मनका नायकहरू´का सम्बन्धमा दुई शब्द
आदरणीय लीला दाइले एक भेटमा उहाँले भरखरै तयार पार्नुभएको “मनका नायकहरू” कृतिका सम्बन्धमा मन्तव्य राखिदिनको लागि अनुरोध गर्नुभयो र मैले पनि ततक्षण “हुन्छ” भनें । “हुन्छ” त भनें तर पछि गमेर ल्याउँदा मलाई यो काम निकै क�� िन महशुस भयो । निकै लामो समययतादेखि अहोरात्र नेपाली भाषा – साहित्यका फाँटमा कलम चलाउँदै आउनु भएका वहाँका रचनामा जुन ओज, वजन र स्तर छ, त्यस्लाई सही ढङ्गमा पहिचान गरी न्यायसङ्गत तवरमा केही भन्न सक्नु लर्तरो कुरा होइन थियो । त्यही हुनाले गर्दा निकै दिनसम्म अब के लेख्नु होला ? भनी
म बिलखवन्दमा परें । “जड्घार तर्नु खुट्टा नकमाउनू” भन्ने उखान सम्झदै लीला दाइको अनुरोधतर्फ धकेलिएँ । लीला दाइको अनुरोध स्वीकार गरेर उहाँप्रति न्याय गर्न खोज्दा कृतिबारे प्रस्तुत गरेका कुराहरु अपुग भई उल्टै अन्याय पो पर्न जाने हो कि ! भन्ने डर मनभित्र कता – कता छँदै छ ।
मेरा हातमा अहिले ’मनका नायकहरु’ शीर्षकको कृति छ, जसमा २० जना विभिन्न क्षेत्रका व्यक्तिको व्यक्तित्वका बारेमा संक्षिप्त ढङ्गमा चर्चा– परिचर्चा गरिएको छ व्यक्तिको व्यक्तित्वलाई आधार मानेर वा कुनै व्यक्तिको व्यक्तित्वको अमीट छाप आफूमाथि पर्दा त्यस उपर लेखिएको यो रचनालाई कसैले निवन्धहरुको संङ्गालो रहेछ भनेर मात्र पनि मान्न सक्ला तर यथार्थमा यी २० रचनाहरु जो छन् तिनमा केवल निवन्धात्मकताका गुणहरुमात्र छैनन् वरु त्यसबाट अझ अगाडि बढेर यो जीवनी साहित्य बन्न पुगेको छ । के हो जीवनी साहित्य ? प्रसिद्ध समालोचक प्रा डा दयाराम श्रेष्�� ´संभव´ भन्नुहुन्छ– “व्यक्ति विशेषको सम्पूर्ण वा आंशिक जीवनका तथ्यपूर्ण घटनाहरू, मानसिकप्रभाव, अनुभव तथा क्रिया – कलापको क्रमबद्ध विवरण सविस्तार प्रस्तुत गरिएको गद्य रचनालाई जीवनी साहित्य भनिन्छ । ………जीवनी साहित्यलाई इतिहासकै एक अंश मान्न सकिन्छ । व्यक्ति विशेषको सम्वन्ध समाज, संस्कृति, राजनीति आदिसँग हुने भएकाले जीवनीबाट तत्कालीन सामाजिक, सांस्कृतिक वा राजनीतिक परिवेश बुझ्न सकिन्छ ।” (नेपाली साहित्यको संक्षिप्त इतिहास द्वितीय संस्करण–२०४० पृष्�� १९६) जीवनी साहित्यको यस शास्त्रीय मान्यताको शिरोपर गर्दै मैले यी २० रचनाहरूलाई केवल स्पष्ट निबन्ध मात्र नमानी जीवनी साहित्य भनेर मानेको छु । यस कृतिभित्र २० जना विशिष्ट व्यक्तित्वको प्रत्यक्ष चर्चा–परिचर्चा छ भने तिनै सबैसँग विभिन्न परिस्थिति परिवेश र सन्दर्भहरूमा प्रत्यक्ष–परोयक्ष रूपमा जोडिएर कहीँ साँगुरिदैं कहीँ फिँजिदैं कहीं गहिरिँदै कहीँ उत्रँदै, कहीँ देखिदै कहीँ हराउँदै स्वयम् लेखक पनि निरन्तर रूपमा अगाडि बढीरहनुभएको देख्न पाइन्छ । त्यसो हुदाँ यो उहाँकै पनि जीवनी हो । यस कृतिभित्र सिङ्गो लीला उदासीको जीवनी चुरोका रूपमा छिपेर रहेको छ ।
’मनका नायकहरु’ कृतिमा उल्लिखित २० व्यक्तित्वहरूलाई तिनमा पाइने विशेषताका आधारमा विशलेषण गर्दा जम्मा चार भागमा वर्गीकरण गरी हेर्न सकिन्छ । जसमध्ये पहिलो भागमा विशेष गरी राजनैतिक पृष्�� भूमि भएका व्यक्तित्वको चर्चा भएको पाइन्छ । त्यसअन्तर्गत मनमोहन अधिकारी, द्रोणाचार्य क्षेत्री, सि के प्रसाई, तुरषा हेमरम, सूर्य कन्दङवा,, रामनाथ दाहाल तथा देवकुमार आचार्य पर्दछन् । यिनीहरु सबै सच्चा, निश्छल, इमान्दार र राष्ट्रभक्त सपुत थिए, जसले जीवनभर जनताको स्वार्थका खातिर आफ्नो राजनैतिक चिन्तन वा कर्मको उपयोग गरे । माथि उल्लिखित भएमध्ये पनि मनमोहन अधिकारी, सि के प्रसाई, तुर्सा हेमरमको जीवन विशुद्ध सत्–राजनैतिक कर्ममा रहयो यस भूमिमा । द्रोणचार्य क्षेत्री जसलाई आमरुपमा राजनैतिक व्यक्तित्वका रुपमा चिन्ने गरिन्छ तापनि उनको स्रष्टा व्यत्तित्व, शिक्षक व्यक्तित्व, पत्रकार व्यत्तित्व तथा क्रान्तिकारी आदि विभिन्न व्यक्तित्वका पाटाहरुको पनि निरूपण गरिएको छ । लौ त भनूँ भने द्रोणाचार्य क्षेत्रीको सिङ्गो जीवनीको वृत्तचित्र प्रस्तुत गर्ने काम यहाँ भएको छ । त्यसरी नै रामनाथ दाहाल, सूर्य कन्दङवा तथा देवकुमार आचार्यलाई जनवादी विचारका प्रज्वलक पुरुषका रुपमा यहाँ चित्रण गरिएको छ । आज आमरुपमा जनवादी बिचार तथा चिन्तनले जुन उचाइ प्राप्त गरेको छ त्यसको पृष्टपोषणका लागि पृष्�� भूमिमा यिनै महान् पुरुषको आत्मबलिदानी योगदानको हात रहेको उल्लेख छ ।
माथि उल्लेख भएबाहेक अन्य ६ जना व्यक्तित्वलाई अलगै एक �� ाँउमा राखी हेर्न सकिन्छ, जसअन्तर्गत वल्लभमणि दाहाल, गणेश भण्डारी, नरेन्द्र चापागाई, जीवन आचार्य, रुद्र खरेल तथा एस एल शर्मा पर्दछन् । यथार्थमा वल्लभमणि दाहाल प्राज्ञिक व्यत्तित्व हुन् । उनै वल्लभमणि दाहालको वैचारिक पक्ष र निजी व्यवहारिक पक्षको यहाँ चित्रण भएको छ । महान् व्यत्तित्वको एकै क्षणको सामीप्य पनि कति चिरस्मरणीय, फलदायी र जीवन उपयोगी हुनपुग्दो रहेछ त्यसलाई लेखकले यहाँ जीवन्त रुपमा प्रस्तुत गर्नुभएको छ । डा गणेश भण्डारीको प्रखर प्राज्ञिक एवं समाललोचकीय व्यक्तित्वको चर्चा भएको छ । उनको दुर्घटनाका कारणले भएको असमायिक निधनप्रति दुख प्रकट गरिएको छ । त्यसै गरी एस० एल० शर्मा, नरेन्द्र चापागाईं एवं रुद्र खरेल आदिका सादगी जीन्दगी र उदाहरणीय, अनुकरणीय व्यक्तित्वको पक्षको खुलेर प्रशम्शा गरिएको छ जो यथार्थमा प्रशम्सा गर्नलायक पुरुषहरु हुनुहुन्थ्यो पनि । यहाँ जीवन आचार्यको प्राय सिङ्गो ३० बर्षे जीवनको बृत्त – चित्र प्रस्तुत छ । असामयिक रुपमा मृत्यु धारण गर्ने जीवन आचार्य एक होनहार प्रतिभा थिए, जसमा एकै व्यक्तिभित्र स्रस्टा व्यक्तित्व र कलाकार व्यक्तित्व अन्तर – निहित रहेको थियो भन्ने जानकारी हामीलाई प्राप्त हुन्छ ।
यहीँ अर्को कित्ताभित्र उभिने व्यक्तित्वहरुमा देवीप्रसाद उप्रेती, पदमबहादुर गिरी, घनश्याम खनाल र वेचन रहेका छन् । यी परम कर्म�� पुरुषहरु हुन् जसलाई लेखकले आफ्ना कृतिमा पृथक् रुपमा विशिष्�� स्थान प्रदान गर्नु भएको छ । समाजलाई जागरणको वाटोमा अग्रसर तुल्याउनका लागि दानविर कर्ण बनी जीवनभरि सरिक रहने देबीप्रसाद उप्रेती अहिलेका पुस्ताका लागि किम्वदन्ती बनेका पुरुष हुन् । उनै देवीप्रसाद उप्रेतीका व्यक्तित्वका अन्य आयाम वा पाटाहरुको समेत निरुपण गर्ने प्रयास यहाँ भएको छ । यही लहरमा उभिएका अर्को व्यक्तित्व हुन् पदमबहादुर गिरी । उनमा रहेको राष्ट्रवादी भावना, कर्मप्रतिको निष्�� ाभाव आदिलाई यहाँ देखाउन खोजिएको छ । बाह्य रुपमा रुखो, निरस जस्तो लागे पनि यथार्थमा उनी ज्यादै नरम मानवीय गुणले ओतप्रोत व्यक्ति थिए भन्दै यहाँ वास्तविक पदमबहादुर गिरीको चित्रण गरिएको छ ।
मनका नायकहरुभित्रका अर्का सत्पात्र हुन् वेचन हरिजन । यी बिलकुलै प्रतीक पात्र हुन् । यिनका उपरको चित्रणमा कुनै अतिकल्पनाशील छदैछैन तर लाग्छ यी काल्पनिक पात्र हुन् । आफ्नो थोरै आम्दानीबाट पनि कसैले समाज निर्माणका लागि अर्पण गर्ला ? कत्ति – कत्ति अपार सम्पति भएकाहरु पनि कृपणी भई समाजका लागि केही नछुट्याउने उदाहरण यहाँ धेरै पाइन्छन् उनिहरुको वीचमा वेचन हरिजन जस्ता अनुपम पात्रहरु पनि छन् ।
यसपछि अर्का स्वनामधन्य पुरुषको चर्चा भएको छ जोचाहिँ सदैव गीताको कर्मवादी दर्शनबाट उत्पेरित भई सत्कार्यमा सक्रिय रहिरहेथे भन्ने लाग्दथ्यो । उक्त नाम घनश्याम खनाल हो । व्यक्तिगत रुपमा अत्यन्त मिलनसार सहयोगी र जो – कोहीका लागि आड – भरोसा हुनसक्ने व्यक्तित्वका रुपमा खनालको चित्रण भएको छ । शिक्षाका क्षेत्रमा नयाँ – नयाँ अवधारणाका परिकल्पनाकार घनश्याम खनाल अरु केही बाँचेका थिए भने शिक्षाका क्षेत्रमा अबश्य सिङ्गो राष्ट्रले नयाँ कुरा प्राप्त गर्ने थियो भन्ने विश्वास गर्न सकिन्छ भनी लेखकले यहाँ उल्लेख गर्नु भएको छ तर हाम्रो समाज गुणग्राही छैन, त्यसो हुँदा घनश्याम खनालले आफ्नो जीवनकालमा
धेरै अपमान सहनु पर्यो भन्दै लेखकले खिन्नता प्रकट गर्नुभएको छ, अन्तमा ।
माथि उल्लेखित व्यक्तित्व देखिबाहेक अरु तीन व्यक्तित्वको चर्चा यहाँ भएको पाइन्छ जस्को छुट्टै बिशेष महत्व छ । लेखकभित्र गढेर रहेको मात्रृत्वप्रतिको मोहभाव तथा पित्रृत्वप्रतिको आत्मिक लगाव यहाँ स्पस्ट देखापर्छ । ती तीन व्यक्तित्वहरुमा स्वयम् लेखककै बा तथा साइँला बा र बिर्तामोडकी आमा ढकाल्नी आमै पर्दछन् । लेखकले पिताज्यूका माध्यमबाट पिताज्यूको अवसानले जो कोही सन्तानलाई पर्ने मानसिक सन्ताप वा आघातको जीवन्त चित्रण गर्नुभएको छ । मृत्युले ल्याउने मानसिक बेचैनी कस्तो हुन्छ ? आफ्नै अनुभूतिलाई पा�� क बर्गमा राम्रो सम्प्रेषण गर्न सक्नुभएको छ । लेखकले आफ्ना बा ले आफू बाँचेको परिबेशलाई कति नै प्रतिकूलतावीच कति माया गर्नुहुन्थ्यो, उहाँको जीवन कति सङ्घर्षशील थियो इत्यादिको वर्णन गर्नुका साथै हाम्रा मृत्यु संस्कारका बारेमा पनि दुई–एक समसामयिक टिप्पणी प्रस्तुत गर्नुभएको छ लेखकले ।
´साइँलाबा´मा व्यक्तिले जीवनलाई स्वीकार गर्ने पद्धतिका सम्बन्धमा चर्चा छ । साइँलाबा जसले जीवनलाई कहिल्यै बन्धनका रुपमा नलिएको कुराको उल्लेख छ । मान्छेले सामान्यतया जीवनलाई सन्सारिक बन्धन हो भन्ने �� ान्दछ तर लेखकका साहिलाबा त्यस्तो चिन्तनमुक्त र स्वतन्त्र, निश्चिन्त जीवन भोग्न सफल व्यक्ति भनेर उल्लेख गरिएको छ ।
´ढकाल्नी आमा विर्तामोड की आमा´ समग्र निवन्ध भित्र एक मात्र नारी पात्रका रुपमा ढकाल्नी आमालाई लेखकले छान्नुभएको छ । आजको भाग – दौडको दुनियाँमा कोही पनि जो – कोहीकी आमा बन्न सक्नु अनौ�� ो कुरा बन्दछ त्यसमा पनि आजको जस्तो बिर्तामोडमा । ढकाल्नी आमा त्यस्तै आदर्श नारीभित्र पर्दछिन् जसले जहाँ जसलाई पनि हार्दिकता पूर्वक प्रेमभाव प्रकट गर्दछिन् । स्वयम् लेखकले अनि उहाँकी पत्नीसमेतले ढकाल्नी आमाको त्यो न्यानो स्नेह मी�� ो बोली – बचन र व्यवहारद्वारा मात्रृत्व प्राप्त गर्नसक्नु भएको थियो जसले गर्दा ढकाल्नी आमाको मृत्युले लेखक अनि उहाँकी पत्नीलाई समेत विह्वल एवम् सम्वेदनशील तुल्यायो ।
´मनका नायकहरू´को शीर्षक सम्बन्धमा
´मनका नायकहरु´कृतिको शीर्षक बिल्कुलै सार्थक प्रतीत हुन्छ । आफूले ज्यादै नजिकबाट जानेका, बुझेका, चिनेका, �� हराएका, �� म्याएका व्यक्तित्वलाई स्वयम् लेखककै मनले अर्थात् हृदयले जुन स्थान एवम् दर्जा दियो त्यही मुताविक लेखकले यो शीर्षक दिनुभएको जस्तो लाग्दछ । प्रायजसो शीर्षकहरु बहुपदीय छन् ।
कृतिको भाषिक पक्ष
कृतिभित्रका प्रायजसो रचनाहरुबाट श्रुति मधुर बाणीहरु प्रशस्त निकाल्न सकिन्छ । लेखकमा विषय वर्णनको विचित्रको खुवी छ । जस्तो कि “उहाँ असामान्यताभित्रको सामान्य व्यक्तित्व र सामान्यभित्रको असामान्य व्यक्तित्व” (पिपलको रुख मनमोहन अधिकारी, पृष्�� –४) त्यस्तै अर्को भनाइ “बाका बारेमा लेख्न थाले र लेख्नै नसकी यसरी हारेको छु ।” (मेरो स्मृतिमा बा, पृष्�� ३५)
लेखकमा भाषिक सीपको पूर्ण दक्षता रहेको प्रतीत हुन्छ । सरल शव्दावलीको प्रयोग गर्नु नै उहाको प्रमुख विशेषता देखिन्छ । झर्रो नेपाली शव्दको प्रयोगमा कुनै कमी छैन, जस्तो कि उदाहरणमा निम्न शव्दहरुलाई राख्न सकिन्छ – छर्कनु, कडी, पुर्पक्षे, जुक्ति, झेल्नु, लाखापाखा, भारोपर्म, निथ्रनु, मुजा पर्नु, छक्किनु, कहर काट्नु, औषधि – मूलो, आदि । त्यस्तै सर्वसाधारणले पनि चलन – चल्तीमा ल्याउने, लौ त भनूँ भने नेपाली जनजिब्रोमा पचिसकेका अङ्ग्रेजी शव्दहरुको प्रयोग पनि यहाँ भएको पाइन्छ । जस्तो ,– स्कूल, कलेज, पोस्टर, च्याम्बर तथा क्लाइण्ट आदि । त्यस्तै गरी टुक्काको प्रयोग पनि यहाँ निकै संख्यामा भएको पाइन्छ । जस्तै– पुङ्न पुच्छरको, मेलो पाउनु, झेल्नु इत्यादि ।
शैली पक्ष
प्राय वर्णनात्मक शैलीलाई नै लेखकले यहाँ बढी उपयोग गर्नुभएको पाइन्छ । यदाकदा पूर्वदीप्ति शैलीको प्रयोग गर्न खोजिएको पनि भेटिन्छ । कुनै – कुनै रचनाहरू वर्णनात्मक शैलीमा जादाँ – जाँदा स्वाट्ट पूर्वदीप्रि शैलीको उपयोग भएको पनि पाउन सकिन्छ तर रचनाको ओजलाई त्यसले घटाएको हुँदैन बरु श्रीवृध्दि गरेको देखिन्छ । माथि उल्लेख भएबाहेक नाटकीय शैलीको उपयोग गर्न पनि लेखकले रुचाउनुभएको पाइन्छ । नाटकीय शैली सामाण्यतया रचनामा दुई ढङ्गबाट उपयोग हुने गर्दछ जस्तै (क)संवादका रूपमा तथा (ख)घटनालाई दृश्यात्मकता प्रदान गरेर । यस कृतिभित्र चाहिँ लेखकले संवादका माध्यमद्वारा होइन घटना वर्णनलाई दृश्यात्मकता प्रदान गर्नेतिर लाग्नुभएको देखिन्छ ।
दृष्टिविन्दु
´मनका नायकहरू´ तृतीय पुरुष दृष्टिविन्दु प्रधान कृति हो, यद्यपि स्वयम् कृतिकार म पात्रका रूपमा कृतिभित्र अद्योपान्त उपस्थित भएको देखिँदा कतै यो प्रथमपुरुष दृष्टिविन्दु प्रधान कृति त होइन भने जस्तो पनि लाग्दछ । यहाँ म पात्र त अन्य पात्रलाई पा�� कसमक्ष उपस्थित गराउन र पा�� कको समग्र ध्यान त्यही पात्रमा केन्द्रित गराउन चेष्टाशील छ । म पात्रले ´म´का बारेमा होइन ´ऊ´का बारेमा केही भनिरहेको र पा�� कले पनि त्यो बेला त्यही ´ऊ´ लाई ´म´का वर्णनका माध्यमबाट नियाल्न खोजेको हुदाँ यो कृति तृतीय पुरुष दृष्टिविन्दु प्रधान छ भन्न सकिन्छ ।
अन्तमा, जीवनीप्रधान यस कृतिले विशेष महत्त्व राखेको छ । प्रस्तुत कृतिका बारेमा जो – जति यहाँ भनियो त्यो वास्तवमा सूर्यलाई हत्केलाले छेल्ने प्रयास गरेजस्तो मात्र भएको छ । यसमा अरू धेरै कोणहरूबाट विश्लेश्ण हुनुपर्दथ्यो, तर त्यो यहाँ भएन विज्ञ पा�� कहरुबाट त्यो काम पूरा हुनेछ भन्ने आशाका साथ म यो लेखनी बन्द गर्न चाहन्छु।
तारा ´विविध´ २०६६।२।२