मान्छे पोचो भयो !
मान्छे पोचो भयो !
मैले देख्ता-
मान्छे निक्कै अग्लो थियो
सुन्दर थियो / मायालु ,दयालु थियो
नौनी जस्तो मन भएको थियो
हिमालको सेतो
ऊ भित्र,तहै-तह थियो
मस्तिषकभरि सङ्लो थियो
मान्छे साँच्चै आकर्षक थियो ।
म त हेर्दै थिएँ
मन-मनै मान्छेका मान्यता गुन्दै थिएँ
सिर्जनाको ऊहापोहमा मान्छे चुन्दै थिएँ
द्वन्द्व चल्दै थियो
मान्छे गतिमा गति थप्दै थियो
तर, किन अलिकति हलचल भयो ?
मान्छे त अलिक होचो पो भयो !
मान्छे त होचो भयो
मान्छेको मन तीखो घोचो भयो
मान्छे भित्र कालो भयो कुरूप भयो
सेतो र सङ्लो त निमिट्यान्नै भयो-हरायो
अँह ! मेले बुझ्न त सकेको छैन
किन मान्छे यस्तो होचो भयो ?
तर हो, मान्छे साँच्चै पोचो भयो !
०५२/४/१६