सभ्यताको विरुद्धमा आयो सृष्टिका बिरुद्धमा आयो सिर्जनाका बिरुद्धमा आयो मान्छेका बिरुद्धमा आयो ध्वंस र उजाड लिएर आयो विरह र शोक सुसेल्दै आयो मान्छेका मनमा अत्यास छाउने गरी आयो भाइरस मान्छेको हुर्मत लीनेगरी आयो ज्यान लीनेगरी आयो महामारी बनेर आयो । सङ्कटबाट जोगाउँदा जोगाउँदै खुस्किएका छन् अनगिन्ती जिजीविषाहरू कुमारी मनमा वैधव्य पोखिएको छ ओहो ! कति धेरै फुलहरू झरी सके कोपिला र बेर्नाहरू कति ? सुकिसके अत्यासको त हुरी पनि र बाडी पनि चलिरहेछ‚ बगी रहेछ विग्रह पहाड चढी सक्यो थामिने चेष्टा छैन लाग्छ‚ धेरै जीवनमा अन्धकार पोतिएको छ । चिन्ता ग्रस्त हुनुपर्ने अगुवाहरू घरभरि छन् उनीहरूको कुनै मतो छैन कसैले आफ्नो पुरानू धुन छाडेको छैन कारोबार छाडेको छैन कमिसन छाडेको छैन लाग्छ‚ कति अगुवाहरू त उसलाई स्वागत गर्न मेरो देशको सिमानामा‚ लाम लागेछन् भ्रष्ट र कमिसन प्रिय बनेका छन् र प्रदेशहरू अस्त व्यस्त छन् अग्ला अग्ला मान्छेहरू अझै मस्त छन् मतियार झैँ एक पटक हाइ मात्र काढेका छन् लाग्छ‚ के अझै उनको निन्द्रा खुलेको छैन ? अझै कति उजाड हुने हो ? कति बीभत्स भेल बनेर आउने हो ? कति फूलबारी बगर हुने हो ? कति खर बारीमा डढेलो लाग्ने हो ? के अब संसार नै उसको हुन लागेको हो ? ए ! मेरो देशका अग्ला अग्ला मान्छे हो ! घर छ¸ चौतारी छ तर उसलाई परास्त गर्न किन मतो हुन्न ? तिम्रो त्यो अग्लो अग्लो काया बाङ्गो भैँ सक्यो किन तिमीलाई नाङ्गो भएको थाहा छैन ? शोक ध्वनिमा कति रमाउँछौ ? जाग न रोकौं¸ रगत र आँसुको पोखरी र बचाऊँ¸ मान्छे र मान्छेको भविष्य । वैशाख ६, २०७८ ।
कविता क्रम
[listmenu menu=”limpiadhura”]