मान्छेले अझै मन भेटेको छैन
मान्छेले अझै मन भेटेको छैन
पूर्व फाटेपटि नै मान्छेहरु जुर्मुराएका थिए
उज्यालो छरेर-त्यसलाई फलाउन तम्सिएका थिए
स“गारमा उभिएर- यातना भुलेका थिए
रातभरि खपेका नील-डामहरु बिर्सदै थिए
मान्छेहरु मन, मुटु र मस्तिषकमा उज्यालो छर्कदै थिए
विश्वास र अठोटमा रङ भर्दै थिए
मान्छेहरु त्यस क्षणमा अलिक बढी नै उत्साहित थिए
एउटा रमाइलो बिहानी आशा गरेको थियो ।
एउटा घमाइलो बिहानीको भरोसा थियो ।
अठोट थियो, विश्वास थियो,
उज्यालोको बिहानी लहलह हुँदै थियो
मान्छेका मनभरि यस्ता चाहनाहरुको भरमार थियो ।
अहँ ! अझै आकाशमा घाम भरिएको छैन
अहँ ! अझै मान्छेका मनमा जून उदाएको छैन
आकाशमा अझै बादल लागेको छ
धूर्तहरुको मादल अझै बजेको छ
उज्यालोको खेतीमा सलहको हूल बसेकै छ
सिर्जनाका पोखरीमा जबर्जस्तीको मूल पसेकै छ
बिहानै उदाउने घाम छेक्ने बादल अझै हटेको छैन
मान्छेले अझै मन भेटेको छैन !