ढकाल्नी आमा -बिर्तामोडकी आमा
मलाई बिर्तामोड अलिक अनौठो ठाउँ लाग्छ । यहाँका मानिसहरूको स्वभाव विचित्रको छ । यो गाँउ जस्तो पनि छैन र शहर जस्तो पनि छैन । बिर्तामोड अलिकति गाँउ भएको छ, अलिकति शहर भएको छ । बिर्तामोड गाँउ पनि रहन सकेको छैन र बिर्तामोड शहर पनि हुन सकेको छैन । बिर्तामोड साँच्चै अनौठो छ । यहाँका मान्छेहरू पनि अनौठा छन्\ । धेरै मान्छे त चराजस्ता छन्\ , भुर्रर उडेर बास बस्न आउँछन्\ र बिहानै उठेर भुर्रर उडेर काममा जान्छन्\ । अनि अर्का थरी दिनभरि काम गर्न आउँछन्\ र काम सकेर भुर्रर उडेर जान्छन्\ । दुवैले बिर्तामोडलाई धित खोलेर हेर्दै{नन्, बिर्तामोड देख्दैनन्\ । बिर्तामोडमा नयाँ – नयाँ मान्छे आउँछन् आइरहन्छन\ । बिर्तामोड नयाँ मान्छेहरूको ठाउँ भएको छ । अनि त बिर्तामोड अलिक अनौठो भएको छ । यहाँ पच्चीस वर्ष{ पुराना मान्छे धेरै भेटिँदैनन्\ । त्यसैले शायद बिर्तामोडको माटोले बिर्तामोडका मान्छेको धेरै माया पाएको छैन, पाउन सकेको छैन । माया नपाएको मान्छे निरस र उजाड हुन्छ भन्छन्, शायद बिर्तामोड पनि बिर्तामोडका मान्छेले माया नगरेर अलिक निरस बनेको हुन सक्छ , त्यस्तै छ ।
बिर्तामोडमा साह्रै थोरै परिवार छन्, जो साँच्चै बिर्तामोडका जस्तै लाग्छन्\ । उनको बिर्तामोडको बास अलिक लामै भएको छ । उनको भुर्रर उडेर जाने ठाउँ पनि कतै छैन । पानी परे पनि बिर्तामोड, घाम लागे पनि बिर्तामोड , हुरी आए पनि बिर्तामोड, भुँवरी परे पनि बिर्तामोड । यस्तै परिवारमध्येको एउटा ढकाल परिवार छ । त्यो परिवारसँग मेरो आफ्नै प|कारको सम्बन्ध छ । बुबासँग, आमासँग, दाजुसँग, भाइसँग, अर्को अर्को भाइसँग, बुहारीहरूसँग, छोराछोरीसँग । यसरी परिवारैसँग एकप्र|कारको सम्बन्ध भएको परिवार त मेरा लागि बिर्तामोडमा बिरलै पाइन्छ । पशु{राम ढकाल, एउटा आदर्श व्यक्तित्व मलाई लाग्छ । उहाँकी पत्नीलाई मेरा परिवारैले भन्थ्यौ – आमै ।, वहाँले के गरेर मेरा सारा परिवारको मन जित्नुभयो < कहिले जित्नुभयो < थाहा छैन तर हामी सबैको मन जित्नुभयो । मदनजीसँग त त्यो परिवारमा सबैभन्दा पुरानो मेरो सम्बन्ध । शायद भद्रपुरतिर, स्कूलको शिक्षक हुँदै र पत्रकार भएर दौडदा । मोहनजी, लक्ष्मणजी पनि मेरा साथी हुनुहुन्छ । मलाई लाग्छ, यसरी नै अरूसँग पनि निकट रहेर सबैसँग आफ्नै प्रकारको सम्बन्ध रहेको छ । त्यो परिवारमा आमाको निधन, गएको वर्ष बिर्तामोडको महत्वपूर्ण घटना भएको छ । त्यो निधनले बिर्तामोडभरि शोक छाएको छ । अझै शोक छ ।
वास्तवमा, समय चाँडै बग्छ । भर्खरै जस्तो लाग्छ ,मैले लक्ष्मणजीलाई आमाको स्वास्थ्यका बारेमा सोधेको थिएँ, वहाँले बताउनुभएको थियो , अब त आमालाई राम्रो हुदै छ । मलाई खुशी लागेको थियो र लागेको थियो – अब फेरि ढकाल्नी आमैसँग बजारमा भेट हुन्छ, बाटामा भेट हुन्छ, जताततै भेट हुन्छ र वहाँले मलाई सोध्नुहुन्छ ´बाबू, के छ खबर < सबै{लाई सन्चै छ ? छोरालाई कस्तो छ ? अब राम|f] छ ? राम्रो होस\ , भलो होस\ ´। दुर्भाग्य , मेरो लाग्नु फगत लाग्नुमा रह्यो । लक्ष्मणजीको खुशी झुटा भयो । वहाँ पनि छक्किनुभयो । वहाँसँग हामी धेरै छक्कियौ । राम्रो] सुनेको भोलिपल्टै मैले अफिसबाट आएर त्यो दुःखद समाचार सुनें, म माईतिर दौडिएँ ।, मैले माईको आकाशमा धुवाँमात्र भेटें । त्यहाँ एउटा इतिहासको अवसान देखे । पहाडको एउटा गाउँमा जन्मनुभएकी एउटी आमैको इहलीला माइखोलामा धुवा उडेर अवसान भैरहेको थियो । म हेरिरहेको थिए । सारा जीवनको यस्तो क्रम म त्यहाँ देखिरहेको थिएँ । म रित्तिएर घर फर्केको थिएँ । अलिकति बुद्ध बनेको थिएँ ।
पशु{राम ढकालज्यूलाई मैले माईमा अलिक टाढाबाटै हेरे । छेउमा गएर भेट्ने मसँग हिम्मतै रहेन । मलाई यस्तै हुन्छ । दुख परेका बेलामा मान्छेहरूलाई सहज रूपमा म भेट्न सत्तिन । पछि घरमा जादा डराई –डराई म वहाँको छेउमा गएँ । वहाँका आँखाहरू इतिहासले भरिएका थिए । त्यहाँ दुख छोपिएको थियो । वहाँको अनुहारले मलाई ढाडस दिएको मैले अनुभव गरे र सम्झें –´महान् मान्छेहरू आफ्नो दुःख लुकाएर अरुलाई खुशी पार्न खोज्छन्\ ।´ परशुराम ढकालले मसँग सामान्य बनेर कुरा गर्दा{ त्यसै गर्नु भएको जस्तो लाग्यो । त्यस दिन मलाई लाग्यो परशु{राम ढकाल गहिरो समुद्र| हुनुहुदोरहेछ । वहाँले त्यो दुख आफ्नै आँतमा सिउरेर मेरो हालखबर, मेरा छोराको खबर, मेरा बुबाको खबर सोध खोजमा धेरै समय लगाउनुभयो । त्यहाँ मैले धेरै कुरा सम्झें । जीवन र जगतको अनन्त प्रसंगले मलाई त्यस दिन धेरै छोयो । बिर्तामोडमा मेरी पत्नीसँग आत्मीय बनेका थोरै मान्छेमध्येमा ढकाल्नी आमै हुनुहुँदो रहेछ । जहाँ भेटे पनि आफ्नै छोरी जस्तै ठानेर सोध खोज गर्ने{, सुख –दुख बुझ्न खोज्ने, हाम्रा सुख – दुखमा सहभागी हुन खोज्ने ढकाल्नी आमैजस्ता मान्छे कमै हुन्छन्\ भन्ने मेरी पत्नीको धारणा रहेको छ । उनलाई काठमाडौमा रहेका बेलामा मैले ढकाल्नी आमाको निधनको खबर दिएको थिएँ र बिव्हल बनाएको कुरा उनी बताउँछिन्\ । मेरा छोरा छोरीले पनि निकटको मानिस गुमाएको महसुस गरे । मेरो परिवार त फगत एउटा प्रतीक मात्र हो । सारा बिर्तामोडबासीसँग वहाँको यस्तै माया मोह र सम्बन्ध थियो । मृदुभाषी , परिश्रमी, सादा जीवन निर्बाहको प्रेरणाकी श्रोत ढकाल्नी आमैका अनेक गुण थिए । वहाँलाई नियालेर बुझ\न खोज्यो भने वहाँका भावनाले , कर्म{ले , बचनले,] व्यवहारले आमैलाई अनन्त गुणयुक्त आमाका रूपमा बुझ्न सकिन्छ । हो, म र म पछिका पिढीका लागि वहाँ बिर्तामोडकै आमा हुनुहुन्थ्यो ।
समय पर्खँदैन । एक वर्ष बितिसकेको छ । अब त हामीसँग फगत ढकाल्नी आमाको स्मृतिमात्र बाँकी रहेको छ । वहाँको वार्षिकीका सन्दर्भमा पुनः मेरो वहाँलाई श्रद्धाञ्जलि ।