साइँला बा, अलिकति स्मृति – श्रद्धाञ्जलि
भर्खर साइँला बाको बर्खान्त सकिएको छ । साइँला बाको जीवन सकिएको एकवर्ष बितिसकेछ । साइँला बालाई म अनेक कारणबाट संझिरहन्छु । मलाई लाग्छ, साइँला बा विचित्रको हुनुहुन्थ्यो । लोभ नभएको मान्छे, त्यागै – त्याग भएको मान्छे, स्वाभिमानको सगरमाथा छातीमा भिरेको मान्छे, निर्भि{क, स्पष्टवक्ता यस्तै कति हो कति ! गुण थिए साइँला बा मा । साइँला बाका धेरै गुणहरूको म आरिस गर्छु, तर केवल आरिस गर्छु । साइँला बा जुन समयमा जन्मनुभयो र जहाँF जन्मनुभयो, त्यो समय र स्थानले मान्छेलाई त्यस्तो बनाउन सक्दैनथ्यो । साइँला बाले त परिवेशबाट बाहिरिन विद्रोह गर्नुभयो । समय र स्थानले दिएका प|तिकूलताहरूलाई प्र|हार गर्नु[भयो । जीवनलाई हेर्ने दृष्टिकोण बनाउनु भयो । वहाँले जे सोच्नुभयो, संसारले त्यसको उल्टो भनिरह्यो तर वहाँले कसैलाई सुन्नुभएन । वहाँFलाई जे लाग्यो त्यही गरि रहनुभयो ।
मैले त होस समाले देखिनै सुनेको थिएँ -हाम्रा तीनजना काकाहरू हराउनुभएको छ । मान्छे अलिक अगाडी जसरी सरकार र माओबादीले बेपत्ता पारेर हराउथे , त्यस्तरी हराउनुभएको भने हैन् । पहाडको त्यो गाउँ, शिक्षाको बत्ति छैन , चेतना छैन, सधैँ व्यस्त , सधैँ श्रम गरिरहनुपर्ने, लेक, बेसी, गो�� , खेत, घँfस, बारी यस्तै जीवन यापनमा व्यस्त नर नारी । बाल – विवाह, बहु – विवाह, भोकमरी, कुपोषण, रोग व्याधि तर औषधि र उपचार प्राप्त नहुने, यस्तै यस्तै परिवेश थियो – मेरा साइँला वाको बचपन र युवा अवस्थाका दिनहरूको ।
म उमेर नै किटेर त भन्न सक्तिन , तर साइँला बाको विवाह बचपनमै भएको थियो । विवाह पनि मेरी सानीमासँग भएको थियो । तीन दिदी – बहिनीको तीन दाजु – भाइसँग विवाह भएको थियो । साइँला बा र सानीमाबाट एक – एक छोरा र छोरी जन्मिए, तैपनि सा+इँला बा बाँधिनु भएन । हो, सूराहरूलाई केहीले बाँध्दैन । बरु मेरी सानीमाले धेरै दुःख भोग्नुपर्यो । दिदी र दाजुलाई दुःख खपेर हुर्काउनुभयो । त्यो समय, त्यो स्थान , त्यो गरिबी , त्यो पछौटे पन – वास्तवमा सानीमाले भोग्नु भएको दुःख अबका पुस्ताले कल्पना गर्न सक्दैनन्\ । तैपनि दुख कष्ट खपेर दाजु र दिदीलाई हुर्काउनुभयो । चलन अनुसार बचपनमै बिहा – दान गरिदिनु भयो । सोमनाथ दाइ त बिछट्ट प्रतिभाशाली मान्छे हुनुहुन्थ्यो । पा�� शाला , स्कूलको अनुहार नदेखी स्वाध्यायबाट शिक्षक बन्नुभयो । नर्मल तालिम लिएर तालिमे शिक्षक बन्नुभयो । यसरी सानीमाका जीवनमा घाम झुल्कला कि ? जस्तोभएको थियो । अर्को बज्र पर्योक । स्कूलको पैसा लिनजाने क्रममा पाँचथरको सिलौटीमा तत्काल सरकारका विरुद्धमा हतियार उ�� ाएका काङ्ग्रेसहरूले गोली प|हारगरेर बाटैमा उहाँको हत्या गरे । अनिमात्र थाहाभयो, साइँला बा स्वर्गद्वारी भन्ने स्थानमा हुनुहुदो रहेछ । एक दिन साँझ उहाँ गाउँमा आउनुभयो । मैले उहाँलाई पहिलोपल्ट देखे । बडो रमाइलो मान्छे लाग्यो ।
साइँला बा आउनु भएकोमा सारा गाउँ नै खुशी भएकोथियो । को फुरुङ्ग परेको थिएन र < केटाकेटी, युवा – युवती, बूढा – पाका सबैको चर्चाको पात्र साइँला बा बन्नु भएको थियो । विश्वास लागेको थियो, अब त सानीमा एक्लै पर्नुभएन ,तर कसैको अनुमान सहि �� हरेन । साइँला बा अडिनुभएन । फेरि उतै जानुभयो । दिदी पनि बित्नुभयो । सानीमाका जीवनमा दुःख निख्रेन । केही पछि त सानीमा पनि उतै जानुभयो । कहाँ+ भनेजस्तो हुन्थ्यो ! उहाँले सहज मान्नु भएन, फर्केर आउनुभयो । पारिवारिक गुजाराको अलिक सहज खोजीका क्रममा सानीमा उर्लाबारी छेउमा बस्नु भएकोछ । साइँला बा कहिले – कहिले मात्र आउनु हुन्थ्यो । यता ढुक्क बस्न मान्नु हुन्नथ्यो । उहाँलाई यता सन्तुष्टि लाग्दैनथ्यो । हामीले उहाँ+लाई यता राख्न, तान्न सकेनौ । कहिले पशुपतिको रामघाट, कहिले देवघाट, कहिले हरिद्वार, कहिले उत्तरकाशी बस्दै आउनुभएका साइँला बा २०६२ सालको असौजमा बित्नुभएछ। हामीले त २०६२ सालको मंसिरमामात्र थाहा पायौ । साइँला बा यस्तै मृत्यु चाहनुहुन्थ्यो । त्यस्तै भयो । सानीमालाई अलिक धेरै पीडा भयो । हामीले अलिक पीडा मिसायौ । यसरी साइँला बाको इहलीला समाप्त भयो । हामीले साइँला बालाई बिर्सन थाल्यौ ।
संसार यस्तै रहेछ । साइँला बा जस्तै हामी पनि बिदा हुन्छौ । आफन्त र परिचितहरुले हामीलाई बिर्सनेछन् । हामी भौतिक रूपमा र नामबाट पनि समाप्त हुनेछौ । हामीलाई त साइँला बाको जति पनि अरूले सम्झने छैनन\ । त्यस्तो संम्झिरहन योग्य काम नै हामीले केही गर्न{ सकेका छैनौ । साइँला बाका त संम्झिइ रहनुपर्ने कुराहरू धेरै थिए । साइँला बाका कुरा त यतिनै हुन\ । तर मलाई चित्त बुझेको छैन । मलाई लाग्छ, साइँला बाका सम्झ्न पर्ने{कुरा धेरै छन्। फक्कड स्वभावको, लोभ र लालच पटक्कै नभएको, धेरै कुरा बुझ्ने , धेरै विषयको ज्ञान भएको , निर्भीक, दयालु, भावुक, सहृदयी , यस्ता कति हो कति गुण थिए साइँला बाका । सबै गुण अहिले म सम्झन सक्तिन ।
साइँला बाका अक्षर, भाषा र संस्कृतको ज्ञान, स्पष्ट बोल्ने शक्ति र क्षमता , सक्रियता, उत्साह र जाँगर यस्ता धेरै कुराको मलाई आरिस पनि लाग्छ । साइँला बा जस्तो हुनुहुन्थ्यो त्यस्तै गुण रहेको मान्छे त हुन सम्भव छैन जस्तो मलाई लाग्छ । साइँला बा सँगका धेरै स्मृतिहरू मसँग छचल्किएका छन् तर अहिले यहाँ+ तिनको उल्लेख सम्भव छैन । म साइँला बालाई जसरी संझिरहेछु , म सारै थोरै गुणमात्र संम्झिरहेछु । साइँला बासँग उहाँ+लाई सम्झने क्रममा समेत म हारेको छु । हो साइँला बा अरूसँग नहार्ने{ विशिष्ट योद्धा हुनुहुन्थ्यो । उहाँ+ले मृत्युलाई पनि हराउनुभयो । उहाँ+ जस्तो चाहनुहुन्थ्यो , त्यस्तै मृत्यु हात पार्नुभयो । साइँला बाको स्मृतिमा मेरो त केवल श्रद्धाञ्जलि मात्र ।
२०६३ साल कार्तिक