भूपिशेरचनले मुलुकभरि
हल्ला चलेको भेटेका थिए
हल्ला देखेका थिए
र यो हल्लै हल्लाको देश हो
भन्ने कविता लेखेकाथिए
अहिलेसम्म उ बाँचेका भए
मलाइ लाग्छ
उनले यो फोहोरै फोहोरको देश हो
भन्ने कविता पनि लेख्ने थिए
किनभने−
देश हाक्नेहरुको मन र मस्तिष्कमा
फोहोरको डङ्गुर छ
अझ उनको नियतमा
त्यो भन्दा ठूलो डङ्गुर छ
उनको भित्री योजनामा अझै ठूलो डङ्गुर छ
केन्द्रीय सचिवालय भवनमा
त्यो भवन भन्दा ठूलो डङ्गुर छ
जत्र तत्र फोहोरै फोहोरको डङ्गुर
त्यो देखिन्छ
सडक र पेटीमा पनि सधै फोहोरको डङ्गुर छ
सडक र पेटी उनको मन मष्तिष्क जस्तै
फोहोरले भरिएको छ
सडकमै अनेक फोहीरी तमासा चल्छन्
त्यो पनि देखिन्छ ।
काजीहरू हैन भन्छन्
हामी ताली ठोक्छौ
काजीहरू डङ्गुरमा उभिएर
सफा भाषण गर्छन्
हामी हो भन्छौ
कमिसनको चेक र नोटले भरिएको
ब्रिफकेस थन्काउने समय नमिलेर
काजीहरू त्यो लिएरै समारोहमा जान्छन्
र भ्रष्टाचारको धज्जी उडाउँछन्
हाम्रा ताली परर्र पार्छन्
यसरी चल्दै छ
चलिरहेछ ।
तर हो‚
भ्रष्टाचार र कमिसनमा डुबेका काजीहरू
भ्रष्टाचारका विरुद्धमा खासा बोल्छन्
क्षमतावान छन्
काजीहरू
अप्ठ्यारो परेपछि
आफ्नै कार्यको कडा विरोध गरेर
राम्रो वक्तामा गनिन्छन्
आफूले निर्माण गरेको विकृतिका विरुद्धमा
घण्टौ बोल्छन्
अनि त हाम्रा काजीहरू नेता भकाएछन्
फोहोरको डङ्गुरमा उभिएर
मन मष्तिष्कमा फोहोरको चाङ् बोकेर
घण्टौ बोल्छन्
क्षमतावान हुन्‚ हाम्रा नेताहरु
कठै ! अहिले भूपिसेरचन पो छैनन् ।
२०७९ साउन १ ।