मुलुकमा यस प्रकारको उन्नति र प्रगति सम्भव छ ? भनेर चिन्ता गर्नुहुन्थ्यो, छलफल गर्नुहुन्थ्यो र युवा समुदायलाई  जाँगर प्रदान गर्नुहुन्थ्यो । निष्क्रियता र पलायनका कट्टर विरोधी रहनुभएका पदमबहादुर गिरी हरेकलाई सक्रिय र उत्साह बन्न प्रेरणा प्रदान गरिरहनुहुन्थ्यो ।

पदमबहादुर गिरी एउटा कट्टर राष्ट्रवादी हुनुहुन्थ्यो । नेपाल चिया विकास निगमको निजी करणको कुरा चलिरहेको थियो । त्यो निजीकरणको प्रसङ्गमा विदेशी उधोगपतिहरूको हातमा निगम सुम्पने चर्चाले हिमाल छोइरहेको थियो । त्यस बेला उहाँ विदेशी व्यापारी वा उधोगपतिलाई निगम सुम्पनु भनेको यो मुलुकको भू-भाग विदेशीलाई सुम्पनु हो भन्ने दृष्टिकोण राख्नुहुन्थ्यो ।  निजीकरणका नाममा विदेशीलाई यस मुलुकको सम्पत्ति लुटाउन हुन्न, यसको डटेर विरोध गर्नुपर्छ भनी युवावर्गमा पनि हौसला प्रदान गर्नुहुन्थ्यो ।

पदमबहादुर गिरी समाजसेवाको भावनाले ओतप्रोत भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँले आफ्नै लगानीबाट समाज सेवाको क्षेत्रमा आवश्यक पर्ने धेरै भौतिक साधनहरू निर्माण गरिदिनुभएको छ । धार्मिक प्रकृतिको हुनुको कारण मन्दिरहरू खडा गर्नुभएको छ । म�� -मन्दिरहरूमा दिल खोलेर दान चढाउनुभएको छ ।

आज पदम बहादुर गिरी हाम्रा माझ हुनु हुन्न, उहाँ समाजका हर क्षेत्रमा प्रेरणाको श्रोत बनेर रहनुभएको छ । समाजले युग-युगसम्म उहाँलाई स्मरण गरिरहने छ । उहाँ थोरै पढेको, धेरै बुझेको असामान्य मान्छे हुनुहुन्थ्यो । यस्तै हुनुहुन्थ्यो – मैले बुझेका पदम बहादुर गिरी ।

गणेश भण्डारीको स्मृति

गणेश भण्डारीको स्मृति

दुर्घटना साँच्चै नराम्रो हुन्छ । त्यसको परिणाम साह्रै घातक र दूरगामी प्रभाव दिने हुन्छ । दुर्घटनामा जो बितोस् – नचिनेको र नसुनेको मान्छे होस् मन बिझाउँछ / दुख्छ । एक साँझ एउटा दुर्घटनाको समाचारले मलाई धेरै बिथोल्यो । समाचार थियो – “एउटा दुर्घटनामा गणेश भण्डारी बित्नु भयो । ” दुर्घटनामा एउटा स्रष्टा बित्नु भयो – यति नै+ कुरा सहन क�� िन हुने थियो । त्यसमा पनि व्यक्तिगत परिचय भएका, म भन्दा अघिल्लो पि+ढींका स्रष्टा गणेश भण्डारीको दुर्घटनाको समाचारले मलाई अतीततिर तान्यो र पहिलो भेट, दोस्रो भेट र बीच – बीचका भेट र अन्तिम भेटका दृश्य मेरा आँखाभरि आए । त्यसक्षण लाग्यो, भर्खर सुनेको समाचार झूटो भइदेओस्\ तर त्यस्तो भएन – त्यो क�� ोर सत्य थियो । गणेश भण्डारी बित्नुभएको थियो । 

“गणेश भण्डारी आजभन्दा झन्डै ७० बर्ष अगाडी संखुवासभा जिल्लाको चैनपुरमा जन्मनु भएको, विधावारिधी गर्नु भएको, डाक्टर गणेश भण्डारी भन्दा कतिले रोग जँचाउन पनि मनगर्ने{ हाम्रो सामाजिक अवस्था, लामो समयसम्म प्राध्यापन गर्नुभएका, एक अनुभवी शिक्षाविद्, भाषा र साहित्यमा निरन्तर लागिरहने योद्धा ।” यति सुनेपछि गणेश भण्डारीलाई नदेखेकाले पनि आफूभित्र  गणेश भण्डारीको एउटा तस्विर बनाउँछ र त्यो तस्विर उसलाई लोभलाग्दो लाग्छ । एउटा दुर्घटनामा यस्तो तस्विरको अवसान, क�� ोर पीडादायी हुन्छ भने जस्का आँखा अगाडि साँच्चै गणेश भण्डारीको सजीव तस्विर आउँछ, उसलाई दुर्घटना र गणेश भण्डारीको अवसान अवर्णनीय दुःखदायी हुन्छ । म अहिले पनि गणेश भण्डारीको मृत्युको खबर सम्झेर पछिल्लो अनुभूत गर्ने{ व्यक्तिका रूपमा रहेको छु ।
गणेश भण्डारीले लेख्नु भयो, कविता लेख्नु भयो, समीक्षा लेख्नु भयो, अनुसन्धानात्मक लेख लेख्नु भयो,  जे लेख्नु भयो – गहिराइतिर जाँदै लेख्नु भयो । त्यसैले नेपाली साहित्य आकाशमा चम्कीरहने एउटा नक्षत्रको रूपमा गणेश भण्डारी रहनुभयो । ती  व्यक्तिहरू जो जीवनकलामै एक पटक र प्राकृतिक मृत्यु एक पटक गरेर दुई पटक मर्छन् गणेश भण्डारी एकै पटक मनु{ भएन-  वहाँका सिर्जनाले वहाँलाई सधैँ बचाई राख्नेछन् । नेपाली साहित्यका पा�� कहरूले गणेश भण्डारीलाई सधैँ चम्किलो व्यक्तिकारूपमा पाईरहन्छन\ ।
गणेश भण्डारीका लेखनका प्रवृत्तिहरू  अनेक छन्\ । २०१०-१२ साल देखि लेख्न शुरूगर्ने भण्डारीले बाँचुन्जेल लेख्तै रहनुभयो । वहाँको यो यात्रा सतही र हल्का भने थिएन । जताततै हातहाल्नु भएन तर जहाँ हातहाल्नु भयो गम्भीर रहनुभयो । अनुसन्धानात्मक रुची राख्ने लेखकका रूपमा गणेश भण्डारीले आफूलाई स्थापित गराउनुभयो ।
पुराना कुरालाई रोचक रूपमा प्रस्तुत गर्ने भण्डारीको विशेषता हो । भण्डारीको एउटा प्रश्न थियो -“साहित्यकारका सृष्टिलाई आफ्नो �� ान्ने समाज र राष्ट्रले किन स्रष्टालाई उपेक्षा  गर्छ ? “यो प्रश्नको आकार आज पनि घटेको छैन । यो प्रश्न फगत गणेश भण्डारीको प्रश्न हैन, सम्पूर्ण{ स्रष्टाहरूको र स्रष्टाहरूलाई माया गर्नेहरूको प्रश्न हो । एउटै प्रश्नबाट साहित्य प्रतिको अवधारणालाई र वर्तमानलाई स्पष्ट पार्न{ सक्षम भण्डारीको समीक्षा क्षेत्रको दखल र शीप बुझ्न धेरै मिहिनेत गर्नु पर्दै{न । ´अभिव्यक्ति कति जटिल, कति सरल-सन्दर्भ ‘नरसि+ह अवतार’ हेरे पुग्छ । २०३६ सालमा प्रकाशित जगदिश समसेरको ‘नरसि+ह अवतारले’ त्यस्ताका निकै चर्चा बटुल्यो । त्यसको अर्को वर्ष{ मदन पुरस्कार समेत  प्राप्तगर्न  सफल कृतिका वारे भण्डारीको समीक्षा सटीक छ, यस पूर्व समीक्षाका रूपमा उक्त कृतिकावारे कमैले कलम चलाएका थिए ।  

यसै त गणेश भण्डारीका साहित्य र भाषा प्रतिका अवधारणा बुझ्नलाई उहाँको ‘ भाषा र संस्कृति’ भन्ने लेख अध्ययनगर्दा पर्याप्त हुन्छ । छोटै लेखमा उहाँले आफ्ना गहन अवधारणाहरू प्रस्तुत गर्नुभएको छ । ´कलात्मक संवेदनाका कवि घिमिरे´ – जस्ता उहाँका समीक्षाबाट समीक्षामा उहाँ सामान्यीकरणका रूपमा देखिनु हुन्न । काव्यको विशिष्टपक्ष समातेर समीक्षातर्फ लाग्ने उहाँको प्रवृत्ति पाइन्छ । ‘नेपाली हास्य व्यङ्गय साहित्यको उ�� ान’ – जस्ता लेखले पनि उहाँको यही गुणलाई प्रस्तुत गर्छ ।

‘किपट क्षेत्र र व्यवस्था ‘उहाँको महत्वपूर्ण अनुसन्धानात्मक कृति हो । २०३८ सालमा वाणी साधनामा प्रकाशित यो लेखको प|भाव अहिले उक्सन सकेको छैन तर इतिहासमा यसले महत्वपूर्ण आकार ग्रहण गन{ बाँकी छँदैछ । सामाजिक रूपले यस्ता अनुसन्धानात्मक लेखहरू तयार गर्न वीरलै लाग्छन् – मान्छेहरू, तर यस्तो अनुसन्धान विना साहित्य पूरा हुँदैन । यो योगदान गणेश भण्डारीद्वारा प्रस्तुत छ ।

नेपाली साहित्यमा कृष्णालाल अधिकारीको नाम विशेषरूपमा आउँछ । कृष्णालाल अधिकारीले लेखेको मकैको खेती नामक पुस्तकले �� ूलो काण्ड उ�� ायो – वि=सं= १९७७ सालमा, यसै काण्डलाई ” मकै पर्व ” भनिन्छ र मकै  पर्व नेपाली साहित्यको इतिहासमा �� ूलै पर्वको रूपमा गनिन्छ । धेरै लेखकहरूले मकै पर्व बारे कलम चलाएका छन् ।

मकै पर्वमा कलम चलाउने स्रष्टा गणेश भण्डारी पनि हुनुहुन्छ । उहाँले ” ऐतिहासिक मकै पर्व” भन्ने अनुसन्धानात्मक लेख लेख्नु भएको छ । जो अन्य स्रष्टाहरूको अभिव्यक्ति भन्दा भिन्न छ र मौलिक छ साथै गहन पनि । ” तिललाई पहाड बनाएको र लहरो तान्दा पहरो गर्जाईएको साल, खेतीको तरिका सिकाउने साधारण पुस्तक लेखिएको र अर्थको अनर्थ{ पारी त्यसलाई राजकाजी बनाईएको साल, पुस्तक जफत गरी पोलिएको र एक प्रति नपुग्दा एक जनालाई एक हजार नगद बक्स र जागिर अनि नौ जनाको जागिर खोसिएको साल – सम्वंत् उन्नाइस सय सतहत्तर साल ” मकै पर्व बारे गणेश भण्डारीले यसरी लेख्न थाल्नु भएको छ । माथिका थोरै हरफहरूमा मकै पर्वका बारेमा स्पष्ट तस्विर प्रदर्शन गरिएको छ भने सरल लेखन स्तरीय हुन्छ र कलात्मक हुन्छ भन्ने उदाहरण भण्डारीले मकैपर्व बारेमा लेख्न शुरूगर्दै{ प्रस्तुत गर्नु भएको छ ।

माथि उल्लेख कुराहरू त केही उदाहरण हुन । यी थोरै उदाहरणबाट भण्डारीको छुटै पहिचान, विशेषता र लेखनका प्रवृत्तिलाई धेरै झल्काउने जमर्को{ मात्र हो ।
त्यसो त भण्डारीले धेरै काय{हरू गर्नु भएको छ । माथि उल्लेख कृतिहरूका अतिरिक्त व्यक्ति-अभिव्यक्ति -समालोचनका_ कवि पं= सुवेदी र उनका कृति – समालोचना _ पनि भण्डारीका महत्वपूर्ण कृतिहरू हुन\ । त्यस्तै गरेर डढेलो -कविता सङ्ग्रह_ लाई लिन सकिन्छ । उहाँले छहारीको सम्पादन पनि गर्नु भएको छ । एरिश्टोटलको काव्य-शास्त्रको अनुवाद पनि गरेर कुशल अनुवादकको परिचय पनि स्थापित गराउनु भएकोछ भने अनगिन्ती लेख रचनाहरू विभिन्न पत्र-पत्रिकामा प्रकाशित छन्\ । यसरी हामी निष्कर्षमा यसो भन्नसक्छौं गणेश भण्डारी कवि हुनुहुन्थ्यो । समालोचक हुनुहुन्थ्यो । अनुसन्धाता हुनुहुन्थ्यो । अनुवादक हुनुहुन्थ्यो र सम्पादक पनि । यस्तो प्रतिभाशाली व्यक्तित्व भण्डारीको असामयिक निधन नेपाली साहित्य जगतका लागि अपूरणीय क्षति हो । उहाँको स्मृतिमा प्रकाशन हुनलागेको स्मृति ग्रन्थ मार्फत म उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु ।

देवकुमार आचार्य – मेरो स्मृतिमा

देवकुमार आचार्य मेरो स्मृतिमा

२०४० सालको आसपास हो, कुनै गोष्�� ीमा एक नवयुवकसँग परिचय भयो । आँखामा, आकृतिमा कौतूहल झल्केको थियो । एउटा रचना सुनियो । अनुहार र आँखामा देखिएको दृढता र निश्चय रचनामा पनि आयो । मनमा लागेका कुराहरू निर्धक्क राख्ने, स्पष्टवादीको परिचय एकाध भेटमै थाहा हुने दृढ निथ्चयीजस्तो लाग्ने, सरल र निश्छल – अहिले पनि म देवकुमार आचार्यको अनुहार सम्झिरहेछु । म अतीतमा बिलाएको छु । देवकुमार आचार्यसँगका सहवासहरू, सहकार्यहरू, अन्तर-क्रियाहरू, साहित्यगोष्�� ीहरू – म यस्तै स्मृतिमा अहिले देवकुमार आचार्यसँग हराएको छु ।

एउटा शिक्षक, एउटा पत्रकार, एउटा साहित्यकार, एउटा राजनीतिक कर्मी – यी सबैको सम्मिश्रण – देव कुमार आचार्य । यी सबै विधाको लुरे पात्र हैन । उर्जाशील, क्षमतावान र सक्षम पात्र । आजको युगमा धेरै मान्छे चेतनशील छन्, तर उनीहरू आफ्नै चेतनाप्रति इमानदार छैनन् । यसको विकल्पका धनी व्यक्तित्व आफ्नो चेतनाप्रति सधैँ इमानदार रहने, योद्धा देव कुमार आचार्य ।

वामपन्थी राजनीतिका विभिन्न भँगालाहरू पार गर्दै अनेक आरोह, अवरोह छिचोल्दै पछिल्लो समय खण्डमा उहाँ माओवादी पार्टीमा आबद्ध हुनुभयो । उहाँको चेतनाले उहाँलाइ त्यहाँ पुर्यामयो । एउटा विचारले सुसज्जित मान्छे, खरो कलम बोकेको मान्छे, मृत्युको निकटसम्म पनि कलम र सिर्जनालाई आस्थाको पुञ्ज बनाएको मान्छे – देवकुमार आचार्य । अन्तिम क्षणसम्म पनि उहाँ लेख्दै हुनुहुन्थ्यो ।
नेकपा माओवादी  र तत्कालीन सरकारका बीचमा चलेको वार्ता भङ्ग भयो । त्यसको ८ / ९ महिनापछि यस्तो हल्ला झापामा चलाइयो – देवकुमार आचार्य खुदनाबारीछेउको कुनै जङ्गलमा दोहोरो भिडन्तमा मारिए । देवकुमार आचार्यका हत्याराहरूले आफ्नो वचावका लागि सस्तो हल्ला फिँजाए पनि यी तलका केही तथ्यगत प्रश्नहरूको जबाफ हत्याराहरूसँग छैन । देवकुमार आचार्य कलम चलाउन सिपालु मान्छे, उहाँले बन्दुक कहिल्यै चलाउन जानेको सम्म थिएन । दोहोरो भिडन्तमा मारिएको भन्नेहरूलाई यो चुनौती छ, उहाँले बन्दुक चलाउन जानेको, आममान्छेले पत्याउन सक्ने गरी कुनै प्रमाण छ ? यो किमार्थ प्रमाणित हुन सक्दैन । बन्दुक चलाउन नजान्ने मान्छेसँग कस्तो दोहोरो भिडन्त ?

जग जाहेर छ – देवकुमार आचार्यलाई सेनाले शनिश्चरेको चुथाईछेउ बुधबारेको सिमानाबाट पक्राउ गर्योक । उहाँलाई चारआलीस्थित सेनाको क्याम्पमा लगियो । त्यहाँ उहाँलाई अमानुषिक यातना दिइयो र गोली हानी हत्या गरियो । सेनाले पक्राउ गरेर आफ्नो नियन्त्रणमा राखेको समयमा हत्या गरिएका देवकुमार आचार्यलाई दोहोरो भिडन्तमा मारिएको भन्ने सैनिक कथन अनर्गल र कपोल कल्पित हो । देवकुमार आचार्यको विचार  र कलमसँग आतङ्कित सरकार र सेनाले देवकुमारको जघन्य हत्या गरे । यस्तो कायरतापूर्वक हत्या गर्ने सेनाका अधिकारीहरूको कार्य गम्भीर प्रकृतिको अपराधी कार्य हो । यस्तो अपराधीकार्य कानूनत दण्डनीय कार्य हो । कलमसँग तर्सनेहरू द्वारा गरिएको यस अपराधिक कार्यमा संलग्न अपराधीहरूलाई कारबाही र दण्डको जन अपेक्षा छ।

पछिल्लो चरणमा देवकुमार आचार्यसँगका केही क्षणहरूको स्मरण मेरो मस्तिष्कमा ताजा छ । विर्तामोड अतिथि सदनमा एउटा कार्यक्रम सञ्चालन भएको थियो । समसामयिक विषयमा सम्पन्न त्यो विचार गोष्�� ीमा प्रमुख आकर्षण वामपन्थी नेता पद्मरत्न तुलाधर र माओवादी निकट मानिने बुद्धिजीवी सङ्ग�� नका अध्यक्ष रमेश शर्मा थिए । झापाबाट यो लेखक र चन्द्र भण्डारी पनि वक्तामा सरिक थियौ । त्यो कार्यक्रम देवकुमार आचार्यले सञ्चालन गर्नुभएको थियो । चार घण्टा सम्म चलेको त्यो कार्यक्रम संञ्चालन गर्दा देव कुमारजीले आफ्नो ज्ञान र क्षमता प्रदर्शन गर्नुभएको थियो । कम्युनिस्ट जगतको गहिरो र विश्व कम्युनिस्ट आन्दोलनको पर्याप्त जानकारी उहाँमा रहेछ । उहाँको जानकारी, ज्ञान र क्षमताको त्यस दिन मैले आरिस गरेको थिएँ । उहाँको प्रस्तुतिले उहाँको गहिरो अध्ययनलाई प्रदर्शन गरिरहेको थियो ।

माओवादीका एकजना केन्द्रीय नेता हुनुहुन्छ । बौद्धिक व्यक्तिका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँ झापा आएर लुकेर बस्नुभएको रहेछ । देव कुमारजीले जिद्दी गर्नुभयो र उहाँले पनि भेट्न चाहेको बताउनुभयो । म कुरासम्म सुन्ने शर्तमा देवकुमारजीले भनेको गाउँ – �� ाउँमा गएँ । म जस्तै कुनै पार्टीको सदस्य नरहेका र पार्टीको सदस्य रहेर पनि आफ्नै पार्टीसँग असन्तुष्ट केही व्यक्तिलाई देवकुमारजीले केन्द्रीय नेतासँग भेटाउनुभयो । हामीले त उहाँको कुरा सुन्यौ मात्र । देवकुमारमा प्रश्नले उहाँकै नेतालाई निकै गम्भीर बनाउँथ्यो । देवकुमारजीको सैद्धान्तिक ज्ञानको गम्भीरताले ती नेताका निधारमा मुजा पर्थे । मलाई त्यहाँको प्रश्न उत्तर रमाइलो लाग्यो । म माओवादी हुन त सकिन तर माओवादीहरूलाई बुझ्ने कौतूहल भने निकै जाग्यो । अहिले पनि छ ।

देवकुमारजी निरन्तर लेखि रहनुहुन्थ्यो । राम्रा कविता लेख्नुहुन्थ्यो । निबन्ध लेख्नुहुन्थ्यो । राजनीतिक लेख लेख्नुहुन्थ्यो । उहाँ राम्रो साहित्यकार हुनुहुन्थ्यो । समाचार टिप्पणी, स्तम्भ, सम्पादकीय जेसुकैमा उहाँको कलम सरर्र .. चल्थ्यो ।

“यसपल्ट पनि बाली लागेन” – भन्ने मेरो एउटा कविता सङ्ग्रह भर्खर निस्केको थियो । म त देवकुमारजीलाई त्यो पुस्तक दिने योजनामा थिए । भवानी क्षत्रीजीको पसलअगाडि (बिर्तामोडमा) एक दिन ह�� ात् भेट भयो र वहाँले त्यो किताबका बारेमा आफ्ना धारणा बताउनु भयो । वहाँले मेरो पुस्तक पढि सक्नुभएको रहेछ । वहाँले मेरो केही कविताको प्रशंसा पनि गर्नु, भयो केही वैचारिक हिसाबले अन्तरविरोध युक्त रहेको भन्नुभयो । हार्दिकतापूर्वक आफ्ना धारणा राख्नुभयो । वास्तवमा देवकुमारजीको हार्दिक र सरल रहने विशेषता थियो ।

उहाँ पक्राउ पर्नुपूर्व मैले वहाँको कुनै मित्रलाई लेखिएको एउटा पत्र प्रसङ्गवस कुनै प्रयोजनका लागि पढ्न पाएको थिएँ । माओवादीले सरकारसँग वार्ता भङ्ग गर्नु नहुने, संविधान सभाको विषयलाई उ�� ाएर खुल्ला जन–आन्दोलन गर्नुपर्ने वहाँको धारणा रहेछ । वहाँको धारणाबाट म निकै प्रभावित भएको थिएँ । मलाई लाग्यो “दाङ्को सैनिक क्याम्पमा भएको माओवादी आक्रमणलाई देवकुमारजीको मनले रुचाएन । पार्टीमा लागेपछि यस्तै नरुचाएका धेरै कुरा पचाउनु पर्छ होला !

देवकुमारजीको हत्या भएको केही पश्चात् मैले एउटा ३ / ४ नम्बरे कति हो ? स्कूलका केटाकेटीको जस्तो कापी पाएँ । त्यो कापीभरि देवकुमारजीले लेख्नुभएका कविता थिए । एकै खालका राम्रा अक्षरमा राम्रा – राम्रा कविता थिए । ती कविताहरू उहाँ भूमिगत रहँदा लेखिएका रहेछन् । अहिलेसम्म प्रकाशित भएका छैनन् । म त त्यति बेला स्तब्ध भएँ, खप्न सकिन, म रुएँ – जति बेला त्यो कापीमा मेरो कवितासङ्ग्रह “यसपल्ट पनि बालि लागेन” – का बारेमा “लीला दाइ ! यस पल्ट त वालि लाग्छ कि ? ” भन्ने कविता लेख्नु भएको पढेँ ।

मैले त्यो कापी जतनसाथ लोकतन्त्र नआएसम्म राखें र लोकतन्त्र आएपछि एक जना मित्रकहाँ पुर्या्एको छु । ती कविताहरू प्रकाशन गर्ने उपयुक्त बेला त भएको छ – प्रकाशन भएको छैन । एउटा सरल, हार्दिक, इमानदार, लगनशील, चेतनायुक्त मान्छे – यस्ता धेरै विशेषणहरू देवकुमारजीमा पाइन्थ्यो । उहाँ भित्रको स्वाभिमान हिमालजस्तै अग्लो थियो । पराधीन नरुचाउने स्वन्त्रता प्राप्तिका  लागि  उत्सर्ग हुने, झुक्नुभन्दा मृत्यु रोज्ने, विशेष धातुले निर्मित जस्तै मान्छे देवकुमारजी ।

देवकुमारजी मन्छेका मनमा बाँच्नुभएको छ । देवकुमारजी इतिहासमा अमर हुनुहुन्छ । देवकुमारजीको रगतको मूल्यले नेपालीको स्वन्त्रतालाई जोगाएर राख्नेछ ।

साइँला बा, अलिकति स्मृति – श्रद्धाञ्जलि


साइँला बा, अलिकति स्मृति – श्रद्धाञ्जलि

भर्खर साइँला बाको बर्खान्त सकिएको छ । साइँला बाको जीवन सकिएको एकवर्ष बितिसकेछ । साइँला बालाई म अनेक कारणबाट संझिरहन्छु । मलाई लाग्छ, साइँला बा विचित्रको हुनुहुन्थ्यो । लोभ नभएको मान्छे, त्यागै – त्याग भएको मान्छे, स्वाभिमानको सगरमाथा छातीमा भिरेको मान्छे, निर्भि{क, स्पष्टवक्ता यस्तै कति हो कति ! गुण थिए साइँला बा मा । साइँला बाका धेरै गुणहरूको म आरिस गर्छु, तर केवल आरिस गर्छु । साइँला बा जुन समयमा जन्मनुभयो र जहाँF जन्मनुभयो, त्यो समय र स्थानले मान्छेलाई त्यस्तो बनाउन सक्दैनथ्यो । साइँला बाले त परिवेशबाट बाहिरिन विद्रोह गर्नुभयो । समय र स्थानले दिएका प|तिकूलताहरूलाई प्र|हार गर्नु[भयो । जीवनलाई हेर्ने दृष्टिकोण बनाउनु भयो । वहाँले जे सोच्नुभयो, संसारले त्यसको उल्टो भनिरह्यो तर वहाँले कसैलाई सुन्नुभएन । वहाँFलाई जे लाग्यो त्यही गरि रहनुभयो ।
मैले त होस समाले देखिनै सुनेको थिएँ -हाम्रा तीनजना काकाहरू हराउनुभएको छ । मान्छे अलिक अगाडी जसरी सरकार र माओबादीले बेपत्ता पारेर हराउथे , त्यस्तरी हराउनुभएको भने हैन् । पहाडको त्यो गाउँ, शिक्षाको बत्ति छैन , चेतना छैन, सधैँ व्यस्त , सधैँ श्रम गरिरहनुपर्ने, लेक, बेसी, गो�� , खेत, घँfस, बारी यस्तै जीवन यापनमा व्यस्त नर नारी । बाल – विवाह, बहु – विवाह, भोकमरी, कुपोषण, रोग व्याधि तर औषधि र उपचार प्राप्त नहुने, यस्तै यस्तै परिवेश थियो – मेरा साइँला वाको बचपन र युवा अवस्थाका दिनहरूको ।
म उमेर नै किटेर त भन्न सक्तिन , तर साइँला बाको विवाह बचपनमै भएको थियो । विवाह पनि मेरी सानीमासँग भएको थियो । तीन दिदी – बहिनीको तीन दाजु – भाइसँग विवाह भएको थियो । साइँला बा र सानीमाबाट एक – एक छोरा र छोरी जन्मिए, तैपनि सा+इँला बा बाँधिनु भएन । हो, सूराहरूलाई केहीले बाँध्दैन । बरु मेरी सानीमाले धेरै दुःख भोग्नुपर्यो  । दिदी र दाजुलाई दुःख खपेर हुर्काउनुभयो । त्यो समय, त्यो स्थान , त्यो गरिबी , त्यो पछौटे पन  – वास्तवमा सानीमाले भोग्नु भएको दुःख अबका पुस्ताले कल्पना गर्न सक्दैनन्\ । तैपनि दुख कष्ट खपेर दाजु र दिदीलाई हुर्काउनुभयो । चलन अनुसार बचपनमै बिहा – दान गरिदिनु भयो । सोमनाथ दाइ त बिछट्ट प्रतिभाशाली मान्छे हुनुहुन्थ्यो । पा�� शाला , स्कूलको अनुहार नदेखी स्वाध्यायबाट शिक्षक बन्नुभयो । नर्मल तालिम लिएर तालिमे शिक्षक बन्नुभयो । यसरी सानीमाका जीवनमा घाम झुल्कला कि ? जस्तोभएको थियो । अर्को बज्र पर्योक । स्कूलको पैसा लिनजाने क्रममा पाँचथरको सिलौटीमा तत्काल सरकारका विरुद्धमा हतियार उ�� ाएका काङ्ग्रेसहरूले गोली प|हारगरेर बाटैमा उहाँको हत्या गरे । अनिमात्र थाहाभयो, साइँला बा स्वर्गद्वारी भन्ने स्थानमा हुनुहुदो रहेछ । एक दिन साँझ उहाँ गाउँमा आउनुभयो । मैले उहाँलाई पहिलोपल्ट देखे । बडो रमाइलो मान्छे लाग्यो ।

साइँला बा आउनु भएकोमा सारा गाउँ नै खुशी भएकोथियो । को फुरुङ्ग परेको थिएन र < केटाकेटी, युवा – युवती, बूढा – पाका सबैको चर्चाको पात्र साइँला बा बन्नु भएको थियो । विश्वास लागेको थियो, अब त सानीमा एक्लै पर्नुभएन ,तर कसैको अनुमान सहि �� हरेन । साइँला बा अडिनुभएन । फेरि उतै जानुभयो । दिदी पनि बित्नुभयो । सानीमाका जीवनमा दुःख निख्रेन । केही पछि त सानीमा पनि उतै जानुभयो । कहाँ+ भनेजस्तो हुन्थ्यो ! उहाँले सहज मान्नु भएन,  फर्केर आउनुभयो । पारिवारिक गुजाराको अलिक सहज खोजीका क्रममा सानीमा उर्लाबारी छेउमा बस्नु भएकोछ । साइँला बा कहिले – कहिले मात्र आउनु हुन्थ्यो । यता ढुक्क बस्न मान्नु हुन्नथ्यो । उहाँलाई यता सन्तुष्टि लाग्दैनथ्यो । हामीले उहाँ+लाई यता राख्न, तान्न सकेनौ । कहिले पशुपतिको रामघाट, कहिले देवघाट, कहिले हरिद्वार, कहिले उत्तरकाशी बस्दै आउनुभएका साइँला बा २०६२ सालको असौजमा बित्नुभएछ। हामीले त २०६२ सालको मंसिरमामात्र थाहा पायौ । साइँला बा यस्तै मृत्यु चाहनुहुन्थ्यो । त्यस्तै भयो । सानीमालाई अलिक धेरै पीडा भयो । हामीले अलिक पीडा मिसायौ । यसरी साइँला बाको इहलीला समाप्त भयो । हामीले साइँला बालाई बिर्सन थाल्यौ ।

संसार यस्तै रहेछ । साइँला बा जस्तै हामी पनि बिदा हुन्छौ । आफन्त र परिचितहरुले हामीलाई बिर्सनेछन् । हामी भौतिक रूपमा र नामबाट पनि समाप्त हुनेछौ । हामीलाई त साइँला बाको जति पनि अरूले सम्झने छैनन\ । त्यस्तो संम्झिरहन योग्य काम नै हामीले केही गर्न{ सकेका छैनौ । साइँला बाका त संम्झिइ रहनुपर्ने कुराहरू धेरै थिए । साइँला बाका कुरा त यतिनै हुन\ । तर मलाई चित्त बुझेको छैन । मलाई लाग्छ, साइँला बाका सम्झ्न पर्ने{कुरा धेरै छन्। फक्कड स्वभावको, लोभ र लालच पटक्कै नभएको, धेरै कुरा बुझ्ने , धेरै विषयको ज्ञान भएको , निर्भीक, दयालु, भावुक, सहृदयी , यस्ता कति हो कति गुण थिए साइँला बाका । सबै गुण अहिले म सम्झन सक्तिन ।

साइँला बाका अक्षर, भाषा र संस्कृतको ज्ञान, स्पष्ट बोल्ने शक्ति र क्षमता , सक्रियता, उत्साह र जाँगर यस्ता धेरै कुराको मलाई आरिस पनि लाग्छ । साइँला बा जस्तो हुनुहुन्थ्यो त्यस्तै गुण रहेको मान्छे त हुन सम्भव छैन जस्तो मलाई लाग्छ । साइँला बा सँगका धेरै स्मृतिहरू मसँग छचल्किएका छन्  तर अहिले यहाँ+ तिनको उल्लेख सम्भव छैन । म साइँला बालाई जसरी संझिरहेछु , म सारै थोरै गुणमात्र संम्झिरहेछु । साइँला बासँग उहाँ+लाई सम्झने क्रममा समेत म हारेको छु । हो साइँला बा अरूसँग नहार्ने{ विशिष्ट योद्धा हुनुहुन्थ्यो । उहाँ+ले मृत्युलाई पनि हराउनुभयो । उहाँ+ जस्तो चाहनुहुन्थ्यो , त्यस्तै मृत्यु हात पार्नुभयो । साइँला बाको स्मृतिमा मेरो त केवल  श्रद्धाञ्जलि मात्र ।

२०६३ साल कार्तिक

सूर्य कन्दङ्वा मेरो छोटो स्मृतिमा

सूर्य कन्दङ्वा मेरो छोटो स्मृतिमा

सूर्य कन्दङ्वाका बारेमा एउटा स्मृतिग्रन्थ निस्कँदै छ – त्यसका लागि एउटा रचना तयार गरिदिनुपर्‍यो भन्ने केही साथीहरूको आग्रह छ । सूर्य कन्दङ्वाका बारेमा सम्झँदै म अतीतमा डुब्न लाग्छु । म झापाका गाउँको एउटा प्राथमिक शिक्षक, एक मध्यान्नमा मेरो सूर्य कन्दङ्वा र रामप्रसाद पोखरेलसँग पहिलो परिचय र भेट हुन्छ – शिवगञ्ज बजारमा । त्यस बेला उहाँहरू साहित्य संगम आ�� राई र नेपाली साहित्य परिषद् झापासँग सम्बद्ध हुनुहुँदो रहेछ ।  ती दुवै साहित्यिक संस्थाहरूले झापाको शनिश्चरेमा एउटा साहित्यिक सम्मेलन गर्ने योजना गरेर उहाँहरू दुवै जना त्यसको व्यवस्थापनमा जुट्नुभएको रहेछ । २०२५ सालमा सम्पन्न त्यो साहित्य सम्मेलनको आफ्नै महत्त्व र विशेषता रहेको छ, प्रगतिशील साहित्यमा । मसँग त्यसरी पहिलो भेट भएका दुवै व्यक्तिहरू अहिले यस संसारमा हुनुहुन्न । उहाँहरूको स्मृतिमात्र शेष रहेको छ ।
रामप्रसाद पोखरेलले त्यस बेला आफूले विश्वास गरेको राजनीतिक पद्धतिलाई आफ्नो मान्यतामा परिवर्तन गर्नुभयो । पञ्चायत र गाउँफर्कतिर लाग्नुभयो तर सूर्य कन्दङ्वा इस्पात बनेर रहनुभयो । जेल नेल, अनेकौं प्रहार, आक्रमणले उहाँका विचारलाई हेरफेर गर्न सकेनन् । मृत्युपर्यन्त उहाँ आफ्नो विश्वासमा अटल रहनुभयो । सिद्धान्तनिष्��  रहेरै मृत्यु वरणगर्ने सूर्य कन्दङ्वा समाजको असल प्रेरणाको स्रोत रहनुभयो ।

उल्लिखित परिवेशमा परिचित सूर्य कन्दङ्वासँग मेरो जीवनका विभिन्न मोडमा भेटघाट हुने गर्थ्यो, झापामा । भेटघाटमा सुख – दुःखका कुरा हुन्थे । समाज र मुलुकको राजनीतिका कुरा हुन्थे । एउटा राम्रो कम्युनिस्ट पार्टीको साझा कुरा हुन्थ्ये । भेटघाटमा अपनत्व थियो, आत्मीयता थियो , हार्दिकता थियो । भेटघाटका क्षण उत्साहप्रद र उर्जायुक्त  हुन्थे । उहाँ झापाको यर्थाथका बारेमा, साथीहरूका बारेमा हामीबाट जानकारी लिनुहुन्थ्यो र आ�� राईतिरका हरेक घटनाका बारेमा हामीलाई जानकारी दिनुहुन्थ्यो । उहाँ सांसद बन्नुभयो, उहाँको सरलतामा कुनै परिवर्तन आएन । सामान्य वेषभूषामा शिष्ट  र नरम बोली–वचनले सूर्य कन्दङ्वालाई शालीन व्यक्तित्वका धनी बनाएको  थियो ।

सूर्य कन्दङ्वाको जीवन एउटा नदीजस्तो थियो जो अविरल वगी रहन्छ । विना अवरोध, विना विश्राम, चेतनाको बीउ छर्दै, एउटा सभ्य र सुसंस्कृत समाजको चाहना राख्दै थकाइलाई मुस्कानले मेटेर रातोदिन यात्रा तय गरि रहने योद्धाको नाम हो – सूर्य कन्दङ्वा । आ�� राई तेह्थुम, ताप्लेजुङ , पाँचथर आदि पूर्वाञ्चलका भू–भागहरू अहिले एमाले, माले , माओवादी जोसुकैका अंश भागमा परून्, तिनले पाएको सम्पत्ति हरेक हिस्सामा सूर्य कन्द्ङवाको रगत र पसिना छ । त्यहाँ सूर्य कन्द्ङवाको वैँस नपोखिएको भए आज उनीहरू कसैको  पनि त्यत्रो उचाई हुने थिएन ।

मानिसहरू भन्छन् – सूर्य कन्दङ्वाका केही नराम्रा लतहरू थिए । हो , उहाँ अलिक पिउनुहुन्थ्यो । त्यसै कारण स्वास्थ्य प्रतिकूल रहयो र असमयमै उहाँको निधन भयो । जीवनका अन्तिम क्षणहरूतिर पुग्दा उहाँमा केही निराशाहरू पनि बढेर गए र ती निराशाहरू आफ्नै विचारका अगुवाहरूका विकृतिजन्य कार्यका परिणाम थिए । सादा जीवन र उच्च विचारका प्रतीक जस्ता लाग्ने सूर्य कन्दङ्वालाई समाज उत्थानमा लागि सधैँ लागिरहने असल शिक्षकका रूपमा आ�� राईले पायो, जसले समाज र राष्ट्रबाट केही लिन चाहेन, समाज र राष्ट्रलाई केही दिन मात्र आतुर रह्यो । आफू झुकेर समाजलाई उ�� ाउन सधैँ उत्सुक आदर्श व्यक्ति सूर्य

कन्दङ्वालाई  मेरो श्रद्धाञ्जलि र उहाँको स्मृतिमा यो ग्रन्थ प्रकाशित गर्ने

आयोजक मित्रहरूलाई धन्यवाद !

 

बल्लभमणि दाहालसँगका क्षण

बल्लभमणि दाहालसँगका क्षण

डा. हृषीकेश उपाध्यायको घर, भद्रपुर । २०२८ साल जस्तो लाग्छ । एक बिहान त्यहाँ डा बल्लभमणि दाहालसँग भेट भयो र परिचय पनि । उहाँ चूडामणि रेग्मीका पाहुना हुनुपर्छ । त्यति बेला चूडामणि रेग्मी डा हृषीकेश उपाध्यायको घरमा डेरा बस्नुहुन्यो । त्यसो त डा दाहाल र डा उपाध्यायका बीचमा पनि अनौ�� ो र गम्भीर सम्बन्ध रहेछ, शायद त्यो बनारसतिर बीजारोपण भएको हुनुपर्छ, मेरो अन्दाजमा । म भर्खर २१ बर्ष नाघ्दै गरेको अल्लारेलाई बल्लभमणिले अलिक महत्व दिएर कुराकानी गर्नुभयो । म मख्ख त परें, तर किन महत्व पाएँ, मेलो पाइन । बल्लभमणि दाहालसंगको पहिलो भेट, मलाई उत्साहप्रद थियो नै ।

त्यति बेला द्रोणाचार्य र म भद्रपुरमा गोपालकृष्ण प्रसाईका घरमा डेरा  बस्थौ । त्यसै दिन दिउसो सामान्य झोला बोकेर बल्लभमणि दाहाल हाम्रो डेरामा आइपुग्नुभयो । हाम्रो डेरामा त आउनुभयो तर हामीलाई भेट्न हैन रहेछ । झापाका पुराना कम्युनिस्ट नेता गोपालकृष्ण प्रसाईसँग पनि उहाँको हिमचिम रहेछ । गोपालकृष्ण प्रसाई घरमा नभेटिएर  द्रोण र मैले मेरो सानो को�� ामा स्वागत गर्यौस । हामीहरूलाई मात्र भेटेर पनि उहाँ खुप हौसिनुभयो । वर्षौदेखिका मतोमिल्ने साथीजस्तो कुरा गर्न लाग्नुभयो । उहाँको स्वभाव मलाई रमाइलो लाग्यो । मनमनै �� ाने – कति चाँडै आफन्त हुन सकेको ? त्यसो त द्रोणसँग भनेँ उहाँको पुरानै सम्बन्ध रहेछ ।

त्यसताका बल्लभमणि दाहाल पुनामा भाषा विज्ञानमा विद्यावारिधि गर्दै हुनुहुदो रहेछ । केही दिन यता आएर त्यसदिन उहाँ उतै जान हिँड्नुभएको रहेछ । त्यसै दिन ३/४ बजेतिर गलगलियाबाट रेल चढेर सिलिगुडी जाने अनि त्यहाँबाट पुना जाने गरी उहाँ हिँड्नुभएको रहेछ । केही क्षणको गफ पछि ‘फुर्सत भए मलाई मेची तारि दिनुहोस्’ – भन्दै उहाँले हिड्न हतार गर्नुभयो । द्रोण फुर्सतमा हुनुहुन्थेन, –’म जान्छु’ भनेर म उहाँका साथमा लागें । खुप गफ चल्दै गए । हामी भद्रपुर बजार हुँदै मेची नदीमा पुग्यौ । भद्रपुरमा त्यसबेला अहिलेको जस्तो रिक्सा चल्दैनथे । हिलो थियो । हामी ४/ ४ आनाको टिकट लिएर नाउमा चढ्यौ । डुबिन्छ कि ? पार होइन्छ ? जस्तै भएर नाउ पार हुन्थे । मेची तरेर हामी जङ्गे पिरलमा पुग्यौ र बोकेका जुत्ता र पाइन्ट लगायौ ।
उहाँले मलाई अब फर्कन भन्नुभयो, तर मैले भने –’मलाई फुर्सत छ र समय पनि छ, तपाईलाई म स्टेसनसम्म पुर्‍र्याउँछु ।’ हामी अगाडी बढ्यौ । मलाई उहाँका कुरा सुनेर फिर्न मन लागेन । ‘पूनासम्म जान पाए पनि हुन्थ्यो ‘– जस्तो पो लाग्यो । हामी गलगलियामा रेल वे स्टेसनमा बस्यौं र दुई घण्टाजति कुरा गरेपछि रेल आयो र उहाँलाई लिएर गयो । म भद्रपुर फर्कें ।

बल्लभमणि दाहालसंग त्यस दिन धेरै कुरा भए । नेपालको कम्युनिस्ट आन्दोलनको प्रवृत्ति र विकासक्रम, विभाजनका कारण र परिणाम, शुरू हुँदै गरेको झापा आन्दोलन, नक्सलबादी आन्दोलनदेखि त्यस ताका चरम अवस्थामा पुगेको चिनियाँ सांस्कृतिक जस्ता कुराहरू हाम्रा गफका विषय थिए । म कम बोल्थें, उहाँ धेरै सुनाउनुहुन्थ्यो । उहाँलाई बिदा गरेर फर्कदा मेरो मन अलिक भारी थियो, तर आज मैले निकै सिकेँ – जस्तो लागेको थियो । त्यै दिन भेटेका बल्लभमणि दाहालसँग त्यतिबिघ्न आत्मीय बन्नु र निकै कुरा सिक्न पाउनुलाई मैले रोमाञ्चको अनुभव गरेँ ।
म कम्युनिस्ट आन्दोलनप्रति आकर्षित हुँदै गरेको युवक थिएँ । उहाँले आन्दोलनमा लागेर एउटा यात्रा तय गरिसक्नुभएको थियो । लाग्थ्यो –उहाँका हरेक कुरामा आधिकारिकता छ र गाम्भीर्यता छ । मैले मेरा डेरामा मार्क्सदेखि माओत्सेतुङ्सम्म ६/७ जना विश्वकम्युनिस्ट नेताका तस्विरहरू फ्रेम लगाएर राखेको थिएँ । उहाँले गलगलियामा भन्नुभयो –’ “तपाईं ती तस्विरहरू त्यसरी देखाएर नराख्नुहोस् –काम गर्नुहुन्छ भने त अलिक थाहा नपाउने गरि गर्नुपर्छ ।”– मेरो चित्त बुझ्यो र तस्विर हटाएँ ।
मैले २०३२ सालमा केही महिना कीर्तिपुरमा नेपाली पढेँ । उहाँ भाषा विज्ञान पढाउनुहुन्थ्यो । उहाँले पहिलो दिन मलाई कक्षामा देखेर आश्चर्यमा पर्नु भयो । सिधा मेरो छेउमा आएर ‘‘यहाँ कसरी ?’’ भन्नुभयो । “म पनि विद्यार्थी, पढ्न आएको”– भनेँ । उहाँले लगभग पत्याउनु भएन । कक्षा सकिएपछि उहाँले मलाइ लिएर बाहिर निस्कनु भयो । फूलबारीको छेउमा एकान्त लगेर सोध्नुभयो, तर पढ्न आएको भन्ने कुरामा अझै विश्वास गर्नुभएन र भन्नुभयो – ‘‘तपाईंको मूल काम अब विद्यार्थी राजनीति रहेछ, �� ीँकै छ, बचेर काम गर्नु र त्यसरी नै मेरो सहयोग लिनू, व्यक्तिगत रूपमा केही परे भन्नू ।’’

मैले ३/४ महिना मात्र पढे । त्यसपछि वकिल बन्ने धूनले र आवश्यकताले मलाई नेपालीको पढाई छुटायो । उहाँसंगको सामीप्यत पनि टुट्यो, तैपनि बेला – बखतमा भेट हुन्थ्यो । मलाई सधैँ उहाँले आत्मीय मित्रका रूपमा व्यवहार गर्नुभयो ।  हरेक भेटमा केही – न – केही सिकाई रहनुभयो ।
भद्रपुरमा नरेश बर्माज्यूको घरमा पुराण लागेको थियो । शायद शनिवार थियो, म ३/४ घण्टा पुराण सुन्ने मनस्थिति बनाएर त्यहाँ पुगेर बसेको थिएँ । केही समयपश्चात् त्यहाँ बल्लभमणि दाहाल देखिनुभयो । पुराणमा सबैतिर नियालेर मलाई इसारा गरेर बोलाउनुभयो र हामी नरेशज्यूको घरको को�� ामा बस्यौ । तत्काल मुलुकमा महाकाली सन्धिले चर्चा पाएको थियो । हामीले पनि धेरै चर्चा गर्‍यौं र मैले उहाँलाई मोटर साइकलमा चूडामणि रेग्मीज्यूका घरमा पुर्याचएँ । उहाँ केही वर्ष चीनमा वसेर आउनु भएको थियो । त्यहाँको पद्धति र व्यवस्थाका बारेमा धेरैकुरा भए ।

त्यसको भोलिपल्ट, बिहानै मेरो फोनको घण्टी बज्यो । बल्लभमणि दाहाल बोल्नुभयो र भन्नुभयो – “तपाइसँग कुरा निथ्रेनन् । मेरा मावलमा बिहानको खाना खाने गरी आउनुहोस् न, मेरा साथीभाइलाई माइजूले खुवाउन जाँगर चलाउनुहुन्छ । गाह्रो मान्नुहुन्न ।” मैले भनें – ‘‘तपाईको मावल त मेरो धेर मावल जस्तो भएको छ, गुरुआमाले तपाईलाइ भन्दा मलाइ धेरै खुवाउनु भएको छ । हुन्छ, आउँछु’’ – भन्दै फोन राखें र म जिब्रामा गुरुआमाले बनाउनुभएको अचारको स्वाद लिदै चूडामणि सरका घरमा पुगें । त्यहाँ हाम्रा लामा गफ भए । सँगै खाना खायौ र बिदा भयौ ।
गएको वर्षा महिनामा म का�� ममडौं पुग्दा गंगा उप्रेती र बल्लभमणि दाहाललाई भेट्न एस. एम. कलेज पुगेको थिएँ । त्यहाँ गंगाज्यूसंग मात्र भेटभयो । बल्लभमणि दाहाल हुनुहुन्न रहेछ । उहाँको गंगाज्युसंग फोनमा कुराभयो । म आएको कुरा गंगाज्युले बताएपछि मसँग पनि कुरा भयो । त्यो नै उहाँसँगको अन्तिम कुरा रहेछ ।

‘‘डा बल्लभमणि दाहाल छतबाट खसेर बेहोस हुनुहुन्छ्, वीर अस्पतालको को�� ामा हुनुहुन्छ, अब बाँच्न क�� िन छ’’ – भन्ने समाचारले मलाई स्तब्ध बनायो । उहाँसंगका सम्पूर्ण, भेट र कुराहरू मेरो मानसपटलमा आए । साँच्चै, उहाँको निधन भयो । बल्लभमणि दाहाल जस्तो क्षमताको ऊर्जाशील विद्वानको असमयमै भएको निधन राष्ट्रका लागि अपूरणीय क्षति हो । व्यक्तिगत रूपमा मलाई औपचारिक र अनौपचारिक शिक्षा दिएर,  आत्मीय मित्रजस्तो व्यवहार गर्ने डा. दाहालको मृत्युको समाचारले मलाइ निकै चिथोरेको छ । त्यसो त डा दाहाल मर्नुहुन्न । मँ जस्ता धेरै सँग उहाँ बाँचि रहनुहुन्छ । उहाँले समाज विकासका क्षेत्रमा र भाषा विकासका क्षेत्रमा र भाषा विज्ञानका क्षेत्रमा जति काम गर्नुभएको छ,  त्यही कामले उहाँलाई अमर बनाएको छ ।

रामनाथहरू मर्दैनन्

रामनाथहरू मर्दैनन्

झापा आन्दोलनबारे लेखिएन । थोरै लेखिएको पनि पूर्वाग्रही पनि रह्यो र सत्य पनि लेखिएन । झापा आन्दोलनका नायकहरूको रुचि सत्य लेखनतर्फ भएन । हुन सक्छ, उहाँहरूले अहिले पनि कसैलाई सगरमाथा बनाउनुपर्दो हो । त्यसैले उहाँहरूको कलम सत्यको निकट जान रुचाउँदैन । त्यसो त, एउटा मान्छे जब धेरै लेख्छ या त उ अरू थोकभन्दा लेखक धेरै हुन्छ, उसको व्यक्तित्व र प्रवृत्तिलाई लेखकीय स्वभावले थिच्छ । निश्चित हुन्छ, त्यो लेखक इमानदार हुन्छ । यस्तो अवस्थामा कि त उसले लेख्दैन, लेख्छ भने इमानदारीको रेखा नाघ्दै – नाघ्दैन । झापा आन्दोलनका बारेमा जतिले कलम चलाए, उनले यसैलाई उचाल्न पछार्न, यसको कुनै पाटोमा झुन्डिएको डोरीमा समातेर पिङ खेल्न चाहे । अनि कसरी सत्य र पूर्ण लेखनको परिकल्पना गर्नू र ?

झापा आन्दोलनका बारेमा विस्तृत लेखन भइदिएको भए त्यो आन्दोलन विस्तृत रूपमा उधिनिने त थियो नै, साथै झापा आन्दोलनको भाव, भूमि र जरासमेत प्रदर्शन हुन्थ्यो । झापा आन्दोलनको औचित्यमा उ�� ेका प्रश्नहरूको उत्तर पनि त त्यस्तो लेखनबाट सम्भव हुने हो । वास्तवमा, झापा आन्दोलन भनेको वीरता, अनुभव, आकाङ्क्षा, उत्तेजना, भावुकता र अरू पनि अनेक प्रसङ्गहरूको प्रवाह हो । त्यस प्रवाहमा सम्मिलित सबै तत्त्व र यथार्थहरूको तस्वीर फगत त्यस्तो लेखनले मात्र प्रदर्शन गर्न सक्छ र प्रवाहका अनेक तत्त्वहरूको गुण, गरिमा स्वभाव र प्रवृत्ति त्यस्तो लेखनले नै स्थापित गर्दछ तर झापा आन्दोलनले कुनै मेरी टाइलर पाएन । अनिल वर्वे जन्माएन । तिनका कृतिगत प्रवृतिको प्रतिनिधित्त्व र परिपूर्ति बन्दी रहर र फुटकर रचनाहरूले गर्न सकेनन् । अझै पनि समय छ, जाँगर र सीप भएको कोही लेखक भए झापा आन्दोलन यस्तो वञ्जर धर्ती हो, जो मलिलो छ, लहलहाउँदो बाली लाग्न सक्छ र उब्जाउयोग्य पट्टेर धर्ती जाँगरिलो शिल्पीको प्रतीक्षामा छ ।

वास्तवमा त्यस्तो लेखनले हिजो अन्यायमा परेकाहरूलाई न्याय दिन सक्ने थियो भने तत्काल अन्याय गर्ने साँढेहरूका टाउकोमा अहिले पनि भुङ्रो खनिन्थ्यो । तत्काल छोपिएका अनेक चित्रहरू अनगिन्ती आँखाहरू सामुन्ने हुने थिए । धुरीमात्र देखेकाहरूले जग पनि देख्ने थिए, चर पनि देख्ने थिए, जहाँबाट त्यो रहर उम्रिएको थियो सारा बगर देख्ने थिए – सबैले । जेहोस् अनौपचारिक तर मार्मिक अनगिन्ती अभरहरू कहरहरू जनसमक्ष आउने थिए । त्यस्तोमा झापा आन्दोलन जनमानसबाट केस्राकेस्रा भएर बुझिने थियो । आगामी सन्ततिलाई त्यो गतिलो उपहार पनि हुने थियो तर त्यस्तो गर्न खोइ ! कसैको जाँगर चलेन ।

प्रसङ्ग रामनाथ दाहालको हो । रामनाथ दाहाल २०२९ साल फागुन २१ गते शहादत प्राप्त गर्ने पाँच झापाली सपुतमध्धे एकको नाम हो । ती सपुतहरूको शहादतले नै झापा आन्दोलनलाई मुलुकको राजनीतिमा यति उ�� ाएको हो । वास्तवमा व्यक्ति हत्याको प्रसङ्गले झापा आन्दोलन चौतर्फी प्रश्नको घेरामा परिरहेको बेलामा ती सपूतहरूले शहादत प्राप्त गरे र मुलुक शहादतको बहसमा उत्रियो । त्यसरी बहस र छलफलका माझबाट झापा आन्दोलनले राजनीतिक मान्यता प्राप्तगर्न थाल्यो । कुनै अभियोगसम्म लाउन नसकी आफूले थुनेका मानिसहरूलाई जेल सार्ने बहानामा हतकडी लगेर डोर्याथउँदै लगेर सुखानीको जङ्गलमा हत्या गर्ने सरकारको कायरता राम्रैसँग प्रदर्शित भयो र शासकहरू राम्रैसँग नाङ्गिए । ती सपूतहरूको बगेको रगतले मुलुक ब्युँझियो र झापा आन्दोलनलाई जोसुकैले च्याउन थाले । यसका नायकहरूले पनि यस्तै ज्वार भाटा बीचबाट गम्भीर हुन सिके । सङ्कोचनबाट मुक्त हुन खोजे । अलिक परसम्म हेर्ने चेष्टा गरे । त्यसैको परिणाम हो मुलुकमा रामनाथहरूले हिँडेको बाटो निकै फराकिलो,  सहज र सफा बन्यो । अँध्यारोका भक्तहरू पनि सूर्यलाई हेर्न र पूजा गर्न थाले । हो, घमाइलो दिन त त्यसको परिणाम हो जसको कारण रामनाथहरूको रगत हो यद्यपि अहिले त्यो घामको सतहमा कालो बादल लागेर घामलाई छोपेको किन नहोस् ।

झापा आन्दोलनमा कुन शहीदको कस्तो भूमिका र योगदान रह्यो ? त्यहाँ रामनाथको भूमिका के थियो ? यस्तो प्रश्नको उत्तर खोज्नु भनेको शायद ती शहीदहरूलाई अनादर गर्नु पनि हो । जो मान्छेले त्यो आन्दोलनका लगि आफुलाई बलिदान गर्योो, त्यो भन्दा �� ूलो र महत्वपूर्ण भूमिका अरू खोज्नु मूर्खता हुनेछ । वास्तवमा, दुस्मनसँग नझुकी सिद्धान्तका लागि, स्वन्त्रताका लागि, भोलिका सन्ततिका लागि, समानताका लागि, न्यायका लागि हाँसी हाँसी मृत्यु वरणगर्ने जोसुकै हुँदैनन्, थोरै हुन्छन् । अनि ती शहीद हुन्छन् । ती जनमानसका श्रीपेच हुन्छन् । त्यस्तै श्रीपेच मध्येका हुन् – रामनाथ । अरूलाई अनादर नगरी रामनाथको अतीत खोतल्दा अलिक बेग्लै हुन सक्छ । त्यो अलग पहिचान विशिष्ट पनि हुन सक्छ ।

त्यसो त, रामनाथ दाहाल केवल राजनीतिक चेत भएसम्मको मान्छेसम्म मात्र गणना गर्दा रामनाथलाई चिन्ने र बुझ्नेले समर्थन गर्दैनन् । उनले तुरुन्तै प्रतिवाद गर्छन् र भन्छन् – रामनाथमा पर्याप्त राजनीतिक चेत थियो, तर त्योभन्दा अरूकुरा पनि धेरै थियो । हो, वास्तवमा रामनाथको समाजसेवा, साहित्यिक र सांस्कृतिक चिन्तन, दूरदर्शी र उदार दृष्टिकोण, यस्ता स्वभाव र प्रवृत्तिले राजनीतिक चेत पो कहिले कहिले ओझेल जस्तो भान हुन्थ्यो, तर त्यस्तै पनि हैन । निष्कर्ष त यस्तो हो – रामनाथका अनेक क्षमताहरू उछिन पाछिन हुन्थे । तसर्थ झापा आन्दोलनका क्रममा शाहदत प्राप्तगर्नेहरूको योगदान कुनै तौलमा हेरेर घटी या बढी छ भन्न सकिँदैन नै । बलिदानभन्दा �� ूलो योगदान के खोज्ने र ? तर रामनाथको अतीत खोतलेर झापा आन्दोलनलाई नियाल्दा त फेरि पनि हिचकिचाउनु हुदैन होला ।

रमनाथसँग यस लेखकको पहिलो औपचारिक परिचय कहिले भयो ? निश्चित रूपमा मिति सम्झना भएन । त्यसको खास कारण त यस्तो थियो– अनौपचारिक रूपमा हामी दुवै परिचित थियौ । माध्यम साहित्य थियो । दुवैले एक – अर्कोका रचना पढिसकेका थियौ । अझ केही समय त यस्तो पनि रहयो, रामनाथ चिनेको पनि, तर औपचारिकतामा अलमलिएर बोलचाल नफुकाएको । यस मामलामा आफ्नै स्वभाव प्रतिकूल बनेर पनि यस लेखकले पीडा भोग्नुपरेको छ । हो, औपचारिक खोजीको समय अलिक लामै रह्यो । शायद, भद्रपुरतिर नै होला– २०२५ सालका आसपास एक दिन रामनाथ दाहाल र मैले कसिला हातहरू मिलाएर अनौपचारिकता नष्ट गरेथ्यौ ।

एस. एल. सी परीक्षा दिएर तराई झरेको अल्लारे �� िटो यस लेखकलाई शनिश्चरे बजारले आनन्द दिएको थियो । त्यस दिन शनिवार परेछ । मध्यान्नमा शनिश्चरे उत्रिदा शनिश्चरे बजार यौवनले ढकमक्क फुलेको रहेछ । शुक्रबार दिउँसोबाट शुरू भएको बजार आइतबार दिउसोसम्म लाग्दो रहेछ । सबै नयाँ मान्छे, नयाँ घर, नयाँ वातावरण, एउटा पहाडे �� िटाका लागि शनिश्चरे बजार �� ूलो शहर लागेको थियो । त्यसो त शनिश्चरे अहिले जस्तो हैन, थुप्रै मिल थिए । सिनेमा हल थियो । त्यसको माइकले बजार थर्काउँथ्यो । जिपहरू इलाम गइ रहन्थे । जिपहरू इलामबाट आइ रहन्थे । बिर्तामोड जन्मेकै थिएन । भद्रपुर – शनिश्चरे पनि जिप सेवा चल्थ्यो । पछि मात्र थाहा भयो, त्यसै दिन देखेको रहेछु रामनाथ दाहाललाई शिवप्रसाद शिवाकोटीसँग । उहाँहरू दुवैलाई देख्दा पछिसम्म सम्झना हुन्थ्यो – शनिश्चरेको कुनै चिया पसलमा ओल्लो – पल्लो बेन्चमा बसेर चिया खाने आकर्षक व्यक्तित्व भएका दुई जना नै रहेछन् रामनाथ दाहाल र शिवप्रसाद शिवाकोटी ।

´पञ्चामृत´को सहयात्रामा रामनाथ दाहालसँग निकट हुने मौका मिल्यो । साहित्य, संस्कृति र लेखनका बारेमा हाम्रा बीचमा धेरै छलफल चल्थे । अध्ययनका लागि किताबहरू खोजी र जोहो हाम्रा सामूहिक चिन्ता हुन्थे । नयाँ प्रकाशनहरूको तत्काल प्राप्ति र उपयुक्त प्रकाशनको चयन पनि हाम्रा छलफलका प्राथमिकतामा पर्थे । यस्तै चिन्ताबाट हामीले अनुरोध गर्‍यौ र राधाकृष्ण मैनालीले जन–ज्योति कुइनेटो नामक पसल खोल्नुभयो । त्यो पुस्तक पसलले झापामा तत्काल �� ूलो सेवा प्रदान गर्‍यो । भारतीय कम्युनिस्ट पार्टी मालेका मान्छेहरूले यहाँबाट चिनियाँ प्रकाशनका पुस्तकहरू लैजान्थे । रामनाथ दाहाल मन परेको नयाँ पुस्तक खरिद गर्नुहुन्थ्यो । पढि सकेपछि अरूलाई पढ्न दिनुहुन्थ्यो । पढेका पुस्तकका बारेमा हाम्रो विभिन्न कोणबाट छलफल र बहस चल्थ्यो । थोरै भेटघाटको समयलाई हामी यसरी प्रयोग गर्थ्यौ ।

तत्काल हतियार बन्द आन्दोलनका बारेमा त्यस्ताका युवा विद्यार्थी समूहमा निकै बहस चल्थ्यो । निश्चित हो त्यो बहसलाई चारू मजुम्दार र कानु सन्यालहरूको पार्टीले प्रभाव पार्‍यो । त्यो पार्टीमा पश्चिम बङ्गाल र आन्ध्र प्रदेशतिरका धेरै बौद्धिक जमात र युवा विद्यार्थीको भिड लागेको थियो । लाग्थ्यो, कम्युनिस्ट शासनलाई भारतमा छिर्न नदिनेहरू अब धेरै टिक्दैनन् । मेचीपारिको यस्तो बिगबिगीले यता पनि धेरै सोच्ने समय दिएन र झापा आन्दोलनको दौड चल्यो । त्यसो त यस क्षेत्रको वातावरण पनि उत्तेजक थियो । �� ूला – �� ूला विद्यार्थी आन्दोलनहरू चल्थे । सुस्ता महेशपुर अतिक्रमण विरोधी आन्दोलन चल्थ्यो । पूर्व कोशीको नेतृत्व आफै अन्तर्द्वन्दमा फसेको भएपनि हतियारबन्द संघर्षको चेत प्रवाह गर्थ्यो । मनमोहन अधिकारी सम्पादक भएको नव युग हेरे पुग्छ । यता झापामा युवा विद्यार्थीहरू पुराना कम्युनिस्ट नेता गोपालकृष्ण प्रसाईका विरुद्धमा आन्दोलित र केन्द्रित थिए । मदन खपाङ्गी जस्ता इमानदार र सरल नेताहरू किम् कर्तव्यको अवस्थामा थिए । झापा आन्दोलनका बारेमा हतार – हतार बहसहरू चलिरहे ।

चिन्तनशील, विचारक तथा दुरदर्शी प्रवृत्तिका रामनाथ दाहाल झापा आन्दोलन जसरी चल्यो, त्यसरी चलाउने पक्षमा हुनुहुन्थेन । हतारो बाटपर्ने प्रतिकूल प्रभावका बारेमा उहाँको स्पष्ट दृष्टिकोण थियो । यस्तो थालनीबाटहुने क्षतिबाट यसलाई बचाउन तत्काल धैर्य गर्नुपर्ने सोच पो रामनाथसंग पर्याप्त थियो । तापनि, उहाँ पक्राउ पर्नुभयो । द्रोणाचार्य क्षत्री लगायत हामी धेरै छटपटीमा पर्यौंय । हाम्रो पहुँच थिएन । प्रयत्न बालुवाको पनि । पूर्व कोशीको नेतृत्वले चाहेको भए, अवस्थामा सुधार आउने थियो, त्यसो भएन । बरू प्रतिकूल रह्यो । जसरी झापाली युवा विद्यार्थीहरूलाई झापा आन्दोलनगर्न हतार थियो, त्यस्तै हतार प्रशासनलाई दमनगर्न थियो । त्यही दमनमा रामनाथहरू शहीद भएर जन्मे । कायरहरूले सुखानीमा वीरहरूको रगत बगाए । त्यो आन्दोलन निषेध त भएन, निषेध गर्न हिडेकाहरू निषेध भए ।

रामनाथलाई शहीद मान्नु हुन्छ कि हुँदैन ? भन्ने प्रश्न पनि क्षितिजको कुनै कुनामा सुनियो । धन्य हो ! यस्तो प्रश्न ! बिचार र सिद्धान्तका लागि आफ्ना कुनै आन्तरिक सहमति र असहमतिबारे आँ पनि नगरी, शत्रुका सामु शिर नझुकाई मृत्यु वरण गर्दापनि यस्तो प्रश्न ? बुझ्नै पर्ने कुरा त के छ भने अलिकति निहुरी मात्र दिएको भए रामनाथले मन्त्री पाउथे, तर पञ्चायतको तुच्छ मन्त्रीभन्दा स्वाभिमानी मृत्यु प्रिय मानेर त रामनाथ जनताको श्रीपेच बने । हो, रामनाथ जनताका शिरका ताज हुन् जो युग –युगसम्म जनताका शिरमा चम्कन्छन् । रामनाथहरू कहिल्यै मर्दैनन् । जनताको मनमा अमर भएका छन् ।

मेरो स्मृतिमा बा

मेरो स्मृतिमा बा

मानिसले बुझेको छ– मृत्यु निश्चित छ, तैपनि उसलाई आफ्नो र अरूको मृत्युलाई स्वीकार गर्न गाह्रो पर्छ । छयानब्बे बर्ष पूरा गर्न लाग्नुभएको मेरो बा –अरू कति बाँच्नुहुन्छ र ? मेरा मनमा बेला – बेलामा यस्ता प्रश्नहरू उ�� ्थे, तर वास्तवमै जब त्यो क्षण आयो, पहिलाका तर्कना र �� नाइहरूले काम गरेनन् । अब बा हुनुहुन्न भन्ने पहिलो सूचना पाएपछि मलाई  निकै सकस भयो । शायद, अरू धेरैलाई त्यस्तै भएकै हुनुपर्छ । अन्तेष्टिमा सरिक हुन त हामी सकेनौ तर जब भोलिपल्ट हामी, बा र हामी जन्मेको तथा  बा बित्नुभएको स्थान फुएतप्पामा पुग्यौं, अरूलाई  के रह्यो मैले ध्यान दिन सकिन, मलाई भने त्यो क्षण निकै संङ्कटको महसुस भयो – जीवनमा ।
सधैँ त्यहाँ पुग्दा आँखाहरू बा मा केन्द्रित हुन्थे । मन, मस्तिष्क सबै त्यता हुन्थे । यसपल्ट अर्कै अवस्था रह्यो । म त मुस्किलले सम्हालिएँ । लाग्यो, अब बा भेटिनुहुन्न । कहिल्यै भेटिनुहुन्न । यो अवस्थाको पूर्व जानकारी भए पनि जब यस्तो क्षणसँग साक्षात्कार हुन्छ, सोचेभन्दा फरक हुदो रहेछ । साँच्चै यस्तो क्षण अनेक दृष्टिले गह्रुँगो हुदो रहेछ । शायद सबै सन्तान, आफन्त र निकटका मान्छेहरूलाई यस्तै हुन्छ होला ! सधैँ, त्यहाँ पुगेर फर्कने बेलामा  बाले भन्नुहुन्थ्यो – अब कस्तो बेलामा आइपुग्ने हो ? भन्न सकिँदैन । मैले त्यो अभिव्यक्ति बारम्बार सम्झें । अब त्यस्ता कुरा फगत सम्झनलाई मात्र रहेका थिए ।

अन्तेस्टिमा त हामी पुग्न सकेनौ । अन्तेस्टिमा कान्छो भाइ, कान्छी बहिनी र काँहिली र कान्छी बुहारीमात्र सरिक हुन सके । हामी झापा, उर्लाबारी, बिराटचोक, बिराटनगर, कालाबञ्जर, हसनदह आदि स्थानमा भएका सन्तानहरू बा बित्नुभएको दिन, ११ बजेमात्र बिर्तामोडबाट उकालो लाग्न सक्यौ र हावापानी, हिलो बाटो र हाम्रो अभ्याससमेतका प्रतिकूलताले हामी भारी मन लिएर बाटामा रात बिताउन बाध्य भयौ । भोलिपल्टमात्र हामी पुग्न सक्यौ ।

हुनत बासँगको निकटताको कुरा गर्दा कसले अरू मात्र निकट रहेको मान्ला र ? तर मलाई अलिक फरक कुरा लागेको छ । आमा बित्नुहुँदा म दश महिनाको थिएँ अरे ! मैले सम्झदा म बासँग सुत्थें । बा मेरो आमा पनि हुनुहुन्थ्यो । अनेक अर्थमा आमा र बा दुवैको माया र स्नेह त मैले मात्र पाएँ । बाले आमा र बा दुवैको माया, ममता मलाई दिन उत्सुक रहनुभयो । म २००६ साल जे�� मा जन्मेको, आमा त्यसै सालको चैतमा बित्नुभयो । बा र सानीआमाको २००८ सालमा विवाह भए पनि २०११साल देखिमात्र सँगै बस्ने अवस्था रह्यो, त्यसैले बा मेरा लागि त फगत बा मात्र हुनुभएन, आमा पनि । कसैले बुझे – बुझेनन्, मलाइ यस प्रसङ्गले अलिक धेरै छोइरह्यो । आमा बित्नुभएको स्मरण, पीडासमेतको अनुभूतिको अभावमा पनि मलाई बा र आमा दुवै एकसाथ बित्नुभएको जस्तो लागेको हुन सक्छ ।

हामी दुई आमातर्फका आ��  जना छोरा, सात छोरी, आ��  बुहारी, सानीआमा समेत गरेर हामी २४ जना काज – क्रियामा बस्यौ । अब यसपछिको समयमा यति धेरै मान्छे काज क्रियामा बस्ने अवस्था नरहला भन्ने हामी सबैको अनुमान थियो । १३ दिनसम्म परम्परागत रूपमा काजकिरिया सकेर हामीले बालाई बिदा गरेको मान्यौ । गाउँमा धेरै परिवर्तन आएछ । कुनै समयमा प्राथमिक स्कूल चल्न पूर्वाधार र आँट नभएको स्थानमा अहिले हाई-स्कूल चल्दै गरेको छ । मैले कक्षा आ�� मा पढ्न त्यता नजिकै स्कूल नभएर आ�� राई जानुपरेको थियो । अहिले त रविमै बाह्र कक्षासम्म पढ्ने वातावरण रहेछ । अलैँची, चिया र दूधको व्यवसायले मानिसहरूको जीवनमा �� ूलो आर्थिक अनुकूलता आएको टङ्कारै देख्न सकिन्छ । गाउँको अनुहार फेरिएको छ । युवाहरूमा उत्साह छ । निराशा देखिँदैन । यस्तो अनुकूल दृश्यले मैले बा गुमाउनुपरेको पीडालाई अलिक सहज बनाएँ ।

काजकिरियाका बारेमा परम्परालाई हामीले अनुसरण गर्यौि । अहिले, यसको संक्षेपीकरणका बारेमा व्यापक छलफल चलिरहेको बेलामा केही युवा भाइहरूले मबाट केही परिवर्तनको अनुमान र आशा गरेको मैले बुझें. तर म यथास्थितिको पक्षमा नरहेर पनि विद्रोह गर्ने समर्थ पनि नरहेको महसुस गर्छु । कर्मकाण्डहरूलाई केही जोगाउने र सांस्कृतिक सम्पदाका रूपमा राख्ने हो भने पनि यिनमा व्यापक परिवर्तनको आवश्यकता रहेको मेरो मान्यता छ । जीवित रहेसम्म उपेक्षा गरेर मृत्यूपछि दान धर्म गरेर कर्तव्य पूरा गरेको सम्झनु हामीले बोक्तै आएको भ्रममा मलजल गर्नु हो जस्तो मलाई लाग्दछ । यस्तै कार्यहरूमा म आफ्नो विश्वासमा भन्दा पनि निकट र आफन्तहरूको मन नदुखाउन यस्ता कार्यहरूमा सरिक हुने गर्दछु । बिरालोहरू बाँधेर बिरालोका गो��  बनाउन मन नगरेर पनि बिरालो बाँध्न सघाएको छु । यसपल्ट पनि मैले गरुड पुराण सुनेँ, कर्मकाण्डमा सरिक भएँ । सबै कर्मलाई नियालेर हेरे, कतै रमाइलो लाग्यो, कतै हाँसो उ�� ्यो । यी सबैले ह्यारी पोर्टर, दन्त्यकथाकी राजकुमारी र राजकुमार सम्झाए । गरुड पुराण सुन्दा त  यसका रचनाकारको स्वैर कल्पनालाई सराहना गर्न रुचाएँ ।

यस पूर्व, हामी चौबीसै जना एकै �� ाउँमा भेला भएको क्षण मैले सम्झन सकिन । त्यो भने एउटा उपलब्धिका रूपमा मलाई महसुस भयो । मेरो जे�� ो दाजु १९९० सालमा जन्मनुभएको, कान्छो भाइ २०३१ सालमा जन्मेको अवस्था छ भने हामी जे�� ी आमाबाट जन्मेका सन्तानहरू २०१९ सालमा बाबाट छुट्टिएर लाखा-पाखा लाग्यौ, सानीआमातर्फका भाइहरू पनि विभिन्न स्थानमा बसोबास गरेका कारण बाहिर – बाहिरै छन् । दिदी – बहिनी त विवाह एकातिर भएको, बसाइ सराइले अर्कोतिर पुगेको अवस्था छ । हामी १५ दिनसम्म त्यहाँ बस्यौ र परम्परागत रूपमा काज – किरियामा सरिक रहेर हामी हिँड्यौ । जन्मस्थान फुएतप्पाबाट हामी धेरैपल्ट हिँडेका, तर यसपल्टको जस्तो हिँडाइ अरू बेला भएको थिएन । सधैँ बासँग बिदा भएर हिँड्थ्यौ, बालाई फेरि आउँछौ भनेर हिँड्थ्यौ । यसपल्ट भने बालाई बिदा गरेर हिडेका थियौ । अब बासँग कहिल्यै भेट नहुने निश्चितता मनमा, मस्तिष्कमा र विश्वासमा भरेर हिँडेका थियौ । भारी मन लिएर हिँडेका थियौं ।

१५ दिनको दौरानमा मेरा मनमा अनेक कुराहरू आए । कहिले म अलिक भावुक भएँ । कहिले म अलिक मुर्झाएँ । मलाई लागेको थियो – १५ दिनमा म अलिक लेख्ने छु, तर मैले लेख्न सकिन । यसका अनेक कारण भए । मेरो असमर्थताको यो फगत बहानामात्र पनि हुन सक्छ । मैले केही लेख्न सकिन । लेख – पढ गर्ने अनुकूल वातावरण पनि त त्यो हैन ।

मैले मेरो बा जन्मनुभएको समयको अनुमान गरें । वहाँले जीवनमा गर्नुभएको काम, व्यवहारको स्मरण गरें । एक प्रकारको रोमाञ्चको अनुभूतिले मलाई लपेट्यो । मैले आफैंलाई मानसिक रूपमा अलिक दुर्बल पाएँ । मैले आफै बुझिन, पटक – पटक किन यस्तो भै रहन्छ ? मसँग यसको उत्तरै छैन । मैले यसलाई स्वाभाविक प्रक्रियाका रूपमा लिएँ । यसरी नै बुझे ।

त्यति बेला त्यहाँ बाक्लो अँध्यारो थियो । चेतना शून्य थियो । त्यो स्थान राज्यहरूका सीमारेखा भित्रै परे पनि राज्यको अस्तित्व बोध हुँदैनथ्यो । राज्य कुनै आवरणमा उपस्थित हुने सम्भावना रहेमा त्यहाँ आतङ्क छाउँथ्यो । गरिबी व्यापक थियो । सबै मानिसहरू सम्पूर्ण समय श्रम गरेर बिताउथे । केवल राती केही समय आराम गर्थे । लेक, बेसी, घर, गो�� , बारी, खेत, बिरुवा यसै सीमाभित्र त्यहाँको मानिस डुबेको पाइन्थ्यो । त्यहाँमात्र हैन मुलुककै अवस्था दयनीय थियो । का�� माडौमा मकै पर्व भैसकेकै थिएन । त्यस्तो पत्रै पत्रको अँध्यारो परिवेश र वातावरणमा १९६९ साल आषाढ १६ गते इलामको फुएतप्पामा जन्मेको बालक नै मेरो बा हुनुहुन्थ्यो । जसको देहान्त २०६५ साल आषाढ १२ गते भयो ।
आमा –बुबाको जे�� ो सन्तान मेरो बा, सामान्य साक्षर हुने कार्य घरमै भयो । फलियोमा रातो माटोको धूलो हालेर बाँसका डिकोले अक्षर लेख्तै, हिसाब गर्दै, गाई–गो�� , लेक-बेसी, भारो पर्म गर्दै बाको बितेको बचपन बताउने मान्छे अब गाउँमा भेटिँदैनन् । आ��  जना दाजुभाइ र चार दिदी – बहिनी मध्येको जे�� ो सन्तान गाउँघरमै रुद्री, चण्डी र वेदको सामान्य अध्ययन पश्चात् इलाममा बसेर त्यस्तै अध्ययनलाई अगाडि बढाउने र माल, अमिनी र गौडामा प्रयोग हुने लेखापढी सिक्ने र लेख्ने कार्यलाई अगाडि बढाउने कार्य त्यस समयमा त्यस गाउँको कति रोमाञ्चकरी घटना हो ? अहिलेको पुस्ताले बुझ्न र अनुमान गर्न के सक्नू र ?

हुलाकको जागिरे भएर ताप्लेजुङ पुग्नुभयो । राणा शासनका बेलामा पहुँच नहुने फुएतप्पामा जन्मेका मान्छेले निम्न तहको जागिर खान कहाँ सजिलो थियो र ? ताप्लेजुङबाट डँडेलधुरा सरुवा भयो । फुएतप्पाका मान्छेलाई डँडेलधुरा अमेरिकाभन्दा टाढा थियो, त्यति बेला । त्यसैले जागिर नछाडेर उपाय थिएन, छाडिदिनुभयो– हुलाक । केही दिन नापीमा पनि काम गर्नुभयो, तर त्यो पनि क्षणिक रह्यो । का�� माडौंसम्म पुगेर तत्काल नापीको सरकारी कामबाट बिदा लिएको प्रसङ्गले त्यस पछिको जीवन गाँउमै, जनसमुदाय बीचमै बिताउन उत्सुक रहेको तथ्य खुला किताबका रूपमा रहेको छ । गाउँमा तथा वर – पर खरीद बिक्री भएका जमिनका लिखत लेख्ने काम लामो समयसम्म अरूले गर्नुपरेन । त्यस्तो लिखत देखेपछि मालका मानिसले विवाद बिना स्वीकार गर्ने गरेको कुरा अहिले गाउँका पुराना मान्छे जो – कोही बताउँछन् । वास्तवमा, अनेक हिसाबले पिछडिएको त्यो गाउँमा लेखापढी राम्रै जानेको, जागिरसमेत खाएको, ताप्लेजुङ–का�� माडौ आवतजावत गरेको, बाहिर – फेर बुझेको मान्छे गाउँमा विशेष रूपमा मानिनु स्वाभाविक हो ।

श्रममा व्यस्त रहने आम मानिसहरूको जीवन पद्धति त्यहाँको विशेषता हो । उज्यालो समयमा त्यति बेला कोही मान्छे त्यहाँ फुर्सतमा भेटिँदैनथ्यो । यसै क्रममा घाँस काट्न रूखमा चढेका बेला झन्डै ३० फिट अग्लो रूखबाट भिरालो �� ाउँमा लड्नुभएका बा मुस्किलले मृत्युको मुखबाट तत्काल मुक्त हुनुभयो । आजीवन त्यो घटनाले पिर गर्योे । अन्तिम क्षणतिर खुट्टोमा र हातमा आएको समस्या त्यसैको कारणबाट हो भन्ने बाको �� नाइ थियो । २००८/ २००९ सालतिरको फुएतप्पा, त्यहाँ  त्यसबेला आधुनिक उपचारको सुविधा पाउने कुराको कल्पनासम्म गर्न सकिँदैनथ्यो । गाउँघरकै उपचार पद्धतिबाट मृत्युको मुखबाट निस्केर बा  तङ्ग्रनु भएको थियो ।

कसैसँग नझुक्ने र स्वाभिमानी स्वभाव बाका जन्मजात विशेषता जस्ता लाग्थे । रवि थानामा रहेको प्रहरी बल फुएतप्पाबाट सिधा गाउँलेको सरल स्वभावको फाइदा उ�� ाउन चाहन्थ्यो । वर–पर बुझेका कारण बा त्यस्तो गलत फाइदाको विरुद्धमा हुनुहुन्थ्यो । आइरहने थानेदारहरूले पनि यो राम्रै बुझ्दथे । उनले यो प्रतिशोध पूरा गर्न २०१५ सालको चुनाव ताकाको समय रोजे र राशनपानी बन्द गरेर चुनाव विरुद्धमा कार्य गरेको भन्दै बालाई पक्राउ गरे, अन्तमा दाजु टीकानाथ खनालसमेतको प्रयत्नमा इलामबाट बडाहाकिमलगायतका उच्च अधिकारीहरूले थानेदारको बदमासी बुझी ससम्मान मुक्त गरेका थिए । त्यस्तै अर्को घटना मेरो स्मृतिमा छ – छिमेकी कार्कीका घरमा बास बसेको एउटा यात्रीको मृत्युको कुरामा बालाई फसाउने दुस्साहस गरियो तर बाले त्यो घटनालाई हाँसी – हाँसी पन्छाइ दिनुभयो र बदमासी गर्ने प्रहरी थानेदारलाई परास्त गर्नुभयो । बाका यस्तै व्यवहारबाट गाउँमा एक प्रकारको शिक्षाप्रद सन्देश प्रवाह भएको मैले अनुभूत गरेको छु ।

मैले स्पष्ट अनुभव गरेको छु – मेरो बचपनको गाउँ र यस बेलाको गाउँको अवस्थामा व्यापक परिवर्तन छ । शिक्षाको कुरा गर्दा, २०२१ सालमा मात्र दाइ डील्लीराज खनालले गाउँकै पहिलो एस. एल. सी परीक्षा पास गर्ने श्रेय पाउनुभएको थियो, संस्कृतमा भने यसअगाडी नै दाजु निधिनाथ खनाल र काका लक्ष्मीप्रसाद खनालले पूर्वमध्यमा पास गर्नुभएको थियो । यस्तो शैक्षिक अवस्था रहेको त्यहाँ अहिले त हुलका हुल एम.ए, बी.ए उत्पादन भै रहेछन् । प्राध्यापक, अधिकृत, शिक्षक, प्रबन्धक र अन्य पेसामा सरिक व्यक्तिहरू भेट्न सकिन्छ । भोलिका लागि अगाडि आइरहेको शिक्षित जत्था हेरेर रमाइलो लाग्छ । उता त्यति बेला आतङ्क मच्चाउने अनिकालले कुलेलम �� ोकेको अनुभूत हुन्छ । अलैँची, चिया, दुग्धव्यवसाय, सागसब्जीको उत्पादनबाट मानिसहरूको अवस्थामा �� ूलो फेर बदल आएको स्पष्ट देख्न सकिन्छ ।  यो परिवर्तन समयको प्रवाहले पनि ल्याएको छ तर यस परिवर्तनका कारक व्यक्तिहरू पनि छन् । त्यस्ता व्यक्तिहरू कति बिते, कति जीवित छन्, कति फुएतप्पाबाट अन्यत्र सरेका छन् । यहाँका खनाल, रेग्मी, पौडेल, मगर, राई, लिम्बू लगायत अनेक जातथरका यहाँका अगुवाहरूको प्रयत्नको प्रतिफलको कारणसमेतबाट यो गाँउमा यस्तो परिवर्तन सम्भव भएको हो भन्ने मलाई लाग्छ ।

त्यस्ता अगुवाहरूको लाममा मेरा बाको अनुहार अगाडि नै तत्कालका जोकोहीले देख्न सक्छ, सम्झन्छ । कुरीतिका विरुद्धमा कडा रूपमा प्रस्तुत हुने बाको स्वभाव नै थियो । बाले बाल – विवाहका विरुद्धमा अभियान चलाउनु भएको थियो । शिक्षाका क्षेत्रमा विशेष रूपमा लागिपर्नुभएका बाले जोसुकैलाई छोराछोरी पढाउन प्रेरित गर्नुहुन्थ्यो । स्कूल खोल्ने, स्कूल भवन बनाउने, स्वीकृत गराउने, शिक्षक व्यवस्था गर्ने जस्ता कार्यहरूमा बाको सक्रियता मैले बचपनमा देखेको छु । शैक्षिक जागरणका धेरै काम गर्नु पर्ने बाको मान्यता थियो । गोरखापत्र दैनिक हुन पाएको थिएन, साप्ताहिक छदै रविमा हुलाक स्थापना भएपछि बा गोरखापत्रको ग्राहक बन्नु भएको थियो । गोरखापत्र अरूलाई पनि पढ्न दिनुहुन्थ्यो । मैले पत्रिका पढ्न त्यही गोरखापत्रबाट सिकेको हुँ । करफोकमा नेपाली भाषा प्रचारक संघ महानन्द सापकोटा, नरेन्द्रनाथ बास्तोलहरूद्वारा स्थापना भएको थियो ।  त्यो अभियानमा मेरो दाजु टीकानाथ खनाल, काका प्रेमराज खनालहरू सरिक हुनुहुन्थ्यो । नेपाली भाषा र साहित्यका ५०० थान जति किताब हाम्रै घरमा का�� को दराजमा राखेको थियो । त्यसलाई पुस्तकालय भनिन्थ्यो । ती पुस्तक पढ्न गाउँका युवाहरूलाई बा प्रेरित गर्नुहुन्थ्यो । आज पनि त्यो पुस्तकालय शायद स्कूलमा कुनै – न – कुनै रूपमा छ । ती पुस्तक मेरा पनि पहुँचमा थिए । मैले पुस्तक पढ्ने बानी तीनै पुस्तकबाट बसाएको हुँ ।

शैक्षिक अभियानमा लागिरहेको बेला बालगायत तमाम गाउँलेलाई �� ूलो झट्का लिएर २०१९ सालको श्रावण फुएतप्पामा भित्रियो । सोमनाथ खनाल स्थानीय विद्यालयको शिक्षक हुनुहुन्थ्यो । त्यति बेला ३३ जिल्लाबाट नेपाल ७५ जिल्लामा परिणत हुँदै थियो । फुएतप्पा पाँचथर कि इलाममा भनेर इलामका अधिकारीहरूले पाँचथर परेको हुन सक्ने बताएकाले  शिक्षक सोमनाथ खनाल र विद्यालयका सचिव तुलाराम रेग्मी विद्यालयको आर्थिक सहायता लिन फिदिम जाँदै हुनुहुन्थ्यो । २०१७ साल पुस १ गते राजा महेन्द्रले सैनिक बल प्रयोग गरेर २०१५ सालमा निर्वाचित काङ्ग्रेस सरकारलाई हटाएपछि काङ्ग्रेसले हतियार उ�� ाएको थियो । सिलौटीमा लुकेर बसेका काङ्ग्रेस पक्षीय हतियरधारीहरूले सरकारी मान्छे �� ानी गोली हानेर बाटो हिँड्दै गरेका दाजु सोमनाथ खनाल र तुलाराम रेग्मीको हत्या गरे । त्यो घटनाले सारा फुएतप्पामा बज्र पर्यो  । यो घटना फुएतप्पाको जीवनमा असह्य पीडाका रूपमा रहेको छ । बालाई यस घटनाले धेरै आघात पारेको कुरा पछिसम्म बुझिन्थ्यो । वास्तवमा, त्यो घटना फुएतप्पाको समग्र जीवनमा क�� ोर पीडाको नमेटिने गम्भीर चोट भएर रहेको छ । आजपर्यन्त खाटो बस्न सकेको छैन ।

वास्तवमा, आजको फुएतप्पाको जीवनमा आर्थिक रूपले धेरै फेरबदल आएको छ । मेरो मनमा लाग्छ, त्यो फेर बदलको जग मेरो बा अलिक धेरै हुनुहुन्थ्यो । २०१३ सालमा २ बिटो अलैँचीका बिरुवा लुङ्सुङ्दाङ्बाट फुएतप्पा भित्रिएका थिए । त्यो अलैँचीको बिरुवाका पछि–पछि ७ बर्षे बालकका रूपमा यो लेखक हिँडेको थियो । आमचोकका लामिछाने भिनाजुको पहलमा भित्रिएका अलैँचीका बिरुवा हेरेर मान्छेहरू अलैँची त चुरूम्फो जस्तो पो हुदोरहेछ भन्थे । अहिले अलैँची चुरूम्फो जस्तो नभएर फुएतप्पामा पैसाको झुप्पो जस्तो भएको छ । यसरी पहिलोपल्ट फुएतप्पामा अलैँची भित्राउने श्रेय बालाई छ । आज फुएतप्पामा अलैँची नभएको घर छैन । डाँडो, पाखो, कान्लो, खेत, बारी जत्रतत्र अलैँची अलैँची छ । लाग्छ, फुएतप्पा अलैचीले छोपिएको छ । फुएतप्पाका मान्छेका जीवनमा �� ूलो परिवर्तन आएको छ र त्यो अलैँचीले ल्याएको छ । चियाको पहिलो बूटो रोप्ने हाम्रो घर थियो र चियाको बिरुवा बाले भित्र्याउनुभएको थियो । चिया टिपेर माड्ने, सुकाउने कार्य गरेर हाते पत्ति प्रयोग गरिन्थ्यो । आज निकैतिर चिया लागेको छ । स्याउ, अङ्गुर, दाँते ओखर र यस्तै अरू फलफूलका बिरुवा बाले भित्र्याउनुभएको थियो तर ती फलफूलमा अलैँचीजस्तो सफलता प्राप्त भएन । अङ्गुर र स्याउ त फलेका पनि थिए । घर अगाडी लटरम्म फलेका दुई बोट स्याउ र केही झ्याङ् अङ्गुर राम्रो प्रदर्शनी कक्ष बनेका थिए । गाउँमा आएको नयाँ फलफूलले गाउँभरिका मान्छेलाई रोमाञ्च प्रदान गरेको थियो, तर कुन्नि के भएर ती फलफूल सफल हुन सकेनन् र तुरुन्तै मासिए । अलैँची जस्तै तिनले पनि सफलता पाएको भए फुएतप्पा नेपालभरिको सम्पन्न गाउँ बन्ने थियो । राउतेका नागी भरि स्याउ र अङ्गुर भरिन सकेको भए र चुथ्रोले ढाकेको लेक स्याउले भरिन सकेको भए मेरा बाको सपना साकार हुने र फुएतप्पाको जीवनमा सम्पन्नता थपिने कार्य एकसाथ हुने थियो । हावा, पानी, माटो, बिरुवा आदिमध्ये के नमिलेर हो, अलैँची जस्तो सफल हुन सकेन ।

पन्ध्र दिनसम्म काजकिरियामा बस्दा माथिका अनेक कुराहरू मेरो स्मृतिमा घुमिरहे । अनेक कोणबाट मैले बालाई सम्झेँ । म नजन्मदैको र मैले होस सम्हाल्न अगाडिको बाको जीवनको कल्पना गरेँ । मैले होस सम्हालेपछिका बितेका कुराहरू मेरा मस्तिष्कमा फनफनी घुमिरहे । वास्तवमा ९७ बर्ष भनेको शताब्दी नै हो । शताब्दीसम्म जीवन भोगेर बा बिदा हुनुभयो । मलाई लाग्यो, एउटा रूख जो शताब्दीसम्म �� िङ्ग उभिएर लड्यो । हामी त्यसका पातहरू, मुनाहरू, गुँडका बचेराहरू, ओथरामा परेका फूलहरू, रूख ढलेपछि बेहालमा पर्यौउ । त्यो रूख जो शताब्दीसम्म उभिएको थियो, उसको जीवनलाई आकलन गर्न पक्कै सजिलो छैन ।  शताब्दीसम्म रूखले कति हुरी खपेको छ, चर्को घाममा पसिना बगाएको छ, जाडोमा कक्रिनु परेको छ, लेक, बेंसी, राहुते, नर्कटे, उकालो ओरालो आफैँ थाकेका छन् । त्यो रूख ढल्दा थाम डाँडो झुकेको छ, जुरी थुम्को अझै शोक सुसेलि रहेछ । लुम्दे, आम्चोक र सिगलप्पाहरूले अझै टोल्हाएर हेरेका छन् । मुगे, थावा र फाकफोक खोलाहरू शोक सुसेलि रहेका छन् ।

गाउँभरिका बाटाहरूले अब परिचित पाइतालाहरू पाउने छैनन् । धाराहरूले सधैँ पानी पिइदिने स्नेही आकृति पाउने छैनन् । स्कूल आउने नानीहरूले सय बर्ष पुग्न लागेका बा भनेर देख्न पाउने छैनन् । पाका काकाहरूले पनि बालाई हेरेर आफूलाई वयस्क महसुस गर्ने बल पाउने छैनन् । बटुवाहरू चौतारो �� ान्थें बालाई र टक्क अडिएर सुस्केरा बिसाउथे, उनले अब चौतारो भत्किएको पाउनेछन् । गाउँलेहरूले फुर्सदमा गएर पिर बिसाउने �� ाउँ हराएको महसुस गर्नेछन् । समय अलिक अलिनो भएको छ, उज्यालोको चहक हराएको छ । यी त, केवल उदाहरण हुन् । हो, शताब्दीसम्म उभिएको रूख जब ढल्छ, त्यसले पार्ने प्रभाव र पीडा कहाँ अक्षरहरूमा लेख्न सकिने रहेछ र ? बाका बारेमा लेख्न थालेर लेख्नै नसकी यसरी म हारेको छु ।

 

मेरो अनुभूतिमा घनश्याम खनाल

मेरो अनुभूतिमा घनश्याम खनाल

घनश्याम खनालका बारेमा म दोस्रोपल्ट लेख्न बसेको छु । पहिलोपल्ट मैले ‘घनश्याम खनालहरू’ भन्ने एउटा लेख लेखेको थिएँ, जति बेला उहाँ मेची क्याम्पस छाडेर का�� माडौं गइसक्नुभएको थियो । झापाको शैक्षिक अवस्था भत्कदै थियो । त्यस बेला मैले झलझली घनश्याम खनाललाई सम्झेँ र त्यो लेख लेखेँ ।

दोस्रोपल्ट घनश्याम खनालका बारेमा लेख्न बस्दा मैले पहिलोपल्टको जस्तो सहज महसुस गरेको छैन ? मलाई निकै पीडाबोध भएको छ । कहाँबाट शुरू गर्ने ? के गर्ने ? र के लेख्ने ? म अन्योलमा छु । घनश्याम खनालको असामयिक निधन राष्ट्रका लागि �� ूलो क्षति, व्यक्तिगत रूपमा मलाई धेरै माया गर्ने, अथाह सहयोग गर्ने र सधैँ उत्साहको भारी ल्याएर मेरा घरभरि छरिदिने व्यक्ति गुमाएको पीडाको, घाउको म र मेरा परिवारमा खाटो बस्न सकेको छैन ।

म मेची कलेजमा पढ्थें, उहाँ पढाउनु हुन्थ्यो । मैले इतिहास नपढेको र उहाँ इतिहास पढाउनुहुने हुदाँ मैले उहाँसँग पढिँन तर, म उहाँलाई सधैँ सर भन्थें र मेरा मनभरि उहाँप्रति आदर र सद्भाव हुर्केको थियो, त्यति बेला । उहाँले मलाई कहिल्यै विद्यार्थीको रूपमा हेर्नुभएन । उहाँसँग एक-दुई पटकको भेटघाटपश्चात् नै उहाँले मलाई मित्रवत् व्यवहार गर्नुभयो, जो

जीवनपर्यन्त रह्यो ।

मैले चन्द्रगढीमा वकालत शुरू गरेपछि (२०३३ मा ) उहाँको घरनजिक डेरा लिएर बसेँ । चन्द्रगढी बसाइका क्रममा हाम्रो निकटता अझ बढ्यो । उहाँका विचार, भावनासँग म पूर्णतः परिचित भएँ । हरेक दिन हामी एक-आध घण्टा सँगै हुन्थ्यौ । मं बिर्तामोड सरेपछि पनि हाम्रो सम्बन्धमा कटौती आएन ।

नरेशकुमार बर्मा, उहाँ र म भएर केहिदिन धूपको उद्योग चलायौ । यस्तै क्रममा उहाँसँग म दुई हप्तासम्म दक्षिण भारत घुमेको छु । दक्षिण भारतका विकास निमार्णबारे उहाँ निकै प्रभावित हुनुभयो र हरेक महत्वपूर्ण योजना हेरेर यो काम नेपालमा कसरी सम्पन्न गर्न सकिएला भन्ने चिन्तनमा लाग्नुहुन्थ्यो । यात्रामा पनि मैले पाएँ- उहाँको मस्तिष्क कहिल्यै निष्क्रिय बनेन । उहाँमा आलस्य र नैराश्य मैले कहिल्यै थाहा पाइनँ । दक्षिण भारतका हरेक राम्रा कुरा हेरेर उहाँ भन्नुहुन्थ्यो- हामीले नेपालमा यस्तो शुरू गर्यौे भने मात्र हामीले दक्षिण भारत भ्रमण गरेको सार्थक हुनेछ । उहाँ वृन्दावन गार्डेन हेरेर सारै विभोर हुनुभएको थियो । �� ूला-�� ूला बाँध, जलविद्युत् योजनाहरू हेरेर हामीले सिक्नुपर्ने कुरा भनेर घोरिनुहुन्थ्यो ।

मेची क्याम्पसमा उहाँले पुर्या उनुभएको योगदानको म चर्चा गर्न चाहन्न । उहाँले त्यसलाई त काम गर्ने शैलीको सानो उदाहरण मात्र �� ान्नुभएको थियो र एउटा विश्वविधालयका बारेमा उहाँ लाग्नुभएको थियो । केही वर्ष बाँच्नुभएको भए नेपाली माटोमा नेपाली सन्ततिलाई एउटा महत्वपूर्ण सम्पत्ति प्रदान गर्न उहाँ सफल हुनुहुन्थ्यो । यी प्रसङ्गहरूको मेरा गुरु डा. रामेश्वरप्रसाद अधिकारी, श्रीधर लोहनी, मोहनराज शर्माहरूलाई बढी जानकारी छ ।

जेहोस्, उहाँ शैक्षिक क्षेत्रको मेची क्याम्पसको विशिष्ट पुरुषमात्र होइन उहाँ त यस मुलुकको भविष्यको शैक्षिक अगुवाका रूपमा प्रस्तुत हुन खोज्दै हुनुहुन्थ्यो । यी प्रसङ्गहरूलाई यहीं छाडेर उहाँका बारेमा केही व्यत्तिगत अनुभूतिहरूका प्रसङ्गहरू उल्लेख गर्न चाहन्छु –

१ राजनीतिमा मैले बहुदलका अवगुणहरू पनि पढेको छु । बहुदल आउनेबित्तिकै मैले देखेका केही विकृतिहरूलाई भन्दा केही मित्रहरूलाई पचेन र पञ्चायतको धङधङी भने । बहुदलका अवगुणको पहिलो प्रहार मैले घनश्याम खनालमा भएको देखेँ । बहुदल आउनेबित्तिकै क्याम्पसबाट घनश्याम खनाल सरले राजीनामा दिनुपर्छ भनेर नरेशजीको ल च्याम्बरमा केही महानुभावहरुले भन्नुभयो ।

घनश्याम सरले जन-आन्दोलनमा पुर्या उनुभएको योगदान सम्झेँ, मुखमा कालो पट्टी बाँधेर प्राध्यापकहरूको जुलुस लिएर प्राध्यापक तारा पौडेललाई प्र.जि.अ.ले हातपात गरेकोमा विरोधपत्र दिन अञ्चलाधीशकहाँ जानुभएको सम्झेँ, २०४६ साल चैत १४ गतेका दिन नरेशजी र मलाई “म क्याम्पस चीफ भएको क्याम्पसमा एउटा निर्दोष विधार्थी राम थापाको हत्या भयो । मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ ।” भनी उहाँले तयार गर्नुभएको राजीनामा हेरेर नरेशजी र मैले समय आएपछि राजीनामा दिनुहोस्, अहिले राजीनामा गर्नुहुदैन भनेर राजीनामा च्यातेको सम्झेँ । उहाँले राजीनामा दिनुपर्छ भन्ने कुरा मलाई पचेन, चूडामणि सरसँग कुरा हुँदै गर्दा कृष्ण सिटौला आइ पुग्नुभयो र उहाँले पनि राजीनामाका पक्षमा कुरा गर्नुभयो । म बिलखबन्दमा पर्दै गएँ ।

त्यति बेला संविधान आएको थिएन । लगत्तै केहिदिनपछिको कुरो हो, झापा बारले बिर्तामोडको देवी प्रा.वि.मा आगामी संविधानबारे एउटा गोष्�� ीको आयोजना गरेको थियो । त्यस बेला कृष्ण सिटौला झापा बारको अध्यक्ष र लेखनाथ निरौला सचिव हुनुहुन्थ्यो । म गोष्�� ी स्थलमा पुग्दा उहाँहरू दुवै जना ने.वि सङ्घ र अखिलमा रूपान्तर भएर, गोष्�� ी काङ्ग्रेसको बूढो मान्छे र कम्युनिस्टको बूढो मान्छेद्वारा उदघाटन गराउने बहसमा भिड्नु भएको रहेछ । दुवैले मलाई गुहार्नु भयो र मैले क्याम्पस चीफ, प्रतिष्�� ित समाज सेवी घनश्याम खनालबाट उदघाटन गराउन उचित हुने बताएँ, तर कृष्ण सिटौलाले तत्काल भन्नुभयो- “उहाँले राजीनामा दिनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ, उहाँबाट हुँदैन” भनेर उदघाटन गराउन मान्नुभएन । मैले �� ाने, वास्तवमा घनश्याम सर जस्ता मान्छेको बहुदलमा �� ाउँ हुँदैन कि ? साँच्चै उहाँ क्याम्पसचीफबाट हटाइनुभयो । मैले राजनीतिशास्त्रमा पढेको बहुदलको अवगुण झलझली सम्झेँ ।

२ २०४९ साल पौष महिनाको कुरा हो । म झन्डै तीन महिनादेखि छोराको उपचारमा नेपाल र भारतका अस्पतालहरू चाहार्दै थिएँ । छोरालाई क्यान्सर हो, क्यान्सर होइन यस्तै निदान र उपचारमा तल्लीन थिएँ । दिल्लीको बतरा अस्पतालमा डेढ महिना उपचार गराएर डेढलाख भा.रू खर्च गरेपछि मात्र बल्ल निको हुन नसक्ने ‘ब्लड क्यान्सर’ भनेर टुङ्गो लाग्यो । अस्पतालमा म एक्लै थिएँ । �� ीक भोलिपल्ट धेरै प्रयत्न गरेर मसँग टेलिफोन सम्पर्क गर्नुभयो । उहाँले के – के भन्नु – भयो त्यो अहिले म सम्झन्न तर मलाई कुनै चिन्ता नगर्न र उपचारमा लागिपर्न उहाँले प्रेरित गर्नुभयो । “रुपैयाँ – पैसाको बारेमा हामी व्यवस्था गर्छौ, धन्दा नमान्नू” –भन्नुभयो । पछि अल इन्डिया मेडिकल इन्स्टिच्युटमा गएपछि ‘निको हुन सक्ने’ क्यान्सर भनेर पहिचान भयो र अहिलेसम्म झन्डै दश लाखजति खर्च गरेर मैले मेरो छोरो बचाएको छु । मैले कुनै दिन पैसाको चिन्ता गर्नु परेन । पैसा जुटाउने काम त घनश्याम सरको नेतृत्वमा अरू साथीहरूले गर्नुभयो । मेरो छोरो बाँचेकोमा मभन्दा घनश्याम सर खुसी हुनुहुन्थ्यो ।

३ म राजनीतिबाट साह्रै टाढा हुन पनि सकेको छैन । राजनीतिसँग माया – मोह पनि छैन । द्रोणजीको निधनपश्चात् खाली भएको झापाको १ नं क्षेत्रको संसद्को उप-चुनावमा नरेशकुमार बर्माले उम्मेदवार बन्न मन्जुर नगरेपछि यो प्रस्ताव मकहाँ आयो । म उम्मेदवार हुन मानसिक र आर्थिक रूपले सक्षम थिइन । म त्यस बेला छोराको क्यान्सरविरुद्ध जुधिरहेको थिएँ र मेरो टाउकोमा झन्डै पाँच लाखजति ऋण थियो । पार्टीका केही मित्रहरू आएर मलाई दबाब (म दबाबै �� ान्छु) दिनुभयो । मैले असमर्थताको कुरा बताएँ । आर्थिक समस्याको कुरा पनि भने, केही साथीले मेरो कर्जा पार्टीले तिरिदिने कुरा उ�� ाउनु भयो । यस प्रस्तावले मेरो मन पोल्यो । पार्टीले मेरो ऋण तिरिदिने प्रस्ताव नै मलाई उचित लागेन । म पार्टीले मेरो ऋण नतिरी दिने सर्तमा मात्र उम्मेदवार बन्न तयार भएँ । त्यो पनि यदि घनश्याम सर र नरेशजीले मान्नुभयो भने मात्र । त्यति बेला मैले साथीहरूलाई भनेको थिएँ, म पार्टीको सदस्य बनेको छैन, सम्झनुहोस् मेरो हेड-क्वार्टर नरेशजी र घनश्याम सर हुनुहुन्छ । (वास्तवमै मलाई धेरै जना मित्रले निकै �� ाउँमा पार्टीले ऋण तिरिदियो हैन ? भनेर प्रश्न गरेका छन् । मैले दुखेको मनले केही जबाफ दिएको छु, तर एमालेको सरकार छँदा सरकारबाट मेरो छोरोको उपचारमा सहयोग रू पचास हजार लिएको छु, पार्टीबाट एक पैसा लिएको छैन)

मलाई उम्मेदवार बनाइने भएकोमा नरेशजी र घनश्याम सर केही नेतासँग का�� माडौंमा भिड्नुभएछ । देवी ओझा, सुवास नेम्बाङलाई राम्रो जानकारी छ, तर घनश्याम सरले मलाई अब खुट्टा नकमाइकन, कतैको चिन्ता नलिइकन चुनाव प्रचारमा लाग्नू भनी सन्देश प�� ाउनुभयो अनि मात्र म चुनाव प्रचारमा लागेको थिएँ ।

मैले चुनाव हारें। मलाई हारेको चुनावले छोएन। घनश्याम सरका अनुहारमा भने मैले चुनाव हारेको पीडा पढेको थिएँ । नरेशजीको छोरा वीनेशको मोटरसाइकल दुर्घटनामा निधन भएको दोस्रो दिन घनश्याम सरको असामयिक निधन भएको प्रसङ्गले मलाई अहिले पनि सिरिङ्ङ बनाउँछ । अहिले पनि उहाँको मृत्यु झुट्टो हो जस्तो लाग्छ । मलाई उहाँको मृत्युको पहिलो सूचना दिने मुनाजीलाई अहिलेसम्म भेट्दैपिच्छे म त्यही दिन सम्झन्छु, यस देशले शैक्षिक क्षेत्रका होनहार योद्धा गुमाएको सम्झन्छु र मुलुकको अपूरणीय क्षति भएको �� ान्छु । घनश्याम खनाल यस्तै हुनुहुन्थ्यो – मेरो अनुभूतिमा ।

  • 1
  • 2