सूर्य कन्दङ्वा मेरो छोटो स्मृतिमा
सूर्य कन्दङ्वाका बारेमा एउटा स्मृतिग्रन्थ निस्कँदै छ – त्यसका लागि एउटा रचना तयार गरिदिनुपर्यो भन्ने केही साथीहरूको आग्रह छ । सूर्य कन्दङ्वाका बारेमा सम्झँदै म अतीतमा डुब्न लाग्छु । म झापाका गाउँको एउटा प्राथमिक शिक्षक, एक मध्यान्नमा मेरो सूर्य कन्दङ्वा र रामप्रसाद पोखरेलसँग पहिलो परिचय र भेट हुन्छ – शिवगञ्ज बजारमा । त्यस बेला उहाँहरू साहित्य संगम आ�� राई र नेपाली साहित्य परिषद् झापासँग सम्बद्ध हुनुहुँदो रहेछ । ती दुवै साहित्यिक संस्थाहरूले झापाको शनिश्चरेमा एउटा साहित्यिक सम्मेलन गर्ने योजना गरेर उहाँहरू दुवै जना त्यसको व्यवस्थापनमा जुट्नुभएको रहेछ । २०२५ सालमा सम्पन्न त्यो साहित्य सम्मेलनको आफ्नै महत्त्व र विशेषता रहेको छ, प्रगतिशील साहित्यमा । मसँग त्यसरी पहिलो भेट भएका दुवै व्यक्तिहरू अहिले यस संसारमा हुनुहुन्न । उहाँहरूको स्मृतिमात्र शेष रहेको छ ।
रामप्रसाद पोखरेलले त्यस बेला आफूले विश्वास गरेको राजनीतिक पद्धतिलाई आफ्नो मान्यतामा परिवर्तन गर्नुभयो । पञ्चायत र गाउँफर्कतिर लाग्नुभयो तर सूर्य कन्दङ्वा इस्पात बनेर रहनुभयो । जेल नेल, अनेकौं प्रहार, आक्रमणले उहाँका विचारलाई हेरफेर गर्न सकेनन् । मृत्युपर्यन्त उहाँ आफ्नो विश्वासमा अटल रहनुभयो । सिद्धान्तनिष्�� रहेरै मृत्यु वरणगर्ने सूर्य कन्दङ्वा समाजको असल प्रेरणाको स्रोत रहनुभयो ।
उल्लिखित परिवेशमा परिचित सूर्य कन्दङ्वासँग मेरो जीवनका विभिन्न मोडमा भेटघाट हुने गर्थ्यो, झापामा । भेटघाटमा सुख – दुःखका कुरा हुन्थे । समाज र मुलुकको राजनीतिका कुरा हुन्थे । एउटा राम्रो कम्युनिस्ट पार्टीको साझा कुरा हुन्थ्ये । भेटघाटमा अपनत्व थियो, आत्मीयता थियो , हार्दिकता थियो । भेटघाटका क्षण उत्साहप्रद र उर्जायुक्त हुन्थे । उहाँ झापाको यर्थाथका बारेमा, साथीहरूका बारेमा हामीबाट जानकारी लिनुहुन्थ्यो र आ�� राईतिरका हरेक घटनाका बारेमा हामीलाई जानकारी दिनुहुन्थ्यो । उहाँ सांसद बन्नुभयो, उहाँको सरलतामा कुनै परिवर्तन आएन । सामान्य वेषभूषामा शिष्ट र नरम बोली–वचनले सूर्य कन्दङ्वालाई शालीन व्यक्तित्वका धनी बनाएको थियो ।
सूर्य कन्दङ्वाको जीवन एउटा नदीजस्तो थियो जो अविरल वगी रहन्छ । विना अवरोध, विना विश्राम, चेतनाको बीउ छर्दै, एउटा सभ्य र सुसंस्कृत समाजको चाहना राख्दै थकाइलाई मुस्कानले मेटेर रातोदिन यात्रा तय गरि रहने योद्धाको नाम हो – सूर्य कन्दङ्वा । आ�� राई तेह्थुम, ताप्लेजुङ , पाँचथर आदि पूर्वाञ्चलका भू–भागहरू अहिले एमाले, माले , माओवादी जोसुकैका अंश भागमा परून्, तिनले पाएको सम्पत्ति हरेक हिस्सामा सूर्य कन्द्ङवाको रगत र पसिना छ । त्यहाँ सूर्य कन्द्ङवाको वैँस नपोखिएको भए आज उनीहरू कसैको पनि त्यत्रो उचाई हुने थिएन ।
मानिसहरू भन्छन् – सूर्य कन्दङ्वाका केही नराम्रा लतहरू थिए । हो , उहाँ अलिक पिउनुहुन्थ्यो । त्यसै कारण स्वास्थ्य प्रतिकूल रहयो र असमयमै उहाँको निधन भयो । जीवनका अन्तिम क्षणहरूतिर पुग्दा उहाँमा केही निराशाहरू पनि बढेर गए र ती निराशाहरू आफ्नै विचारका अगुवाहरूका विकृतिजन्य कार्यका परिणाम थिए । सादा जीवन र उच्च विचारका प्रतीक जस्ता लाग्ने सूर्य कन्दङ्वालाई समाज उत्थानमा लागि सधैँ लागिरहने असल शिक्षकका रूपमा आ�� राईले पायो, जसले समाज र राष्ट्रबाट केही लिन चाहेन, समाज र राष्ट्रलाई केही दिन मात्र आतुर रह्यो । आफू झुकेर समाजलाई उ�� ाउन सधैँ उत्सुक आदर्श व्यक्ति सूर्य
कन्दङ्वालाई मेरो श्रद्धाञ्जलि र उहाँको स्मृतिमा यो ग्रन्थ प्रकाशित गर्ने
आयोजक मित्रहरूलाई धन्यवाद !