देवकुमार आचार्य – मेरो स्मृतिमा

२०४० सालको आसपास हो, कुनै गोष्ठीमा एक नवयुवकसँग परिचय भयो । आँखामा, आकृतिमा कौतूहल झल्केको थियो । एउटा रचना सुनियो । अनुहार र आँखामा देखिएको दृढता र निश्चय रचनामा पनि आयो । मनमा लागेका कुराहरू निर्धक्क राख्ने, स्पष्टवादीको परिचय एकाध भेटमै थाहा हुने दृढ निथ्चयीजस्तो लाग्ने, सरल र निश्छल – अहिले पनि म देवकुमार आचार्यको अनुहार सम्झिरहेछु । म अतीतमा बिलाएको छु । देवकुमार आचार्यसँगका सहवासहरू, सहकार्यहरू, अन्तर-क्रियाहरू, साहित्यगोष्ठीहरू – म यस्तै स्मृतिमा अहिले देवकुमार आचार्यसँग हराएको छु ।

एउटा शिक्षक, एउटा पत्रकार, एउटा साहित्यकार, एउटा राजनीतिक कर्मी – यी सबैको सम्मिश्रण – देव कुमार आचार्य । यी सबै विधाको लुरे पात्र हैन । उर्जाशील, क्षमतावान र सक्षम पात्र । आजको युगमा धेरै मान्छे चेतनशील छन्, तर उनीहरू आफ्नै चेतनाप्रति इमानदार छैनन् । यसको विकल्पका धनी व्यक्तित्व आफ्नो चेतनाप्रति सधैँ इमानदार रहने, योद्धा देव कुमार आचार्य ।

वामपन्थी राजनीतिका विभिन्न भँगालाहरू पार गर्दै अनेक आरोह, अवरोह छिचोल्दै पछिल्लो समय खण्डमा उहाँ माओवादी पार्टीमा आबद्ध हुनुभयो । उहाँको चेतनाले उहाँलाइ त्यहाँ पुर्याबयो । एउटा विचारले सुसज्जित मान्छे, खरो कलम बोकेको मान्छे, मृत्युको निकटसम्म पनि कलम र सिर्जनालाई आस्थाको पुञ्ज बनाएको मान्छे – देवकुमार आचार्य । अन्तिम क्षणसम्म पनि उहाँ लेख्दै हुनुहुन्थ्यो ।

नेकपा माओवादी र तत्कालीन सरकारका बीचमा चलेको वार्ता भङ्ग भयो । त्यसको ८ / ९ महिनापछि यस्तो हल्ला झापामा चलाइयो – देवकुमार आचार्य खुदनाबारीछेउको कुनै जङ्गलमा दोहोरो भिडन्तमा मारिए । देवकुमार आचार्यका हत्याराहरूले आफ्नो वचावका लागि सस्तो हल्ला फिँजाए पनि यी तलका केही तथ्यगत प्रश्नहरूको जबाफ हत्याराहरूसँग छैन । देवकुमार आचार्य कलम चलाउन सिपालु मान्छे, उहाँले बन्दुक कहिल्यै चलाउन जानेको सम्म थिएन । दोहोरो भिडन्तमा मारिएको भन्नेहरूलाई यो चुनौती छ, उहाँले बन्दुक चलाउन जानेको, आममान्छेले पत्याउन सक्ने गरी कुनै प्रमाण छ ? यो किमार्थ प्रमाणित हुन सक्दैन । बन्दुक चलाउन नजान्ने मान्छेसँग कस्तो दोहोरो भिडन्त ?

जग जाहेर छ – देवकुमार आचार्यलाई सेनाले शनिश्चरेको चुथाईछेउ बुधबारेको सिमानाबाट पक्राउ गर्योक । उहाँलाई चारआलीस्थित सेनाको क्याम्पमा लगियो । त्यहाँ उहाँलाई अमानुषिक यातना दिइयो र गोली हानी हत्या गरियो । सेनाले पक्राउ गरेर आफ्नो नियन्त्रणमा राखेको समयमा हत्या गरिएका देवकुमार आचार्यलाई दोहोरो भिडन्तमा मारिएको भन्ने सैनिक कथन अनर्गल र कपोल कल्पित हो । देवकुमार आचार्यको विचार र कलमसँग आतङ्कित सरकार र सेनाले देवकुमारको जघन्य हत्या गरे । यस्तो कायरतापूर्वक हत्या गर्ने सेनाका अधिकारीहरूको कार्य गम्भीर प्रकृतिको अपराधी कार्य हो । यस्तो अपराधीकार्य कानूनत दण्डनीय कार्य हो । कलमसँग तर्सनेहरू द्वारा गरिएको यस अपराधिक कार्यमा संलग्न अपराधीहरूलाई कारबाही र दण्डको जन अपेक्षा छ।

पछिल्लो चरणमा देवकुमार आचार्यसँगका केही क्षणहरूको स्मरण मेरो मस्तिष्कमा ताजा छ । विर्तामोड अतिथि सदनमा एउटा कार्यक्रम सञ्चालन भएको थियो । समसामयिक विषयमा सम्पन्न त्यो विचार गोष्ठीमा प्रमुख आकर्षण वामपन्थी नेता पद्मरत्न तुलाधर र माओवादी निकट मानिने बुद्धिजीवी सङ्गठनका अध्यक्ष रमेश शर्मा थिए । झापाबाट यो लेखक र चन्द्र भण्डारी पनि वक्तामा सरिक थियौ । त्यो कार्यक्रम देवकुमार आचार्यले सञ्चालन गर्नुभएको थियो । चार घण्टा सम्म चलेको त्यो कार्यक्रम संञ्चालन गर्दा देव कुमारजीले आफ्नो ज्ञान र क्षमता प्रदर्शन गर्नुभएको थियो । कम्युनिस्ट जगतको गहिरो र विश्व कम्युनिस्ट आन्दोलनको पर्याप्त जानकारी उहाँमा रहेछ । उहाँको जानकारी, ज्ञान र क्षमताको त्यस दिन मैले आरिस गरेको थिएँ । उहाँको प्रस्तुतिले उहाँको गहिरो अध्ययनलाई प्रदर्शन गरिरहेको थियो ।

माओवादीका एकजना केन्द्रीय नेता हुनुहुन्छ । बौद्धिक व्यक्तिका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँ झापा आएर लुकेर बस्नुभएको रहेछ । देव कुमारजीले जिद्दी गर्नुभयो र उहाँले पनि भेट्न चाहेको बताउनुभयो । म कुरासम्म सुन्ने शर्तमा देवकुमारजीले भनेको गाउँ – ठाउँमा गएँ । म जस्तै कुनै पार्टीको सदस्य नरहेका र पार्टीको सदस्य रहेर पनि आफ्नै पार्टीसँग असन्तुष्ट केही व्यक्तिलाई देवकुमारजीले केन्द्रीय नेतासँग भेटाउनुभयो । हामीले त उहाँको कुरा सुन्यौ मात्र । देवकुमारमा प्रश्नले उहाँकै नेतालाई निकै गम्भीर बनाउँथ्यो । देवकुमारजीको सैद्धान्तिक ज्ञानको गम्भीरताले ती नेताका निधारमा मुजा पर्थे । मलाई त्यहाँको प्रश्न उत्तर रमाइलो लाग्यो । म माओवादी हुन त सकिन तर माओवादीहरूलाई बुझ्ने कौतूहल भने निकै जाग्यो । अहिले पनि छ ।

देवकुमारजी निरन्तर लेखि रहनुहुन्थ्यो । राम्रा कविता लेख्नुहुन्थ्यो । निबन्ध लेख्नुहुन्थ्यो । राजनीतिक लेख लेख्नुहुन्थ्यो । उहाँ राम्रो साहित्यकार हुनुहुन्थ्यो । समाचार टिप्पणी, स्तम्भ, सम्पादकीय जेसुकैमा उहाँको कलम सरर्र .. चल्थ्यो ।

“यसपल्ट पनि बाली लागेन” – भन्ने मेरो एउटा कविता सङ्ग्रह भर्खर निस्केको थियो । म त देवकुमारजीलाई त्यो पुस्तक दिने योजनामा थिए । भवानी क्षत्रीजीको पसलअगाडि (बिर्तामोडमा) एक दिन हठात् भेट भयो र वहाँले त्यो किताबका बारेमा आफ्ना धारणा बताउनु भयो । वहाँले मेरो पुस्तक पढि सक्नुभएको रहेछ । वहाँले मेरो केही कविताको प्रशंसा पनि गर्नु, भयो केही वैचारिक हिसाबले अन्तरविरोध युक्त रहेको भन्नुभयो । हार्दिकतापूर्वक आफ्ना धारणा राख्नुभयो । वास्तवमा देवकुमारजीको हार्दिक र सरल रहने विशेषता थियो ।

उहाँ पक्राउ पर्नुपूर्व मैले वहाँको कुनै मित्रलाई लेखिएको एउटा पत्र प्रसङ्गवस कुनै प्रयोजनका लागि पढ्न पाएको थिएँ । माओवादीले सरकारसँग वार्ता भङ्ग गर्नु नहुने, संविधान सभाको विषयलाई उठाएर खुल्ला जन–आन्दोलन गर्नुपर्ने वहाँको धारणा रहेछ । वहाँको धारणाबाट म निकै प्रभावित भएको थिएँ । मलाई लाग्यो “दाङ्को सैनिक क्याम्पमा भएको माओवादी आक्रमणलाई देवकुमारजीको मनले रुचाएन । पार्टीमा लागेपछि यस्तै नरुचाएका धेरै कुरा पचाउनु पर्छ होला !

देवकुमारजीको हत्या भएको केही पश्चात् मैले एउटा ३ / ४ नम्बरे कति हो ? स्कूलका केटाकेटीको जस्तो कापी पाएँ । त्यो कापीभरि देवकुमारजीले लेख्नुभएका कविता थिए । एकै खालका राम्रा अक्षरमा राम्रा – राम्रा कविता थिए । ती कविताहरू उहाँ भूमिगत रहँदा लेखिएका रहेछन् । अहिलेसम्म प्रकाशित भएका छैनन् । म त त्यति बेला स्तब्ध भएँ, खप्न सकिन, म रुएँ – जति बेला त्यो कापीमा मेरो कवितासङ्ग्रह “यसपल्ट पनि बालि लागेन” – का बारेमा “लीला दाइ ! यस पल्ट त वालि लाग्छ कि ? ” भन्ने कविता लेख्नु भएको पढेँ ।

मैले त्यो कापी जतनसाथ लोकतन्त्र नआएसम्म राखें र लोकतन्त्र आएपछि एक जना मित्रकहाँ पुर्या्एको छु । ती कविताहरू प्रकाशन गर्ने उपयुक्त बेला त भएको छ – प्रकाशन भएको छैन । एउटा सरल, हार्दिक, इमानदार, लगनशील, चेतनायुक्त मान्छे – यस्ता धेरै विशेषणहरू देवकुमारजीमा पाइन्थ्यो । उहाँ भित्रको स्वाभिमान हिमालजस्तै अग्लो थियो । पराधीन नरुचाउने स्वन्त्रता प्राप्तिका लागि उत्सर्ग हुने, झुक्नुभन्दा मृत्यु रोज्ने, विशेष धातुले निर्मित जस्तै मान्छे देवकुमारजी ।

देवकुमारजी मन्छेका मनमा बाँच्नुभएको छ । देवकुमारजी इतिहासमा अमर हुनुहुन्छ । देवकुमारजीको रगतको मूल्यले नेपालीको स्वन्त्रतालाई जोगाएर राख्नेछ ।

देवकुमार आचार्य – मेरो स्मृतिमा

देवकुमार आचार्य मेरो स्मृतिमा

२०४० सालको आसपास हो, कुनै गोष्�� ीमा एक नवयुवकसँग परिचय भयो । आँखामा, आकृतिमा कौतूहल झल्केको थियो । एउटा रचना सुनियो । अनुहार र आँखामा देखिएको दृढता र निश्चय रचनामा पनि आयो । मनमा लागेका कुराहरू निर्धक्क राख्ने, स्पष्टवादीको परिचय एकाध भेटमै थाहा हुने दृढ निथ्चयीजस्तो लाग्ने, सरल र निश्छल – अहिले पनि म देवकुमार आचार्यको अनुहार सम्झिरहेछु । म अतीतमा बिलाएको छु । देवकुमार आचार्यसँगका सहवासहरू, सहकार्यहरू, अन्तर-क्रियाहरू, साहित्यगोष्�� ीहरू – म यस्तै स्मृतिमा अहिले देवकुमार आचार्यसँग हराएको छु ।

एउटा शिक्षक, एउटा पत्रकार, एउटा साहित्यकार, एउटा राजनीतिक कर्मी – यी सबैको सम्मिश्रण – देव कुमार आचार्य । यी सबै विधाको लुरे पात्र हैन । उर्जाशील, क्षमतावान र सक्षम पात्र । आजको युगमा धेरै मान्छे चेतनशील छन्, तर उनीहरू आफ्नै चेतनाप्रति इमानदार छैनन् । यसको विकल्पका धनी व्यक्तित्व आफ्नो चेतनाप्रति सधैँ इमानदार रहने, योद्धा देव कुमार आचार्य ।

वामपन्थी राजनीतिका विभिन्न भँगालाहरू पार गर्दै अनेक आरोह, अवरोह छिचोल्दै पछिल्लो समय खण्डमा उहाँ माओवादी पार्टीमा आबद्ध हुनुभयो । उहाँको चेतनाले उहाँलाइ त्यहाँ पुर्यामयो । एउटा विचारले सुसज्जित मान्छे, खरो कलम बोकेको मान्छे, मृत्युको निकटसम्म पनि कलम र सिर्जनालाई आस्थाको पुञ्ज बनाएको मान्छे – देवकुमार आचार्य । अन्तिम क्षणसम्म पनि उहाँ लेख्दै हुनुहुन्थ्यो ।
नेकपा माओवादी  र तत्कालीन सरकारका बीचमा चलेको वार्ता भङ्ग भयो । त्यसको ८ / ९ महिनापछि यस्तो हल्ला झापामा चलाइयो – देवकुमार आचार्य खुदनाबारीछेउको कुनै जङ्गलमा दोहोरो भिडन्तमा मारिए । देवकुमार आचार्यका हत्याराहरूले आफ्नो वचावका लागि सस्तो हल्ला फिँजाए पनि यी तलका केही तथ्यगत प्रश्नहरूको जबाफ हत्याराहरूसँग छैन । देवकुमार आचार्य कलम चलाउन सिपालु मान्छे, उहाँले बन्दुक कहिल्यै चलाउन जानेको सम्म थिएन । दोहोरो भिडन्तमा मारिएको भन्नेहरूलाई यो चुनौती छ, उहाँले बन्दुक चलाउन जानेको, आममान्छेले पत्याउन सक्ने गरी कुनै प्रमाण छ ? यो किमार्थ प्रमाणित हुन सक्दैन । बन्दुक चलाउन नजान्ने मान्छेसँग कस्तो दोहोरो भिडन्त ?

जग जाहेर छ – देवकुमार आचार्यलाई सेनाले शनिश्चरेको चुथाईछेउ बुधबारेको सिमानाबाट पक्राउ गर्योक । उहाँलाई चारआलीस्थित सेनाको क्याम्पमा लगियो । त्यहाँ उहाँलाई अमानुषिक यातना दिइयो र गोली हानी हत्या गरियो । सेनाले पक्राउ गरेर आफ्नो नियन्त्रणमा राखेको समयमा हत्या गरिएका देवकुमार आचार्यलाई दोहोरो भिडन्तमा मारिएको भन्ने सैनिक कथन अनर्गल र कपोल कल्पित हो । देवकुमार आचार्यको विचार  र कलमसँग आतङ्कित सरकार र सेनाले देवकुमारको जघन्य हत्या गरे । यस्तो कायरतापूर्वक हत्या गर्ने सेनाका अधिकारीहरूको कार्य गम्भीर प्रकृतिको अपराधी कार्य हो । यस्तो अपराधीकार्य कानूनत दण्डनीय कार्य हो । कलमसँग तर्सनेहरू द्वारा गरिएको यस अपराधिक कार्यमा संलग्न अपराधीहरूलाई कारबाही र दण्डको जन अपेक्षा छ।

पछिल्लो चरणमा देवकुमार आचार्यसँगका केही क्षणहरूको स्मरण मेरो मस्तिष्कमा ताजा छ । विर्तामोड अतिथि सदनमा एउटा कार्यक्रम सञ्चालन भएको थियो । समसामयिक विषयमा सम्पन्न त्यो विचार गोष्�� ीमा प्रमुख आकर्षण वामपन्थी नेता पद्मरत्न तुलाधर र माओवादी निकट मानिने बुद्धिजीवी सङ्ग�� नका अध्यक्ष रमेश शर्मा थिए । झापाबाट यो लेखक र चन्द्र भण्डारी पनि वक्तामा सरिक थियौ । त्यो कार्यक्रम देवकुमार आचार्यले सञ्चालन गर्नुभएको थियो । चार घण्टा सम्म चलेको त्यो कार्यक्रम संञ्चालन गर्दा देव कुमारजीले आफ्नो ज्ञान र क्षमता प्रदर्शन गर्नुभएको थियो । कम्युनिस्ट जगतको गहिरो र विश्व कम्युनिस्ट आन्दोलनको पर्याप्त जानकारी उहाँमा रहेछ । उहाँको जानकारी, ज्ञान र क्षमताको त्यस दिन मैले आरिस गरेको थिएँ । उहाँको प्रस्तुतिले उहाँको गहिरो अध्ययनलाई प्रदर्शन गरिरहेको थियो ।

माओवादीका एकजना केन्द्रीय नेता हुनुहुन्छ । बौद्धिक व्यक्तिका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँ झापा आएर लुकेर बस्नुभएको रहेछ । देव कुमारजीले जिद्दी गर्नुभयो र उहाँले पनि भेट्न चाहेको बताउनुभयो । म कुरासम्म सुन्ने शर्तमा देवकुमारजीले भनेको गाउँ – �� ाउँमा गएँ । म जस्तै कुनै पार्टीको सदस्य नरहेका र पार्टीको सदस्य रहेर पनि आफ्नै पार्टीसँग असन्तुष्ट केही व्यक्तिलाई देवकुमारजीले केन्द्रीय नेतासँग भेटाउनुभयो । हामीले त उहाँको कुरा सुन्यौ मात्र । देवकुमारमा प्रश्नले उहाँकै नेतालाई निकै गम्भीर बनाउँथ्यो । देवकुमारजीको सैद्धान्तिक ज्ञानको गम्भीरताले ती नेताका निधारमा मुजा पर्थे । मलाई त्यहाँको प्रश्न उत्तर रमाइलो लाग्यो । म माओवादी हुन त सकिन तर माओवादीहरूलाई बुझ्ने कौतूहल भने निकै जाग्यो । अहिले पनि छ ।

देवकुमारजी निरन्तर लेखि रहनुहुन्थ्यो । राम्रा कविता लेख्नुहुन्थ्यो । निबन्ध लेख्नुहुन्थ्यो । राजनीतिक लेख लेख्नुहुन्थ्यो । उहाँ राम्रो साहित्यकार हुनुहुन्थ्यो । समाचार टिप्पणी, स्तम्भ, सम्पादकीय जेसुकैमा उहाँको कलम सरर्र .. चल्थ्यो ।

“यसपल्ट पनि बाली लागेन” – भन्ने मेरो एउटा कविता सङ्ग्रह भर्खर निस्केको थियो । म त देवकुमारजीलाई त्यो पुस्तक दिने योजनामा थिए । भवानी क्षत्रीजीको पसलअगाडि (बिर्तामोडमा) एक दिन ह�� ात् भेट भयो र वहाँले त्यो किताबका बारेमा आफ्ना धारणा बताउनु भयो । वहाँले मेरो पुस्तक पढि सक्नुभएको रहेछ । वहाँले मेरो केही कविताको प्रशंसा पनि गर्नु, भयो केही वैचारिक हिसाबले अन्तरविरोध युक्त रहेको भन्नुभयो । हार्दिकतापूर्वक आफ्ना धारणा राख्नुभयो । वास्तवमा देवकुमारजीको हार्दिक र सरल रहने विशेषता थियो ।

उहाँ पक्राउ पर्नुपूर्व मैले वहाँको कुनै मित्रलाई लेखिएको एउटा पत्र प्रसङ्गवस कुनै प्रयोजनका लागि पढ्न पाएको थिएँ । माओवादीले सरकारसँग वार्ता भङ्ग गर्नु नहुने, संविधान सभाको विषयलाई उ�� ाएर खुल्ला जन–आन्दोलन गर्नुपर्ने वहाँको धारणा रहेछ । वहाँको धारणाबाट म निकै प्रभावित भएको थिएँ । मलाई लाग्यो “दाङ्को सैनिक क्याम्पमा भएको माओवादी आक्रमणलाई देवकुमारजीको मनले रुचाएन । पार्टीमा लागेपछि यस्तै नरुचाएका धेरै कुरा पचाउनु पर्छ होला !