उहाँ एउटा पुस्तकालय हुनुहुंदो रहेछ
उहाँ एउटा पुस्तकालय हुनुहुंदो रहेछ ! समाजमा अन्धकार व्याप्त थियो । मान्छेमा चेतना थिएन । अशिक्षा, रोग, भोक र शोक पत्रै–पत्र थियो । यसबाट मुक्त हुने प्रयत्न पनि निमिट्यान्न थियो । फाट्ट–फुट्ट स्कूलहरू खुल्थे तर हिउँदमा केही महिना मात्र चल्थे । ती स्कूलहरू कटेरामा चल्थे । विधार्थीहरू पिरा र गुन्द्री बोकेर जान्थे । धुलामा ओछ्याएर…