सुखानीको माटो बेच्न सक्तैनौ !

सुखानीको माटो बेच्न सक्तैनौ !

मलाई लागेको थियो
सुखानी- आस्थाको वीउ हो
उम्रन्छ । हुर्कन्छ । फल्छ
कोही सप्रन्छ । कोही बिग्रन्छ
तर आस्था बिग“्रदैन, आस्था गल्दैन र आस्था चर्कंदैन ।
भर्खर जस्तै लाग्छ-
आस्थालाई नाश गर्न-
दुश्मनहरुले फूलहरु चु“डे
सुखानीमा-
पत्कर र स्याउलाले वीरहरुको रगत छोपे
त्यहाँ- मरेन आस्था
त्यहाँ- कठ्यांगि्रएन आस्था
नाश हुनै सकेन आस्था- झन् हुर्कियो
ढल्न त ढले वीरहरु
तर दुश्मनहरुको वन्दूक उतै फर्कियो ।

स्याउला र पत्करले कहाँ छोपिन्छ र आस्था ?
बन्दूकको आवाजले कहाँ मेटिन्छ र आस्था ?
अनि त आस्था, झन् चहकिलो भएर उमि्रयो
आस्था- सुन्दर-सुन्दर हुँदै हुर्कियो ।
सुखानीको आस्था दाङ र दार्चुुला लगे
त्यस रूखमा- छिनताङबाट मल हाले
पिस्करबाट पानी हाले
सुखानीको आस्था – मान्छेहरुले मन-मनमा सारे
यसरी त मान्छेले
सुखानीको आस्थालाई लटरम्म पारे ।
सुखानीको बाटो हिंड्नेहरु !
लौ ! एकपटक सुखानीको माटो समात
वेईमानहरुलाई पोल्छ
ईमानहरुसँग माटो बोल्छ
सुखानीको माटो भएर
वीरहरु मुठी उठाउँदैछन्
वेईमानहरु !
तिमीहरुका विरुद्ध- वीरहरु सिटी वजाउँदै छन्
अँह ! सुखानीको माटो बेच्न सक्तैनौ !
वीरहरुको बाटो पवित्र छ
त्यसलाई वेईमानीले छोपेर -मेट्न सक्तैनौं ।
सुखानी त आस्था हो
उम्रेको छ- हुर्कदैछ- फुल्छ,
बास्ना फैलिएको छ
वेईमानहरु ! सुखानीको बास्ना छेक्न सक्तैनौ
वीरहरुका पछि लागेको लस्कर रोक्न सक्तैनौ
सुखानीको माटो वीरहरुको रगतले पवित्र बनेको छ
यसलाई बन्धक राख्न सक्तैनौ
कायरहरु ! सुखानीको माटो वेच्न सक्तै सक्तैनौं