झ्यालखान
चारैतिर अग्ला पर्खालहरूको घेरिएको
यस झ्यालखान भित्र वसेर
हरेक आइतवार र बुधवार
नखु पारिको वाटोमा
आफन्तहरूका पाइतालाहरुको प्रतिक्षा तरेर हप्ता विदत्छ
हरेक बिहान झ्यालखानले उकेलेको हल्ला र
हरेक साँझ निलेको हल्लामा रुमल्लिएर महिना र वर्ष बित्छ
कैयौँ पल्ट
हरेकका आशामा यहाँ निराशा छाउँछ ।
हामी व्यर्थ निराश हुन्छौं,
छुट्न सकेनौं भनेर
हामी व्यर्थ आशा लिन्छौ
यहाँवाट छुट्दै मुक्त हुन्छौ भनेर
तर हामी छुटेर पनि झ्यालखाना परेकै हुन्छौ
हामी उठेर पनि वन्धनमै परेका हुन्छौ ।
झ्यालखाँननै त हो नी यो सिङ्गो नेपाल पनि
वन्धननै हो नी त्यो खुला सडक पनि
मेरो अगाडी भित्तोमा झुन्डिएको
यो मेरो देशको मानचित्र हेर्दा यस्तै लाग्छ
मेचीको मैदान पनि झ्यालखान जस्तो लाग्छ
महाकालीको पहाडपनि झ्यालखान जस्तो लाग्छ
नयाँ सडक र भूगोल पार्कलाई पनि
झ्यालखान जस्तो लाग्छ
त्यसैले यहाँवाट छुट्नुको पनि केही अर्थ छैन
जसरी हामी छुटी रहेका छौं
हामी उठ्नुको पनि केही अर्थ छैन
जसरी हामी उठिरहेको छौं
त्यो ठाउँ र यो ठाउँ पनि बिना फरकको छ
मात्रै एउटा पर्खाल यहाँको निशाना छ ।