अलिकति आफ्नै कुरा
समय बगि रहेछ । समयका प्रवाहमा हामी पनि बगि रहेछौं । प्रवाहमा अनेकको अनेकसँग भेटघाट सम्पर्क र सम्बन्ध हुन्छ । आत्मीयता बढ्छ । जीवनका त्यस्ता प्रवाहमा सङ्गत भएका मान्छेहरू, जो बितिसके, केहीका बारेमा संस्मरण लेख्तै जाँदा यो किताब तयार भएको छ । त्यसो त यो किताब तयार गर्ने नै भनेर लेख्न थालेको हैन । बितेका मान्छेहरूका बारेमा स्मृतिग्रन्थ प्रकाशन हुँदा तिनका लागि लेखिएका र सम्बन्धित स्मृतिग्रन्थमा छापिएका संस्मरणहरूको बाहुल्यता यो किताबमा परेको
छ । त्यसैले प्रसङ्ग र समय पुरानु छ, तिथि – मिति उल्लेख नभएर अरु अन्योल हुन सक्छ, त्यसका लागि म केवल क्षमा माग्छु ।
केही लेखहरू नयाँ पनि छन्, जसको स्मृतिग्रन्थ प्रकाशन भएको छैन । त्यसरी अगाडि प्रकाशित र अप्रकाशित दुवैको सङ्गम पनि यो रहेको छ । साथै जसका बारेमा लेखिएको छ, उहाँहरु अनेक प्रवृत्तिका, अनेक जीवन पद्धतिका पनि हुनुहुन्छ । मलाई लाग्छ, उहाँहरु जे रहेपनि उहाँहरुको छानु मुन्तिर मेरो जीवन – यात्रा संभव रह्यो । उहाँहरुसँगको सम्बन्ध बाहेक गरेर मेरो जीवन अस्तित्वमा रहँदैन ।
त्यसो त यसरी लेख्नुपर्ने मानिस यतिमात्र हैनन्, अझै – अनेक छन्, तर मैले लेख्न सकिन । जीवनमा जसले प्रेरणा दिए, सहयोग – साथ दिए, अनेक अर्थले निकटता दिए, समाजलाई र राष्ट्रलाई अनेक दिए, भावी सन्ततिले अनेक पाए र उनीहरू बिते त्यस्ताहरूलाई सम्झनु र केही लेख्नु कर्तव्य हो, तर सबैलाई लेख्न सकिएन । लेख्नु पर्ने व्यक्तिहरू जसलाई लेख्न सकिएन र बितेका छन्, सबैलाई एकमुस्ट श्रद्धाञ्जलि मात्र समर्पण गर्छु अहिले ! अनि लेखिएकाहरूका बारेमा अझै लेख्नु पर्थ्यो, लेखाई पुगेको छैन, यस्तो पनि भएको छ । यो यस्तै भएको छ र अब पा�� कको अदालतमा छ । यसलाई यस रुपमा पुर्या।उन मेरा गुरु चूडमणि रेग्मीज्यू र मित्र तारा ´विविध´ज्यूले पुर्या इदिनु भएको योगदानप्रति म आभार व्यक्त गर्छु । यो पुस्तक प्रकाशन गर्न उत्साहित भएर लाग्ने छोराहरु युवराज र सुशान्तको जाँगरले मात्र यो प्रकाशन संभव बनेको कुरा पनि उल्लेख्य छ ।
त्यसो त मैले लेख्नुपर्ने मान्छेहरू थिए, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, भिमनिधि तिवारी, सिद्धिचरण श्रेष्�� , बालकृष्ण सम, गोपालप्रसाद रिमाल, भूपी शेरचन, पारिजात र झापाका पनि फत्तेबहादुर बुडाथोकी, श्यामकृष्ण उपाध्याय, बसन्तकुमार खड्का, टीकेन्द्रकुमार खड्का, हरि भेट्वाल, पोखराज कडरिया, लीला कट्टेल, मदन खपाङ्गी र मेरा आफन्तहरुमा मेरा हजुरबा, भिनाजुहरू, माँइलाबा, काँइलाबा, सोमनाथ दाइ आदिहरू धेरै थिए । कतिसँग मेरो सङ्गत भयो, कतिसँग मेरो चिनाजान पनि भएन र कतिसँग चिनजान र सम्पर्क पनि भयो । चिनजान नभएकाहरु, मैले वुझेपछि वित्नुभयो, मृत्युले मलाइ छोयो र उहाँहरु राष्ट्रिय जीवनका ख्यातिप्राप्त व्यक्ति हुनुहुन्छ र उहाँहरुले मुलुकको भविष्यका लागि �� ूलो योगदान दिनुभएकोछ तैपनि मैले उहाँहरुका बारेमा लेख्न सकिंन । संभव भएछ भने फेरि लेख्नेछु ।
यसपल्ट यतिमात्र भएको छ । जे भएकोछ, यस्तै रहेकोछ ।
– लीला उदासी
२०६६ जेष्ट १२
चारपाने– १, झापा