जीवनका परिघटनाभित्र द्रोण

 तलतिर तमोर बग्दै थियो । उता नजिकै लाग्ने गरी हिमाल स्थिर थियो । तमोरको पानी सङ्लो थियो र हिमाल सफा थियो । तमोरको सङ्लो पानी र सफा हिमालजस्तै त्यस गाउँका घेरै मान्छेको मन चोखो थियो । थोरै मात्र मान्छे सताउने मान्छे थिए । चेतना थिएन, शिक्षा थिएन गाउँभरि अन्धकार थियो । त्यो पूर्वी नेपालको तेह्रथुम जिल्लाको आ�� राई चुहानडाँडाको फुकानदिन थियो, जहाँ आजभन्दा ४८ वर्षअगाडि विक्रम सम्वत् २००२ साल मङ्सिर मसान्तका दिन द्रोणप्रसाद आचार्यको जन्म भएको थियो ।

द्रोणप्रसाद आचार्यको पारिवारिक पृष्�� भूमि निम्नवर्गीय परिवार हो । पद्मबहादुर आचार्य र जालपादेवी आचार्यबाट जन्मेका ४ छोरी र २ छोरामध्धे कान्छा छोरा द्रोण हुनुहुन्थ्यो । यसै त तीनवटी आमाहरू – मध्ये उहाँ माइलीतर्फका हुनुहुन्थ्यो र जे�� ीतर्फ ४ छोरा २ छोरी, कान्छीतर्फ १ छोरा १ छोरी भएबाटै उहाँको निकै �� ूलो परिवार हामी अनुमान गर्न सक्छौं ।

बाल्यकाल

निम्नवर्गीय परिवारका बालबच्चाहरू शिक्षाको उज्यालोबाट वञ्चित हुन्छन् । कुपोषणका शिकार हुन्छन् । स्वास्थ्य परीक्षणको व्यवस्थाबाट टाढा हुन्छन्- त्यसमा पनि आजभन्दा आधा शताब्दीअगाडि शिक्षाको किरण नपुगेको हिमालको फेदीमा जन्मेका व्यक्तिको बाल्यकाल नेपाल बुझ्न खोज्ने मान्छेका लागि स्पष्ट तस्विर हुन्छ । मेलापात, घाँसपात, दाउरा-स्याउला, घर-गो��  धन्दा यस्तै हो- त्यहाँका मान्छेको दिनचर्या । बालबच्चाहरू पनि बामे सर्ने र ताते हिँड्ने भएदेखि नै त्यही दिनचर्यामा ताते गर्छन् र बामे सर्छन् । यस्तै भन्दा भिन्न द्रोणको अवस्था थिएन र भएन पनि ।

जहानियाँ राणा शासनका विरुद्धमा मुलुकमा आन्दोलन चल्दै थियो । यस क्रममा विभिन्न उद्देश्यले अराजक गतिविधि पनि तीव्र भए । यस्तै अराजक गतिविधिको केन्द्रविन्दुसमेत द्रोण जन्मेको गाउँघर पनि थियो । त्यस्तो अराजक गतिविधिका शिकार भएका कैयौँ निरीह परिवार आज पनि झापा, मोरङ र भारतको आसाममा गुजारा गरिरहेका छन् । यस्तै आतङ्क भोगेर भए पनि द्रोणको परिवार तत्काल त त्यहीँ अडियो ।

हृष्टपुष्ट र मोटोघाटो भएकै कारण द्रोणलाई उहाँका पिताले ” मोटा ” भनेर सम्बोधन गर्नुभएको कुरा उहाँका आफन्तहरू बताउनुहुन्छ । उहाँ अत्यन्त चञ्चल, चकचके र उपद्रो गरिरहने स्वभावको हुनुहुन्थ्यो । उहाँको घर– नजिकै २००४ सालमा एउटा विद्यालय स्थापना भयो जो आज पनि शारदा मा.वि.का नामले कार्यरत छ । त्यस विद्यालयले अन्धकारको साम्राज्यमा हुर्किरहेको एउटा प्रखर बिरुवाको काम गर्यो  । २०१० सालदेखि त्यसै विद्यालयमा द्रोणको अध्ययन शुरू भयो ।

विद्यार्थी र शिक्षक

२०१० सालदेखि शारदा मा. वि चुहानडाँडामा अध्ययन प्रारम्भ गर्नु भएका द्रोणले ५ कक्षासम्म त्यहाँ अध्ययन गर्नुभएको । यस अवधिमा द्रोणले अध्ययन मात्र गर्नुभएन । सबैका जस्तै निम्नवर्गीय किसानका व्यवहारका पा��  पनि सिक्नुभयो । माथि नै उल्लेख गरेको गाई गो�� , मेलापात , घाँसपात सीप पनि सिक्नुभयो ।

�� ूलो परिवार थियो । आर्थिक विपन्नता परिवारभित्र फक्रँदै  थियो । २०१५ सालतिर आर्थिक र सामाजिक चपेटामा परेर द्रोणका पिताले प्राकृतिक दृष्टिले  सुरम्य जन्मथलो छाड्नुभयो र भारतको आसामतिर लाग्नुभयो । यसै कारणले द्रोणको अध्ययन लगातार अगाडि बढ्न पाएन । उहाँ अध्ययन अगाडि बढाउने अनन्त इच्छाहरूलाई थाँती राखेर परिस्थितिको नियन्त्रणमा परेर प्राथमिक शिक्षकको रूपमा पहाडका नानीहरूसँग जीवन बिताउन थाल्नुभयो । यसरी उहाँले ताप्लेजुङको फावाखोला, खोकलिङ, धनकुटाको धारापानी (साँगुरी ) आदि स्थानमा विद्यालयहरूमा प्राथमिक शिक्षकका रूपमा काम गर्नुभयो । द्रोण विधार्थीलाई साह्रै माया गर्ने असाधारण शिक्षक हुनुहुन्थ्यो भन्ने कुरा तत्काल द्रोणसँग पढ्न मौका पाएका युवकहरू आज पनि बताउँछन् । धारापानी र खोकलिङ फावा खोलामा यति नै समय काम गर्नुभयो भनेर निश्चित रेकर्ड प्राप्त गर्न सकिएको छैन । २०१६-१७ तिरबाट द्रोण आसामतिर आवत–जावत गर्न शुरू गर्नुभयो र केही वर्ष आसामतिर  बस्नुभयो । आसामको नौतनहोली भन्ने �� ाउँमा बस्नुभएको द्रोणले त्यहाँको विद्यालयमा समेत केही समय अध्ययन गर्नुभयो ।

द्रोण आसाममा अड्न सक्नुभएन । २०२२ सालको अन्तमा भद्रपुर आउनु –भयो । त्यति बेला झापामा अनिवार्य निःशुल्क शिक्षाको योजना लागू थियो । द्रोणले भद्रपुर नगर पञ्चायत क्षेत्रको एउटा विद्यालयमा काम गर्न थाल्नुभयो । २०२४ सालमा द्रोण नर्मल तालिमको लागि धरान जानुभयो । पति–पत्नी दुवै नर्मल तालिममा जानुभएका द्रोणको जीवनमा २०२४ साल निकै महत्त्वपूर्ण रह्यो । यसै साल धरानबाटै एस.एल.सी दिनुभयो र पास गर्नुभयो । उहाँको सम्पादनमा “दोभान” भन्ने साहित्यिक पत्रिका प्रकाशित भयो । साहित्यकार र राजनीतिक व्यक्तिहरूसँग परिचय र हेलमेल बढ्यो ।

२०२५ सालदेखि द्रोण पृथ्वी नमुना विद्यालयको प्रधानाध्यापक हुनुभयो।  त्यो विद्यालय तत्काल झापाको नमुना नै थियो र त्यसलाई नमुनाका रूपमा प्रस्तुत गर्न द्रोणकै देन थियो । २०२५-२६ मा नमुना विद्यालयको

प्र.अ. रहँदै द्रोणले भद्रपुरको मेची महाविद्यालयमा आई.ए. अध्ययन गर्नुभयो । २६ सालमा आई.ए.को परीक्षा इलामबाट दिनुभयो, तर त्रि.वि.ले सेन्टर रद्द गरिदिएकाले केही समयपछि प्राइभेट परीक्षा दिएर आई.ए. उत्तीर्ण गर्नुभयो ।
भद्रपुरमा शिक्षक छँदा द्रोणले शिक्षक सङ्ग�� नको निर्माणमा �� ूलो योगदान पुर्याकउनुभयो । २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि द्रोण भद्रपुरको पृथ्वी नमुनाबाट शारदा नि.मा.वि मा स्थानान्तरण हुनुभयो ।  त्यहाँ केही समय शिक्षक रहेपछि द्रोणले शिक्षामै रहन रुचाउनुभएन । नयाँ शिक्षा योजनाको बिगबिगीमा शिक्षा अधिकारी र निरीक्षकहरूलाई चाकरी पुर्या।उनु भन्दा शिक्षकबाटै हट्नु द्रोणले उचित �� ान्नुभयो र हट्नुभयो । २०३० सालतिर केही दिन महेन्द्र मोरङ क्याम्पसमा बी.ए. अध्ययन गर्नुभयो। अन्य व्यस्तताले बी.ए. पूरा गर्न सक्नुभएन र औपचारिक अध्ययनका लागि अरू समय पाउनुभएन ।

साहित्यकार तथा पत्रकारका रूपमा द्रोण

द्रोण भावुक प्रकृतिको व्यक्ति हुनुहुन्थ्यो । बाल्यकालदेखि नै नाचगान लगायतका सांस्कृतिक कार्यक्रमहरूमा रुचि राख्नुहुन्थ्यो। विद्यार्थीछँदै यस्ता कार्यक्रमहरूमा भाग लिनुहुन्थ्यो । उहाँको यो प्रकृति साहित्यकारकारूपमा प्रस्फुरण हुन जुर्मुराउँथ्यो । अध्ययनमा अगाडि बढ्ने आफ्ना अनन्त इच्छालाई परिस्थितिको प्रहारमा परेर थाँती राख्दै प्राथमिक शिक्षकका रूपमा कार्यरत भएदेखि नै द्रोणको भावुकता र अभिव्यक्तिले कथामा निकास पाउन थाल्यो । यस्तै अवधिमा उहाँले कहिले पहाडमै रहदा कहिले आसाममा रहँदा लेख्नुभएको कथाहरूको बिटो “नुनिला आँसु” नाउँबाट २०२३ सालमा प्रकाशित भयो । यो सँगालोमा रहेका कथाहरूमा तत्कालीन समाजको तस्विर देख्न सकिन्छ । समाजमा रहेका पीडा र कुण्�� ाहरू द्रोणका कथाहरूमा टिपिएका छन् ।

खास गरेर भद्रपुर बसाई शुरू भएपछि द्रोणको साहित्यिक प्रतिभाले मौलाउने मौका  पायो । चाहे भद्रपुरमा कसैले गरेको साहित्यिक गोष्�� ीहरू हुन्, चाहे साहित्य परिषद्को गतिविधि होस्, चाहे मोतीको प्रकाशनमा होस, चाहे साँचोको प्रकाशनमा होस्, द्रोणको सहभागिता र संलग्नता अनिवार्य हुन्थ्यो । चन्द्रगढी प्रशिक्षण केन्द्रमा सम्पन्न भएको दोस्रो देशव्यापी साहित्य सम्मेलनमा द्रोणको सहभागिता सक्रिय रहयो र मुलुकभित्र र प्रवासका साहित्यकारहरूसँग द्रोणको परिचय र सम्पर्क बढ्यो ।

द्रोणको साहित्यिक र पत्रकारिताको जीवनमा ´दोभान´को सम्पादनले �� ूलो आयाम थप्यो । २०२४ सालमा धरानबाट नर्मल तालिम लिने छात्र शिक्षकहरूले निकालेको यो पत्रिका सम्पादनको नेत्रृत्व द्रोणले गर्नुभएको थियो र द्रोणको साहित्यिक सीप र कुशलताको कारणले यो पत्रिका आफू रहेको परिवेश र धरातलभन्दा धेरै माथि उ�� ेको पाइन्छ ।

२०२५ सालमा शनिश्चरेमा सम्पन्न भएको मेची अञ्चल स्तरीय साहित्य सम्मेलनले द्रोणबाट �� ूलो भूमिका प्राप्त गरेको छ । यो सम्मेलन सफल गराउने प्रमुख हस्तीमध्येका एक द्रोण हुनुहुन्थ्यो । नेपालको प्रगतिशील साहित्यमा विशिष्ट स्थान ओगटेको यो सम्मेलनले साहित्यिक र राजनीतिक चिन्तनमा पनि अहम् योगदान दिएको छ । यसैको भावभूमिमा ‘‘पञ्चामृत’’  मासिकको प्रकाशन शुरू भएको हो । द्रोणको भूमिकालाई बाहेक गर्ने हो भने ´पञ्चामृत´को त्यो स्वरूप र महत्व सम्भव थिएन भन्ने महसुस हुन्छ ।

२० को दशक शुरू हूनासाथ द्रोणको छटपटी र अभिव्यक्ति कविताका रूपमा बगेको पाइन्छ । द्रोणभित्र फक्रिएको देशप्रेम सुस्ता, मेरो देशको सार्वभौमिकता र घाइतेझापा जस्ता कवितामा पोखिएका छन् भने लेनिनबाद जिन्दाबाद, भोकाएकाहरूको गीत, कालो काग र प्रजातन्त्र –जस्ता कविताहरूबाट द्रोणको राजनीतिक प्रतिबद्धता र चिन्तनको परिचय पाउन सकिन्छ । साथै हरेक कवितामा द्रोण निर्धा – निमुखालाई बल थप्न उत्साहित देखिनुहुन्छ । द्रोणका हाल प्राप्त २५ ओटा कविताबाट जनताको राम्रो भरोसालाग्ने योग्य कविका रूपमा स्थापित हुनुहुन्छ ।

दोभान, साँचो, मोती, कन्तुर, पञ्चामृतको प्रकाशनमा संलग्नता पश्चात् द्रोणले समाचारपत्रतिर हात हाल्नुभयो । भद्रपुरमा कुनै यस्तो पत्रिका रहेन जसमा द्रोणले योगदान नपुर्या्उनु भएको होस् । सिद्धार्थ केही समय आफैले सञ्चालन गर्नुभयो । युगज्ञान र सूर्योदयमा पनि विशिष्ट योगदान पुर्यासउनुभएको छ । समसामयिक घटनाहरूका बारेमा टिप्पणी, समाचार, सम्पादकीय, निबन्ध आदि अनेकौँ सामग्री अरू नामबाट द्रोण लेख्ने गर्नुहुन्थ्यो । उहाँ २०३७ ताका प्र.ले.क. संघको मेची अञ्चल तयारी समितिका संयोजक पनि हुनुहुन्थ्यो ।
आफैं एउटा समाचारपत्र प्रकाशित गर्ने द्रोणको प्रबल इच्छा थियो । त्यही पूर्ति गर्ने क्रममा उहाँ राजबिराज गएर केही समय ´गोरेटो´ चलाउनुभयो । ´गोरेटो´को पुरानु व्यवस्थापनसँग खटपट परेकाले यो अवधि धेरै रहेन । का�� माण्डौबाट प्रकाशित हुने मात्रृभूमिमा पनि द्रोणले योगदान पुर्या उनुभयो भने का�� माडौबाटै बिश्वकान्त मैनालीको सम्पादनमा प्रकाशित जनजागरण साप्ताहिकको सञ्चालन गर्नुभयो ।

जब मुलुकमा पञ्चायतले तीव्र दमन चलाएको थियो, बाह्य राजनीतिक गतिविधि गर्न बन्देज थियो । त्यसताका द्रोण पत्रकारिताको माध्यमद्वारा जनतालाई सचेत गराउँदै हुनुहुन्थ्यो । उहाँका समाचार, टिप्पणी, सम्पादकीय, समसामयिक लेखहरूले पञ्चायतको विरोध र भन्डाफोर गरेका छन् भने जनताको हक र अधिकारको खुलेर वकालत गरेका छन् । यसमा दुई मत हुँदैन – द्रोण तीखो कलम बोकेका साहित्यकार, कवि र पत्रकार हुनुहुन्थ्यो ।

राजनीतिज्ञ द्रोण

कुण्�� ित वातावरण, शोषणको रूप व्यापक रहेको समाज, विपन्नहरूले दयनीय अवस्थाबाट गुज्रनुपरेको परिवेश आदि जस्ता कुराले किशोर अवस्थाका द्रोणलाई छटपटीमा उतार्थ्यो । नेपाली काँड्ग्रेसका गतिविधिलाई नजिकबाट हेर्दा द्रोणको मनमा अरू कौतूहल थपिन्थ्यो । खास गरेर २०१७– पछिका काड्ग्रेसका कार्यक्रम आ�� राई ताप्लेजुङतिर जसरी सञ्चालन भए द्रोणले तिनलाई ध्यानपूर्वक हेर्दै मनन गर्नुभयो । आसाममा प्रवासी नेपालीको पीडा भोग्नुभयो । जब द्रोण झापा आउनुभयो, उहाँ वाम राजनीतितिर नजिकिदैं जानुभयो । २०२२ सालमा उहाँले नेकपाको सदस्यता प्राप्त गर्नुभएको थियो । २०२४ सालमा धरानमा नर्मल तलिम लिंदाको अवधि राजनीतिका सन्दर्भमा उहाँको जीवनमा धेरै महत्वको रह्यो । उहाँको कम्युनिस्ट बिचारप्रति उन्मुख प्रवृत्तिले धरानमा फस्टाउने राम्रो अवसर प्राप्त गर्योी । अगाडी देखिनै मार्क्सवादी दर्शनको अध्ययन गरेका द्रोणले धरानमा व्याख्या सुन्ने, छलफल गर्ने राम्रो वातावरण पाउनुभयो । नेपाल कम्युनिष्ट पार्टी पूर्व कोशीका नेता, कार्यकर्ताहरू र कृष्णप्रसाद श्रेष्�� सँगको भेटघाट र सम्पर्कबाट उहाँ पार्टीमा सामेल हुनुभयो । झापा फर्केपछि झापा जिल्ला सङ्ग�� न कमिटिको सदस्य रहनुभयो । तत्कालका विद्यार्थी आन्दोलनहरू नारायणसिंह काण्ड, एस पी काण्ड, डिग्री कलेज काण्ड, महँगीविरोधी काण्ड, भारतीय विस्तारवाद विरोधी काण्ड, सीमा अतिक्रमण काण्ड जस्ता आन्दोलनको नेतृत्व दिने व्यक्तिका रूपमा द्रोणले कार्य गर्नुभयो । पार्टीको विद्यार्थी फाँट सम्हाल्नु भएका द्रोण २०२८ सालमा अनेरास्ववियूको केन्द्रीय नेतृत्वमा पनि रहनुभएको थियो ।

जब झापामा २०२८ साल आयो, तत्काल द्रोण झापाली लाइनसँग सहमत हुनुभएन । पार्टीको �� ूलो शक्ति र समूह झापा काण्डमा समाहित भएको अवस्थामा  द्रोणलाई त्यसरी उदेश्यमा पुग्न सकिन्छ भन्ने विश्वास भएन । उहाँ सरिक हुन नसके पनि त्यस बखत पार्टीको त्यस कार्यमा सरिक भएर दुख पाएका कार्यकर्ताहरूलाई मद्दत गर्ने, सम्भव भएका सबै खाले सहयोग गर्ने कार्यमा द्रोण सक्रिय रहनुभयो । यसरी केही समय राजनीतिमा संङ्कट महसुस गरेका द्रोणले केही वर्ष पत्रकार भएर काम गर्नुभएको हो ।

२०३६ साको जनमत सङ्ग्रह घोषणा पूर्वको आन्दोलन र जनमत सड्ग्रहमा द्रोणले महत्वपूर्ण भूमिका खेल्नुभयो । जनमत संड्ग्रहको घोषणा लगत्तै नरेशकुमार बर्माको अध्यक्षतामा ग�� ित बहुदलीय विशेष समितिमार्फत द्रोणले पुरै झापाको दौडाहा गर्नुभयो । झापाको कुनै गाउँ, चोक, मोड, बजार यस्तो रहेन– जहाँ पुगेर द्रोणले कार्यक्रमको संयोजन गर्नु नभएको होस् । झापामा धेरै �� ूलो दमनका कारण तथा तत्कालीन नीति अनुरूप तत्कालको नेकपा माले झापामा बाहिरी रूपमा उति सक्रिय देखिँदैनथ्यो । तत्कालीन नेकपा मार्क्सवादीको प्रभाव पनि झापामा त्यति राम्रो थिएन । द्रोणकै प्रयत्नबाट मनमोहनको पटक – पटक झापा दौडाहा संभब भयो र २०३६ सालमा कम्युनिस्ट राजनीति प्रवाहित हुने राम्रो अवसर झापामा प्राप्त भयो । नेकपा मालेको “जनमत सङ्ग्रह धोका हो र बहिष्कार गरौं”–भन्ने आह्वानले पुनः केही दिन शिथिल बनायो तर पछि आएको जनमत संड्ग्रह नेपाली क्रान्तिको उपज हो यसको प्रयोग गरौं भनेर गरिएको आह्वानले पुनः झापाका गाउँ – गाउँमा जाँगर छर्कँदै द्रोण हिँड्नुभएको थियो ।

यसपश्चात् द्रोण क्रमस नेकपा मालेसँग नजिकिँदै जानु भयो । मालेका बाह्य गतिविधि सञ्चालन गर्ने कडीका रूपमा उहाँ प्रस्तुत हुँदै जानुभयो । राजबन्दीहरूको रिहाइको कुरा चर्काउने काम होस्, महँगी विरुद्धका आन्दोलनहरू हुन्, बाहिरी सङ्ग�� न सञ्चालन गर्ने काम हुन्, पर्चा, पोस्टर, पत्रिका छाप्ने, मस्यौदा गर्ने कुनै पनि काम होस्, सबै कामका अगाडि द्रोण देखिनुहुन्थ्यो । यसै क्रममा २०४३ सालमा सम्पन्न भएको रापंस को चुनावमा उहाँ जनपक्षीय उम्मेदवारका रूपमा प्रस्तुत हुनुभयो र अत्यधिक मत प्राप्त गरेर विजय हासिल गर्नुभयो ।

राष्ट्रिय पञ्चायतको सदस्य रहेर द्रोणले पूरा गर्नुभएको भूमिका अत्यन्त महत्वको रह्यो । तत्कालीन रापंस मा द्रोण, पद्मरत्न तुलाधर, जागृतप्रसाद भेट्वाल, भीमबहादुर श्रेष्��  र सोमनाथ अधिकारी प्यासी नै सबल प्रतिपक्षका रूपमा देखिनुहुन्थो । उहाँहरू सदनमा स्पष्टरूपमा बहुदलको कुरा उ�� ाउनुहुन्थ्यो । मुलुकको ध्यान उहाँहरूतर्फ नै केन्द्रित थियो । द्रोण लगायतका जनपक्षीय माननीयहरूको प्रहार कसरी खप्ने ? सरकार र दरबार सधै यस कुराबाट चिन्तित थिए । चार वर्षसम्म माननीय रहँदा द्रोण अति व्यस्त रहनुभयो । सधै जल्दा – बल्दा राष्ट्रिय समस्याहरूमा लागेर, मानेभञ्ज्याङ्को सडकदेखि क�� माडौको सदनसम्म व्यस्त रहनुभयो । काँकरभिट्टाको प्रहरी हिरासत देखि देशका विभिन्न कारागारहरूमा बास बस्नुभयो । खड्रगबहादुर जिसीले संघ–संस्था खोल्दा राजकाज मुद्दा लगाएर थुनेका ताप्लेजुङको सिनामदेखि झापाको पथरियासम्मका कार्यकर्ताहरूको मुद्दा पुर्पक्ष गराउने, कार्यकर्ता छुटाउने कार्यमा व्यस्त हुनुहुन्थ्यो । आफ्ना दायित्वलाई केहीले नछेकी पिपुल्स सार्क बनाउने प्रयत्नमा लाग्नुभयो । मुलुकभित्र र प्रवासमा पनि पार्टीका धेरै महत्वपूर्ण काममा जुटि रहनुभयो ।

एउटा एकीकृत कम्युनिस्ट पार्टी नबनी मुलुकको उन्नति हुँदैन र जनताको मुक्ति सम्भव छैन भन्ने मान्यता राख्ने द्रोण कम्युनिस्ट घटकहरूको एकतामा लाग्नुभएको थियो । २०४६ सालमा जुन वाम मोर्चा बन्यो , त्यसको थालनी त द्रोणले ४१,४२ सालमै झापामा विभिन्न घटकहरू भेला गराएर एउटा मोर्चा बनाउनुभएको थियो । अझ २०३६ सालमा पुरानो पूर्व कोशीलाई पुन सङ्ग�� ित गराउदा कम्युनिस्ट एकता केन्द्रका रूपमा बनाउने द्रोणको सल्लाह र प्रयत्नअनुसार विराटनगरमा काम थालिएको थियो तर त्यसलाई लगातार गरिएन ।

२०४६ सालको जनआन्दोलनमा द्रोणको भूमिका अहम् रह्यो । वाममोर्चा निमार्णको कार्य, काँङ्ग्रेस र वाममोर्चामा सामञ्जस्य ल्याउने काम द्रोणले गर्नुभयो । २०४६ सालको फाल्गुन ७ गते अत्यन्त कडा निगरानीका वावजुद  द्रोणले झापाको बिर्तामोडमा पञ्चायत विरोधी जुलुसको नेतृत्व गर्नुभयो र मुक्तिचोकमा पार्टीको झन्डा फहराउनुभयो । पक्राउ परेर प्रहरी कस्टडीमा रहँदा र जेलमा रहँदा पनि द्रोणले आन्दोलन अगाडि बढाउन अनेक जुक्ति र प्रयत्न गरिरहनुभयो । द्रोणकै नेतृत्वमा जेलभित्र पनि आन्दोलनसँग सम्बद्ध अनेक कार्यक्रम सञ्चालन भए ।

जनआन्दोलनपश्चात् द्रोणको दायित्व अझ बढ्यो । पार्टीमा भूमिगत अनुभव र सीप भएका नेताहरूले द्रोणको बाह्य अनुभव र सीपको मद्दत महसुस गरे । द्रोण पार्टीका लागि जहाँ पनि लगाए मिल्ने र नभइनहुने गाडीको पुर्जाका रूपमा हुनुहुन्थ्यो । द्रोण ने.क.पा माले छँदै पार्टीको  मेची क्षेत्रीय कमिटिको सदस्य रहनुभएको थियो । वन सम्बन्धी अध्ययन गरेर प्रतिवेदन पेश गर्ने कार्य दलको अध्यक्ष भएर द्रोणले काम गर्नुभयो । द्रोणले पेश गर्नु भएको प्रतिवेदनमा कम्युनिष्टको छाया देखेर सरकार नतर्सेको भए र त्यसलाई कार्यान्वयन गर्ने हिम्मत गरेको भए नेपालमा सुकुम्वासीको समस्या रहँदैनथ्यो र वनसम्बन्धी अस्पष्ट नीतिका बहाउमा सरकार अल्झेर वन–जंगल नास भैरहने अवस्था कायम रहने थिएन ।

२०४८ सालको आमनिर्वाचनमा द्रोणलाई ने.क.पा एमालेले झापाको क्षेत्र नं १ बाट खडा गर्यो् । उक्त आम चुनावमा द्रोण अहिलेका सांसद कृष्ण सिटौला भन्दा ४००० जति बढी मत प्राप्त गरेर विजयी हुनुभयो । २ वर्षको अवधिमा द्रोणले सदनमा �� ूलो भूमिका पूरा गर्नुभयो । पुरानो अनुभव र सीपका आधारमा प्रतिपक्षी सांसदको भूमिका मात्र पूरा नगरेर संसदको गरिमा बढाउने, इज्जत थप्ने यथेष्ट काम द्रोणले गर्नुभयो । द्रोण सदनमा समस्या मात्र उ�� ाउनुहुन्नथ्यो । समस्यासँगै समाधान पनि राख्नु हुन्थ्यो । जब द्रोण बोल्न उ�� ्नुहुन्थ्यो, काङ्ग्रेस मन्त्रीहरू आफूलाई पञ्चायतकै मन्त्री जस्तो होचा महसुस गर्थें ।

द्रोणले २०४९ सालमा सम्पन्न पार्टीको महाधिवेशनमा भाग लिनुभयो । अल्पमत र बहुमतको विवादमा द्रोणलाई जोसुकैले जेसुकै भने पनि द्रोण मुलुकभरिका कम्युनिस्टहरूको एक पार्टी बन्नुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो । द्रोणको राजनीतिक जीवनलाई हेरेर हामी राजनीतिमा मात्रै सीमित गर्न सक्दैनौ  । उहाँ मानव अधिकारवादी कार्यकर्ताका रुपमा पनि हुनुहुन्थ्यो । मानव अधिकार संरक्षण मञ्चको पार्षदसमेत रहनुभएको द्रोणले मानव अधिकारसँग सम्बन्धित गतिविधिमा धेरै योगदान पुर्‍याउनु भएको छ भने चाहे मेची अञ्चल अस्पताल विकास समितिमा रहेर होस्, चाहे कुनै पदमा नरहेर होस्, धेरै सामाजिक सेवाका कार्यहरू गर्नुभएको छ, जसबाट द्रोणको व्यक्तित्व समाजसेवीका रूपमा पनि प्रखर देखिन्छ ।

परिवारिक  अवस्था   द्रोणको विवाह २०२२ साल फाल्गुन २९ गतेका दिन भारतको आसाममा वेदकी क्षत्रीसँग सम्पन्न भयो । २०२३ सालदेखि दुवै दम्पती भद्रपुरमा शिक्षण पेशामा आबध्द हुनुभयो । वेदकी अहिले पनि भद्रपुरकै विद्यालयमा शिक्षिका हुनुहुन्छ । द्रोणले २०२० सालमा पितृशोक भोग्नुपर्योय र २०२८ मा द्रोणकी जन्मदात्री आमाको निधन भयो । द्रोणका पहिलो सन्तान एक बर्ष पुग्न लागेको छोरोको निमोनियाँबाट २०२५ सालमा भारतको सिलिगुडीमा निधन भयो ।

अहिले क्रमशः छोरी दीपा, छोराहरू जे�� ा कमल र कान्छा देबेन्द्र छन् । द्रोणको असामयिक निधन र आर्थिक विपन्नताका कारण दीपा र कमल अध्ययन अधुरै छाडेर रोजगारीमा लागेका छन् । द्रोणले विवाह गरेर भद्रपुरको डेरामा भित्र्याउनुभएकी वेदकी अहिलेसम्म डेरामा नै बस्नुभएको छ । केचनामा उब्जनी नहुने थोरै जमिन छ । सबै मिलेर कान्छो छोरो देवेन्द्रको पढाइ चल्दैछ । द्रोणले जीवनमा कहिल्यै घरलाई ध्यान दिनुभएन । केटाकेटी हुर्काउने, बढाउने, पढाउने सबै काम वेदकीले दुख झेलेर गर्नुभयो र घरेलु झन्झटमा कहिल्यै द्रोणलाई तान्नु भएन ।

अन्तिम अवस्था

२०४९ को हिउँदे सदन चलिरहेको बेला द्रोणलाई जन्डिसले सताएको महसुस भयो र स्वास्थ्य परीक्षण गराउनुभयो । का�� माडौंमा डाक्टरहरूले बाहिर कतै गएर परीक्षण गराउनुपर्ने सल्लाह दिए र क्यान्सरको शंका गरे । सदन सकिएपछि २०५० सालको वैशाखमा द्रोण दिल्ली जानुभयो । धेरै जाँचबुझ र अनुसन्धान पश्चात् पेन्क्राइजमा क्यान्सर भएको टुंगो लाग्यो । द्रोण अल  इण्डिया मेडिकल इन्स्टिच्युटमा भर्ना हुनुभयो । अप्रेसन गरियो तर सुधार भएन । अन्तमा २०५० साल आषाढ ६ गते प्रजातन्त्रको योद्धा, जनताको सिपाही, द्रोणाचार्यको निधन भयो । अस्पतालमा अन्तिम अवस्थामा बेहोसीमा पनि द्रोण भाषण बरबराउनु हुन्थ्यो र भन्नुहुन्थ्यो नेपालमा एकदिन कम्युनिस्टहरूको सरकार बन्नेछ ।

२०५० साल आषाढ ७ गते द्रोणको शव दिल्लीबाट का�� माडौं ल्याइयो । ७ गते खुला मञ्चमा शव राखियो, असङ्ख्य नरनारीले श्रद्धाञ्जलि चढाए । ८ गते शव चन्द्रगढी ल्याइयो र मेची रङ्गशालामा राखियो । ९ गते कनकाई नदीमा एउटा वीर योद्धाको सदगति भयो । जति मानिस मेची रङ्गशालामा आए, जति मानिस मलामी बनेर कनकाई गए, यस्तो लाग्थ्यो र सत्य हो, झापामा यति धेरै मानिसले श्रद्धाञ्जलि दिएको, यति धेरै मानिस मलामी भएको, यतिबिघ्न मानिस रोएको, कोही पनि मानिस मर्दा भएको थिएन । साँच्चै द्रोण मर्नु भएन । उहाँ जनताका हृदयमा सर्नुभयो र उज्यालो नक्षत्र भएर उदाउनुभयो ।

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *