आँखीझ्यालवाटः चूमरेको कुनो
लीला उदासीः व्यक्ति एक: व्यक्तित्व अनेक
हेम अधिकारी(पूर्व प्रलेस अध्यक्ष)
जीवन यात्रामा सबैका आ–आफ्ना पदचिन्हहरु बन्दै जाँदा रहेछन् । ती चिन्हहरु कतिका सार्वजनिक हुन्छन् र तिनले अभौतिक रुपमा पनि उसलाई बँचाइरहन्छन् । कतिका चांहि ती निजी मात्र हुन्छन् अनि भौतिकसंगै विलाएर जान्छन् हराएर जान्छन् । पहिलो वर्गका व्यक्तिहरु समाजका लागि पनि बाँचेका हुन्छन् । उनीहरु आफुले जानेको बुझेको र सकेको केही न केही समाजका लागि दिइरहेका हुन्छन् । उनीहरु देशको चिन्ता गर्छन् , समाज उत्थान र प्रगतिका लागि आफुलाई सर्मपित गर्छन् । उनीहरुको स्पष्ट र सटिक हुन्छन् । यस्तै सटिक जीवन यात्राको नधर्मराइकन हिड्ने यात्री हुन् लीला उदासी । इलाम जिल्लाको पश्चिमी भाग फुएतप्पामा बाबु शशीधर खनाल र आमा कृष्णमाया खनालको पुत्र रत्नका रुपमा २००६ साल जेठ १२ गते यस धर्तीमा पलकद्वार खोलेका उदासी अन्तर्हृदयका ती आँखा भएका व्यक्तित्वका रुपमा झापामा सुवासित छन् ।
आफ्नो उच्च अध्ययनलाई अघि बढाउन झापाको मेची क्याम्पस भद्रपुर झरेका उदासीले झापालाई नै कर्मथलो बनाए । पेसागत रूपमा कानुन व्यवसायी उनी एक सफल र सशक्त एवम् प्रखर व्यक्तित्व भएका नेपालका वरिष्ठ अधिवक्ता हुन् । नरम स्वभाव, मृदुभाषी सोचेर मात्र बोल्ने, स्पष्ट बोल्ने र सहयोगी भावना उनका दृश्यमान संक्षिप्त पहिचानका सूचक हुन्। यिनै विशेषताले उनी आफ्ना साथीहरुका माझ प्यारा र हितैषी छन् । साथीसँगी बीच घुलमिल गर्ने सादा र उत्साही लीला खनालको उपनाम चाही किन र कसरी “उदासी” रह्यो एउटा यो पनि अनुसन्धानकै विषय छ तर जे होस् पहाडी गाँउमा जन्मिएर राउतेको गोठ फुएतप्पाको घरमा दौरा र ठुटेसुरुवाल लाएर घाँस दाउरा गर्दै हुर्किएको ठिटो यति धेरै ऊर्जाशील र बहुआयामिक व्यक्त्व, खोट रहित स्रष्टा भएर झापाबाट देशमा उदाउनु चानचुने कुरो होइन । यो एउटा सानो लेख त्यसमा पनि विस्तार भएले लेखिरहँदा यसमा उनको व्यक्तित्वको साङ्गगोपाङ्ग चित्रण हुन त सक्तैन, स्नातकोत्तर तहमा व्यक्तित्व, कृतित्वमा एउटा र कवितामा एउटा शोध भैसकेको र निबन्धमा शोध भैरहेको अवस्थामा उनका व्यक्तित्वका विविध आयमहरुमा छुट्टाछुट्टै शोध हुन सक्छ भन्ने सङ्केत मात्र हुन सकेमा यस लेखको उद्देश्य पूरा हुनेछ ।
लीला उदासीका व्यक्तित्वका पाटाहरुलाई संक्षिप्त रूपमा यस प्रकार हेर्न सकिन्छ ।
१. पत्रकार
२. सफल कानुन व्यवसायी
३. कवि
४. निबन्धकार
५. समाजसेवी
६. प्रेरक व्यक्तित्व
पत्रकार लीला उदासीः–
लीला उदासी मेची क्याम्पसमा अध्ययन गर्न थाले पछि उनी भित्रका छटपटी र उकुसमुकुस विभिन्न कोणबाट प्रस्फुटन हुन थाले । त्यस बेला मनमा लागेका र चित्त नबुझेका कुरा लेख्न सजिलो थिएन । पञ्चायतले जताततै आफ्ना बाघेपञ्जा फिजाएको थियो । स्वतन्त्र अभिव्यक्तिलाई कृत्रिम फलामे साङ्लाले बाँधिएको थियो । पञ्चामृत पत्रिका झापाबाट बालिएको उज्यालो बत्ती हो । राधाकृष्ण मैनाली र वासुदेव शर्मा प्रकाशक सम्पादक रहेको पञ्चामृत मार्फत नै उदासीको पत्रकार व्यक्तित्व प्रकट भयो । पछि यसको सम्पादक भएर चलाउँदै गर्दा २८ अङ्क पछि सरकारले पत्रिका नै बन्द गरिदियो । त्यसपछि उनी’ युगज्ञान’का पनि सम्पादक भए । पञ्चायतकालीन कठिन घडीमा निस्किएका झम्पल, लालटीन, मुक्तिसङग्राम, झुप्रो, उषा, मुनामा पनि उनको सहभागिता रह्यो । मार्क्र्सवादी दर्शनबाट अनुप्राणित उदासी नेपालको वामपन्थी आन्दोलनका सक्रिय योद्धा हुन् । राधाकृष्ण मैनाली , सि.पि. मैनाली , वासुदेव शर्मा, द्रोणाचार्य, रुद्र खरेल नरेश कुमार वर्मा, चूडामणि रेग्मीसँगको सङ्गत र सहकार्यले उनको पत्रकार व्याक्तित्वलाई सशक्त्त बनाएको पाइन्छ । पत्रकारका रूपमा उदासी १. सामान्य पत्रकार २. वैचारिक पत्रकार वामपन्थी विचारलाई सम्प्रेषण गर्ने र ३. साहित्य पत्रकारका रुपमा देखिएका छन् । जुही त्रैमासिक र यथार्थ कुरा पाक्षिकका सव्रिmय उदासी चू योडामणि रेग्मीद्वरा प्रकाशित जुहीद्वारा २०५९मा जुही रत्नकारुपमा सम्मानित पनि भैसकेका छन् । साहित्यिक पत्रकारितामा देशले विर्सन नसक्ने भाषामा तपस्यास्थल र तपश्वीले पनि उदासीको पञ्चामृत २०२५ देखि उदाएको पत्रकार व्यक्तित्वलाई प्राकृतिक मलजल पुर्याएका छन् । उनी ‘स्वाधीन सम्बाद’को संस्थापक सम्पादक हुन् भने झापाबाट प्रकाशित प्रायः सबैजसो पत्रिकामा संलग्न भएका छन् ।
(२) कानुन व्यवसायीः
लीला उदासी पेसाले कानुन व्यवसायी हुन् । चन्द्रगढीमा फर्म खोलेर व्यवसाय थालेका उदासीले लामो समयसम्म नरेश कुमार वर्मासँग सँगै गरेर हाल वरिष्ठ अधिवक्ताको सम्मानित हैसियत प्राप्त गरी पेसालाई निरन्तरता दिइरहेका छन् ।
अन्य क्षेत्रको व्यक्तित्व र विचारको हस्तक्षेप नभैकन कानुन व्यवसायी व्यक्तित्व प्रखर र तेजस्वी बनिरहेको छ ।
३) कवि उदासीः
लीला उदासी कविका रूपमा’ पञ्चामृत’ (२०२५) बाट उदाएका देखिन्छन्। द्रोणाचार्य र लीला तिख्खर लेखनी र निख्खरा विचार र निर्भीक एकजोडी युवा थिए । नख्खुजेलमा बन्दी जीवन विताउने समूहका उदासीका कविता पहिलो पहरमै योद्धाका गीत, शोषित पीडितका व्यथा र सामन्तका मुटुमा विभ्mने बनेर आएका छन् ढल्न लागेको रुखमा उनी लेख्छन् ः
भित्रभित्रै मकाएको छ
यो रुख जतिसुकै वेला पनि लड्न सक्छ
एउटा हुरी आइदिए पनि
यो धराप लड्ने थियो ।
पञ्चामृत प्रकाशनबाट थालिएको उदासीको कविता यात्राको करिव २८ वर्ष पछि अर्थात् २०४४ सालमा पहिलो कविता संग्रह आज भालेलाई वास्न निषेध छ प्रकाशित भयो । ऐले सम्ममा उनका प्रकाशित कविता सङ्ग्रहहरु तल लेखिए अनुसार छन् ।
कविता संग्रहको नाम प्रकाशन वर्ष प्रकाशक कविता संख्या
१. आज भालेलाई वास्न निषेध छ २०४८ युवराज खनाल
२. यसपल्ट पनि वाली लागेन २०५६ शान्त÷सुशान्त खनाल
३. यो झापा हो २०६६ होम रेग्मी खनाल
यसरी तीनवटा संग्रहमा उदासीका असीवटा कविता अटाएका छन् । अरु थुप्रै कविताहरु विभिन्न पत्रपत्रिका र उनका डायरीका पानामा भेटिन्छन् । सायद ती एकत्रित हुन हतारिंदै होलान् । उदासी गद्यलयात्मक कवि हुन् । उनले छन्दोवद्ध कविता लेखेको देखिदैन । गद्य कवितामा उनको रिमालको जस्तो ओज पाइन्छ जस्तो ः
हामीले माटोको दाना गनेका छौं
इतिहासका पाना गनेका छौ
स–साना नानीलाई पनि
उनको बेइमानी भनेका छौं
यसरी उनी पञ्चायतका विरुद्ध निर्भीकतासाथ चुनौती दिइरहेछन् । उनी जनविरोधीका छातीमा कोमल पदावलीका बज्रमुक्का प्रहार गर्न पछि पर्दैनन् । कवि उदासी सुकोमल पदावलीको प्रयोग गर्दछन् ,तर तिनको सन्देश भने तिर जस्तो तिखो र दर्शन ढुङगा जस्तो कडा हुन्छ । नयाँ वर्षसँगमा उनी लेख्छन्
जिजीवीषा लिएर आउला
नवयौवन भएर आउला
सिंगारिएर नवदुलही भएर आउला
घरभित्र बत्ती बाल्ने गरी आउला
उनका कवितामा कलात्मक उच्चतका साथै गेयात्मकता पाइन्छ । सलल पानीभैm वगेको प्राञ्जल भाषा अन्तरवार्हय दुवै सौन्दर्यको सिर्जना आशावादी स्वरका उनका कविता पाठकलाई झिंजो लाग्ने खालका छैनन् बरु दोहो–याइ दोहो–याइ पढाँैपढौँ लाग्ने खालका छन् । उदासीको तर्कशक्ति बेजोड छ । उनको तर्क शक्तिको प्रभाव कवितामा पनि पाइन्छ । तार्कीक शैलीद्वारा आफ्नो सन्देशलाई बुझिने गरी प्रस्तुत गर्नु उनको प्रगतिवादी सौन्र्दर्य चेतको अनुपम नमुना हो । अनुभवको खहरेलाई भावावेगबाट वगाउने सुन्दर माध्यम नै कविता हो। त्यसैले उनका कवितामा आफु वाँचेको दुनियाँ त्यहाँभित्रका पीडा अन्याय अत्याचार र विद्रोहको राँको बालेकोे भेट्न सकिन्छ ।
उदासीका कविता सङ्ग्रहमा धेरै कविताहरु पत्र–पत्रिकामा प्रकाशित भैसकेका भनिएको छ तर कुन पीत्रकामा कहिले प्रकाशन भयो भनेर सुनाइएको छैन । तर उनका कविताको अध्ययन गर्दा ती चरणका कविताहरु पाइन्छन् । ती हुन् ः १. २०४६ साल भन्दा अघिका कविताहरु खास गरेर आज ‘भालेलाई वास्न निषेध छ’ मा संकलित छन् । यस अवधिका कवितामा पञ्चायतको ज्यादती त्यस विरुद्ध उर्लिएको जन विद्रोहको लहर विशेष गरेर आगँफर्के र प. नि. जा.बु.स. ले गरेको चरम ज्यादती त्यस विरुद्ध गठित सशक्त वाम आन्दोलन, २) ०२८ सालको झापा विद्रोहको छाप २०३५को विद्यार्थी आन्दोलन आदिको उद्बोधन, आदि पाइन्छ भने पञ्चायत विरुद्ध जनमत तयार गर्ने सक्देश प्रमुख रूपमा आएकोछ ।
त्यँहा मान्छे नाच्न पाओस्
त्यँहा मान्छे हाँस्न पाओस्
……………………………..
मान्छेले बाटामा टेक्न पाओस् ।
०३६ सालको जनमत सङ्ग्रहबारे त उनको एउटा कवितै बाट धारणा आएको छ । जवर्जस्त निर्दलको जित गराएको घटनाप्रति उदासीको कवि हृदयले चित्त बुझाएन र लेख्यो ‘इतिहास रोकिदैन’ । नख्खु जेलको कालकोठरीमा पञ्चायतले थुनेको कथा हो भ्mयालखाँना त्यस पछि कवि उदासी शब्दकलाका माध्यमबाट पञ्चायत विरुद्ध अझ कस्सिएर लागे ।
२. ०४८ देखि ०५७ सालका बीचका उनका कविता “यसपल्ट पनि वाली लागेन” मा सङ्कलित छन् । देशमा प्रजातन्त्र आयो तर त्यो वास्तवमा शोषित पीडित जनताका लागि भएन । केही हुदा खानेहरु हुनेखाने भए भन्नेतर्पm व्याङ्ग्य गरिएको छ जस्ताःे
अहिले देशले त्यता हेरेको छ
आँखाभरि शंका भरेको छ
भोक पनि फक््रmेको छ
लाज त आपैm लजाएको छ
संसदभरि – संसदको सुविधा सजाएको छ ।
सांसदहरु त्यँहा बसेका छन् मा उदासी देशको ‘वर्तमान कार्टुन’ चित्रलाई शब्दमा यसरी नै उतारिरहेका छन् । क्यान्सर वार्ड, पहिचान विर्सनेहरु आदि जस्ता थुप्रै व्यङ्ग्य मिश्रित कविताहरु यस चरणमा सिर्जिएका छन् ।
३. ०५७ पछिका उदासीका कविताहरु यो झापा हो २०६६ मा सङ्कलित छन् । यस सङ्ग्रहमा तेइसवटा कविता छन् । “यो झापा हो” निकै लामो छ । मनमोहक शैलीमा लेखिएको यस कवितामा विगतदेखि वर्तमासम्म उदासीले देखेका, सुनेका, बुझेका र भोगेका कुराहरुलाई कलात्मक मालामा उनिएका छन् । लाग्छ यी कुराहरु कतिलाई किम्बदन्ती झैं हुन्छन्। यसमा झापाको महिमा र गरिमा लुकेको छ । यस सङ्ग्रहमा समाजको वर्तमान अन्योल चौबाटोमा उभिएर कता जाँउ जाँउ भएको अवस्था, नारी पीडा, राजनैतिक अकर्मग्यता, भुलभुलैया र ठग ढाँट प्रवृत्तिको शालीन पारामा उछित्तो काड्दै निराशा होइन आशाका सन्देशहरु दिइएको छ ।
उदासीका कविताहरुमा सन्देशका हिसावले प्रथम चरणका तिखा र चोखा पाइन्छन् भने कलात्मकता, विम्ब विधान काव्यात्मक उचाइका हिसाबले क्रमश दोस्रो अनि तेस्रो चरणका अझ उच्च दर्जाका पाइन्छन् । जे होस् उदासीका कतिा संक्षेपमा भन्नु पर्दा चेतनाको तिर्खा मेटाउन आस लाग्दा छन् ।
४. निबन्धकार उदासीः–
लीला उदासी साहित्यको निबन्ध विधाका एक कुशल शिल्पी हुन् । उनका दुईवटा निबन्ध सङ्ग्रह प्रकाशित छन् । १. त्यो बालक कहिले जन्मन्छ ?(२०६३ )र २. मनका नायकहरु (२०६६ )यी दुवैमा क्रमश २५ र २० गरी ४५ वटा निबन्धहरु अटाएका छन् । एक दुई बाहेक सबै निबन्धहरु निजात्मक छन् । निजात्मक निबन्धमा उनी स्वच्छन्दतावादी शैलीले मात्र कल्पना र भाववेशमा उडेका छैनन् बरु संयमित र तार्किक ढङ्गले मनका कुराहरु पोखिरहेका छन् । इमान्दार अपराधी विरप्पनलाई मेरो श्रद्धाञ्जलि शीर्षकमा उनी लेख्छन् “नेपाल पनि भारत भन्दा अछुतो रहन सकेको छैन । नेपामा पनि अनगिन्ती विरप्पनहरु छन् । फुलन देवीहरु छन् …. हाम्रा निकायका उपल्लो तहमा विरप्पनका वोसहरुको कब्जा छ । ( त्यो बालक कहिले जन्मन्छ पृष्ठ ४८,४९)
लीला उदासीका निबन्धमा हृदयचन्द्रसिंह प्रधानको स्वच्छन्दतावादी प्रगतिवादी चेतनाको सुगन्ध र रामकृष्ण शर्माको तार्किक शैलीको अनि केशवराज पिडालीको व्यङ्ग्य विनोदको चरमको त्रिवेणी पाइन्छ । होम सुवेदीका शब्दमा उनका निबन्ध १. व्यङ्ग्यशून्य २. व्यङ्ग्याल्प निबन्ध । ३. व्यङ्ग्य युक्त निबन्ध” गरी तीन प्रकारका छन् । उनका धेरै निबन्धको विषयवस्तु राजनैतिक छ जस्तैः त्यो बालक कहिले जन्मन्छ, जेल जर्नल काङ्ग्रेसीलाई सिस्नुपानी, पञ्चामृत, हुदै बाबुरामहरु आजको प्रश्न आदि आदि र जीवनी परक निबन्धहरुमा पीपलको रुख–मनमोहन अधिकारी, जीवनको परिघटना भित्र द्रोण, देवकुमार आचार्य मेरो स्मृतिमा, सूर्य कन्दङबा मेरो स्मृतिमा बेचन हरिजन बाँचिरहनेछ, सी के प्रसाइको स्मृतिमा, इनामका प्रतीक तुसी हेमरम आदि जस्ता राजनैतिक व्यक्तित्वकै स्मृति चित्रहरु हुन् । राजनैतिक विषयवस्तुमा विचार बेजोडसँग दौडिएको हुन्छ भने त्यो दौडिने बाटो तार्किक शैली हुन्छ । त्यसै पनि कानुन व्यवसायीहरु तर्कशक्तिका धनी नै हुन्छन् । उदासीका प्रायजसो निबन्धमा तर्क शक्ति सशक्त बनेर आएको छ भने विचार पक्ष दृढताकासाथ सम्प्रेषित पाइन्छ । उदासी भित्रको कलात्मक उचाइ चोखो र निख्खर रुपमा पञ्चामृत, झापासँग, कागजका टुक्राहरु, दार्जिलिङमा दुईदिन , भद्रपुर मेरो पाठशाला हो , भानु जयन्ती , सन्दर्भ कुहिरो भित्रको इलाममा केहीक्षण , मेरो स्मृतिमा वा , नरेन्द्र चापागाई छोटो स्मृति जस्ता निवन्धमा प्रस्फुटित भएको छ । यी मध्ये प्रायःजसोमा व्यङ्ग्य विनोद र अनुकुल परिस्थितिमा हासपरिहासको प्रयोगले उनका निबन्ध रोचक र धोचक दुवै बन्न पुगेका छन् । मेरो स्मृतिमा वा नरेन्द्र चापागाईं मेरो स्मृतिमा लगायतका सबै जीवनीपरक निबन्धमा उनी अनुकुल कृतज्ञ र प्रेरित भावक–सर्जकका रूपमा उपस्थित भएका छन् ।
प्रवृत्तिगत रूपमा भन्नुपर्दा उदासी मार्क्सवादी सौन्दर्यशास्त्रको सीमाबाट अविचलित संङ्घर्षशील लेखनीका धनी र मुक्तिकामी जनतालाई व्युँझन आह्वान गरिरहेका छन् । पञ्चायतको जगजगीको तीब्र विरोध, जनमत सङ्ग्रहको जालझेलको भण्डाफोर , सुधारिएको भनिएको पञ्चायतको विरुद्ध जनमत जुटाउन , ०४७ को प्रजातन्त्र प्राप्ति पछिको निराशाको स्थितिको उद्घाटन गर्न तत्कालीन राजा ज्ञानेन्द्रले पुन सत्ता कू गरेपछि त्यस क्रूरपञ्जाबाट देश र देशवासीहरु फुत्कनेछन् भन्ने शङ्खघोष आदि उनका निबन्धहरुका सामूहिक सन्देश हुन् । उनी तत्कालीन नेपालको राजनैतिक बेइमानी, भ्रष्टाचार जरागाडेर बसेको सामन्तवाद अन्धविश्वास कुरीति बेथिति र भाँडभैलोपनको खुलेर विरोध गर्दछन् । उनी धेरै नेपाली अगुवाहरुले देशलाई स्वतन्त्र बनाउन जीवन अर्पे पनि त्यो हुन नसकेको प्रति असन्तुष्ट छन् र ती श्रद्देय व्याक्तित्वहरुलाई उदासी भएर सझिरहेका छन् ।
कुशल भाषा शिल्पीका रूपमा उपस्थित छन् निबन्धकार उदासी । उनको भाषामा सरलता र सजीवता छ । पञ्चामृतमा उनी लेख्छन् “यसको प्रकाशनका लागि उत्सुक रहेको प्रयास झापामा मात्र सीमित थिएन विराटनगर, धरान आठराई, काठमाडौं प्रवास र जत्रतत्रबाट पञ्चामृतले माया पाएको थियो ।” उनका रचनामा बोलचालका सजीव र झर्रा शब्दहरुको प्रशस्त प्रयोग छ । वडी भन्दा बढी सरल वाक्यको प्रयोग भएका निबन्ध सामान्य पाठकले पनि सजिलै बुझ्ने र पढौं पढौ लाग्ने खालका छन्
. समाजसेवी उदासीः– लीला उदासी माक्र्सवादी दर्शनबाट अनुप्राणित वामपन्थी व्यक्तित्व हुन् । स्वभावैले वामपन्थीहरु गरीव किसान मजदुर तथा सर्वहारा र्वगको पक्षमा तन मन वचन र कर्मले समपिर्तत हुन्छन् । उदासी पनि त्यही कित्ताका व्क्तित्व हुन् । एस.एल.सी, बी.ए.बी एल् स्वाध्यायनबाटै पूरा गरेका र आइ.ए मात्र मेची क्याम्पसबाट पूुरा गरेका उदासी झापाको चन्द्रडागीमा शिक्षण पेसा गर्दै गर्दा वाम विचार तर्ओ आकर्षित भए । कुनै राजनैतिक पार्टीको सदस्य नलिइका बसेका उनी राजनीतिबाट कुनै लाभ वा स्वार्थपूर्ति गर्न चाहदैनन् । त्यसैले होला ने.क.पा. एमालेको तर्पmबाट झापा क्षेत्र नं.१बाट एकपटक सांसदको उम्मेद्वार बनेका उदासीको जीत हात लागेन । लेखक कलाकार संघ मेची अञ्चल कमिटिका संस्थापक सदस्य उनी प्रगतिशील लेखकसंघ झापाका संस्थापक संयोजक र केन्द्रिय सदस्य सम्म भएर कलम चलाउने संस्थाको तर्पmबाट समाजमा चेतनाको ज्योति बाडिरहे । कानुन व्यवसायी उदासी झापा बारका अध्यक्ष र नेपाल कानुन आयोगका सदस्य पनि भए । यसरी विभिन्न संस्थाका माध्यमबाट र व्यक्तिगत रुपमा पनि समाजको उत्थानका निमित्त लागिरहेका उदासी झापामा चिनिन बाँकी नरहेका सामाजिक व्याक्तित्व हुन् ।
६. प्रेरक व्यक्तित्वः– लीला उदासी झापामा एक प्रेरणाका स्रोतका रूपमा पनि उपस्थित छन् । निस्वार्थीपन, समाजिक घटना परिघटनामा तल्लीन भएर लागेर त्यसलाई किनारामा पुर्याउन उनको व्यवहारले नै प्रेरणा दिइरहेको छ । निष्कलङ्क व्याक्ति मिलनसारिता उनीबाट पाइने प्रेरण हुन् । विविध क्षेत्रमा सदा क्रियाशील रहेर पनि कसैबाट खासै आलोचनाका पात्र बनेका छैनन् । उनी यसबाट व्यक्तित्व विकास गर्न चाहनेहरुले राम्रै प्रेरणा पाउन सक्छन् ।
आफ्नो जीवनको उत्तरार्ध अर्थात् बैसट्ठी वर्षे उमेरमा भौतिक यात्रा गरिरहेका उदासी साहित्य क्षेत्रमा भने वयालिस वर्षे उमेरमा मात्र पुस्तकाकार कृतिका साथ उपस्थित भए । माथि चर्चा गरिएका पाँचवटा कृतिका अतिरिक्त संविधान सभा र संविधान २०६३ कृति पनि उनको प्रकाशित छ । ५० र ६० को दशकमा उदासीको लेखनी उच्चस्फुर्ती साथ अघि बड्नु खुशीको कुरा भएकोछ किन भने उनको लेखनी खदिलो र दरिलो छ । उनका शब्द भित्र थुप्रै चित्रहरु कोरिएका भेटिन्छन् । उदासीले आप्mनो योगदानको फलस्वरुप केही सम्मान र पुरस्कारहरु पनि पाएका छन् । ती हुन्–
१. नेपाल बारको स्वर्ण महोत्सवमा सम्मान पत्र
२. टी आई. नेपाल पत्रकारिता पुरस्कार २०५६
३. जुहीरत्न जुही त्रैमासिक चन्द्रगढी २९५९
४. एस.एल. शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार २०६२
५. महानन्द पुरस्कार २०६४
६. गोकुल जोशी स्मृति पुरस्कार २०६५
जति खोज्दै गयो त्यति भेटिदै जाने, जति खोतल्यो त्यति गहिरिने खालको गम्भीर व्यक्तित्व भएका लीला उदासीको साहित्यिक पक्ष निकै पाइनदार र आशालाग्दो चाखिलो छ , समयले पगारिरहन सकोस् ।
रचनाकाल १०वर्ष अघि?
सम्बन्ध केही चित्र