बल्लभमणि दाहालसँगका क्षण

डा. हृषीकेश उपाध्यायको घर, भद्रपुर । २०२८ साल जस्तो लाग्छ । एक बिहान त्यहाँ डा बल्लभमणि दाहालसँग भेट भयो र परिचय पनि । उहाँ चूडामणि रेग्मीका पाहुना हुनुपर्छ । त्यति बेला चूडामणि रेग्मी डा हृषीकेश उपाध्यायको घरमा डेरा बस्नुहुन्यो । त्यसो त डा दाहाल र डा उपाध्यायका बीचमा पनि अनौ�� ो र गम्भीर सम्बन्ध रहेछ, शायद त्यो बनारसतिर बीजारोपण भएको हुनुपर्छ, मेरो अन्दाजमा । म भर्खर २१ बर्ष नाघ्दै गरेको अल्लारेलाई बल्लभमणिले अलिक महत्व दिएर कुराकानी गर्नुभयो । म मख्ख त परें, तर किन महत्व पाएँ, मेलो पाइन । बल्लभमणि दाहालसंगको पहिलो भेट, मलाई उत्साहप्रद थियो नै ।

त्यति बेला द्रोणाचार्य र म भद्रपुरमा गोपालकृष्ण प्रसाईका घरमा डेरा  बस्थौ । त्यसै दिन दिउसो सामान्य झोला बोकेर बल्लभमणि दाहाल हाम्रो डेरामा आइपुग्नुभयो । हाम्रो डेरामा त आउनुभयो तर हामीलाई भेट्न हैन रहेछ । झापाका पुराना कम्युनिस्ट नेता गोपालकृष्ण प्रसाईसँग पनि उहाँको हिमचिम रहेछ । गोपालकृष्ण प्रसाई घरमा नभेटिएर  द्रोण र मैले मेरो सानो को�� ामा स्वागत गर्यौस । हामीहरूलाई मात्र भेटेर पनि उहाँ खुप हौसिनुभयो । वर्षौदेखिका मतोमिल्ने साथीजस्तो कुरा गर्न लाग्नुभयो । उहाँको स्वभाव मलाई रमाइलो लाग्यो । मनमनै �� ाने – कति चाँडै आफन्त हुन सकेको ? त्यसो त द्रोणसँग भनेँ उहाँको पुरानै सम्बन्ध रहेछ ।

त्यसताका बल्लभमणि दाहाल पुनामा भाषा विज्ञानमा विद्यावारिधि गर्दै हुनुहुदो रहेछ । केही दिन यता आएर त्यसदिन उहाँ उतै जान हिँड्नुभएको रहेछ । त्यसै दिन ३/४ बजेतिर गलगलियाबाट रेल चढेर सिलिगुडी जाने अनि त्यहाँबाट पुना जाने गरी उहाँ हिँड्नुभएको रहेछ । केही क्षणको गफ पछि ‘फुर्सत भए मलाई मेची तारि दिनुहोस्’ – भन्दै उहाँले हिड्न हतार गर्नुभयो । द्रोण फुर्सतमा हुनुहुन्थेन, –’म जान्छु’ भनेर म उहाँका साथमा लागें । खुप गफ चल्दै गए । हामी भद्रपुर बजार हुँदै मेची नदीमा पुग्यौ । भद्रपुरमा त्यसबेला अहिलेको जस्तो रिक्सा चल्दैनथे । हिलो थियो । हामी ४/ ४ आनाको टिकट लिएर नाउमा चढ्यौ । डुबिन्छ कि ? पार होइन्छ ? जस्तै भएर नाउ पार हुन्थे । मेची तरेर हामी जङ्गे पिरलमा पुग्यौ र बोकेका जुत्ता र पाइन्ट लगायौ ।
उहाँले मलाई अब फर्कन भन्नुभयो, तर मैले भने –’मलाई फुर्सत छ र समय पनि छ, तपाईलाई म स्टेसनसम्म पुर्‍र्याउँछु ।’ हामी अगाडी बढ्यौ । मलाई उहाँका कुरा सुनेर फिर्न मन लागेन । ‘पूनासम्म जान पाए पनि हुन्थ्यो ‘– जस्तो पो लाग्यो । हामी गलगलियामा रेल वे स्टेसनमा बस्यौं र दुई घण्टाजति कुरा गरेपछि रेल आयो र उहाँलाई लिएर गयो । म भद्रपुर फर्कें ।

बल्लभमणि दाहालसंग त्यस दिन धेरै कुरा भए । नेपालको कम्युनिस्ट आन्दोलनको प्रवृत्ति र विकासक्रम, विभाजनका कारण र परिणाम, शुरू हुँदै गरेको झापा आन्दोलन, नक्सलबादी आन्दोलनदेखि त्यस ताका चरम अवस्थामा पुगेको चिनियाँ सांस्कृतिक जस्ता कुराहरू हाम्रा गफका विषय थिए । म कम बोल्थें, उहाँ धेरै सुनाउनुहुन्थ्यो । उहाँलाई बिदा गरेर फर्कदा मेरो मन अलिक भारी थियो, तर आज मैले निकै सिकेँ – जस्तो लागेको थियो । त्यै दिन भेटेका बल्लभमणि दाहालसँग त्यतिबिघ्न आत्मीय बन्नु र निकै कुरा सिक्न पाउनुलाई मैले रोमाञ्चको अनुभव गरेँ ।
म कम्युनिस्ट आन्दोलनप्रति आकर्षित हुँदै गरेको युवक थिएँ । उहाँले आन्दोलनमा लागेर एउटा यात्रा तय गरिसक्नुभएको थियो । लाग्थ्यो –उहाँका हरेक कुरामा आधिकारिकता छ र गाम्भीर्यता छ । मैले मेरा डेरामा मार्क्सदेखि माओत्सेतुङ्सम्म ६/७ जना विश्वकम्युनिस्ट नेताका तस्विरहरू फ्रेम लगाएर राखेको थिएँ । उहाँले गलगलियामा भन्नुभयो –’ “तपाईं ती तस्विरहरू त्यसरी देखाएर नराख्नुहोस् –काम गर्नुहुन्छ भने त अलिक थाहा नपाउने गरि गर्नुपर्छ ।”– मेरो चित्त बुझ्यो र तस्विर हटाएँ ।
मैले २०३२ सालमा केही महिना कीर्तिपुरमा नेपाली पढेँ । उहाँ भाषा विज्ञान पढाउनुहुन्थ्यो । उहाँले पहिलो दिन मलाई कक्षामा देखेर आश्चर्यमा पर्नु भयो । सिधा मेरो छेउमा आएर ‘‘यहाँ कसरी ?’’ भन्नुभयो । “म पनि विद्यार्थी, पढ्न आएको”– भनेँ । उहाँले लगभग पत्याउनु भएन । कक्षा सकिएपछि उहाँले मलाइ लिएर बाहिर निस्कनु भयो । फूलबारीको छेउमा एकान्त लगेर सोध्नुभयो, तर पढ्न आएको भन्ने कुरामा अझै विश्वास गर्नुभएन र भन्नुभयो – ‘‘तपाईंको मूल काम अब विद्यार्थी राजनीति रहेछ, �� ीँकै छ, बचेर काम गर्नु र त्यसरी नै मेरो सहयोग लिनू, व्यक्तिगत रूपमा केही परे भन्नू ।’’

मैले ३/४ महिना मात्र पढे । त्यसपछि वकिल बन्ने धूनले र आवश्यकताले मलाई नेपालीको पढाई छुटायो । उहाँसंगको सामीप्यत पनि टुट्यो, तैपनि बेला – बखतमा भेट हुन्थ्यो । मलाई सधैँ उहाँले आत्मीय मित्रका रूपमा व्यवहार गर्नुभयो ।  हरेक भेटमा केही – न – केही सिकाई रहनुभयो ।
भद्रपुरमा नरेश बर्माज्यूको घरमा पुराण लागेको थियो । शायद शनिवार थियो, म ३/४ घण्टा पुराण सुन्ने मनस्थिति बनाएर त्यहाँ पुगेर बसेको थिएँ । केही समयपश्चात् त्यहाँ बल्लभमणि दाहाल देखिनुभयो । पुराणमा सबैतिर नियालेर मलाई इसारा गरेर बोलाउनुभयो र हामी नरेशज्यूको घरको को�� ामा बस्यौ । तत्काल मुलुकमा महाकाली सन्धिले चर्चा पाएको थियो । हामीले पनि धेरै चर्चा गर्‍यौं र मैले उहाँलाई मोटर साइकलमा चूडामणि रेग्मीज्यूका घरमा पुर्याचएँ । उहाँ केही वर्ष चीनमा वसेर आउनु भएको थियो । त्यहाँको पद्धति र व्यवस्थाका बारेमा धेरैकुरा भए ।

त्यसको भोलिपल्ट, बिहानै मेरो फोनको घण्टी बज्यो । बल्लभमणि दाहाल बोल्नुभयो र भन्नुभयो – “तपाइसँग कुरा निथ्रेनन् । मेरा मावलमा बिहानको खाना खाने गरी आउनुहोस् न, मेरा साथीभाइलाई माइजूले खुवाउन जाँगर चलाउनुहुन्छ । गाह्रो मान्नुहुन्न ।” मैले भनें – ‘‘तपाईको मावल त मेरो धेर मावल जस्तो भएको छ, गुरुआमाले तपाईलाइ भन्दा मलाइ धेरै खुवाउनु भएको छ । हुन्छ, आउँछु’’ – भन्दै फोन राखें र म जिब्रामा गुरुआमाले बनाउनुभएको अचारको स्वाद लिदै चूडामणि सरका घरमा पुगें । त्यहाँ हाम्रा लामा गफ भए । सँगै खाना खायौ र बिदा भयौ ।
गएको वर्षा महिनामा म का�� ममडौं पुग्दा गंगा उप्रेती र बल्लभमणि दाहाललाई भेट्न एस. एम. कलेज पुगेको थिएँ । त्यहाँ गंगाज्यूसंग मात्र भेटभयो । बल्लभमणि दाहाल हुनुहुन्न रहेछ । उहाँको गंगाज्युसंग फोनमा कुराभयो । म आएको कुरा गंगाज्युले बताएपछि मसँग पनि कुरा भयो । त्यो नै उहाँसँगको अन्तिम कुरा रहेछ ।

‘‘डा बल्लभमणि दाहाल छतबाट खसेर बेहोस हुनुहुन्छ्, वीर अस्पतालको को�� ामा हुनुहुन्छ, अब बाँच्न क�� िन छ’’ – भन्ने समाचारले मलाई स्तब्ध बनायो । उहाँसंगका सम्पूर्ण, भेट र कुराहरू मेरो मानसपटलमा आए । साँच्चै, उहाँको निधन भयो । बल्लभमणि दाहाल जस्तो क्षमताको ऊर्जाशील विद्वानको असमयमै भएको निधन राष्ट्रका लागि अपूरणीय क्षति हो । व्यक्तिगत रूपमा मलाई औपचारिक र अनौपचारिक शिक्षा दिएर,  आत्मीय मित्रजस्तो व्यवहार गर्ने डा. दाहालको मृत्युको समाचारले मलाइ निकै चिथोरेको छ । त्यसो त डा दाहाल मर्नुहुन्न । मँ जस्ता धेरै सँग उहाँ बाँचि रहनुहुन्छ । उहाँले समाज विकासका क्षेत्रमा र भाषा विकासका क्षेत्रमा र भाषा विज्ञानका क्षेत्रमा जति काम गर्नुभएको छ,  त्यही कामले उहाँलाई अमर बनाएको छ ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *