मेरो अनुभूतिमा घनश्याम खनाल
घनश्याम खनालका बारेमा म दोस्रोपल्ट लेख्न बसेको छु । पहिलोपल्ट मैले ‘घनश्याम खनालहरू’ भन्ने एउटा लेख लेखेको थिएँ, जति बेला उहाँ मेची क्याम्पस छाडेर का�� माडौं गइसक्नुभएको थियो । झापाको शैक्षिक अवस्था भत्कदै थियो । त्यस बेला मैले झलझली घनश्याम खनाललाई सम्झेँ र त्यो लेख लेखेँ ।
दोस्रोपल्ट घनश्याम खनालका बारेमा लेख्न बस्दा मैले पहिलोपल्टको जस्तो सहज महसुस गरेको छैन ? मलाई निकै पीडाबोध भएको छ । कहाँबाट शुरू गर्ने ? के गर्ने ? र के लेख्ने ? म अन्योलमा छु । घनश्याम खनालको असामयिक निधन राष्ट्रका लागि �� ूलो क्षति, व्यक्तिगत रूपमा मलाई धेरै माया गर्ने, अथाह सहयोग गर्ने र सधैँ उत्साहको भारी ल्याएर मेरा घरभरि छरिदिने व्यक्ति गुमाएको पीडाको, घाउको म र मेरा परिवारमा खाटो बस्न सकेको छैन ।
म मेची कलेजमा पढ्थें, उहाँ पढाउनु हुन्थ्यो । मैले इतिहास नपढेको र उहाँ इतिहास पढाउनुहुने हुदाँ मैले उहाँसँग पढिँन तर, म उहाँलाई सधैँ सर भन्थें र मेरा मनभरि उहाँप्रति आदर र सद्भाव हुर्केको थियो, त्यति बेला । उहाँले मलाई कहिल्यै विद्यार्थीको रूपमा हेर्नुभएन । उहाँसँग एक-दुई पटकको भेटघाटपश्चात् नै उहाँले मलाई मित्रवत् व्यवहार गर्नुभयो, जो
जीवनपर्यन्त रह्यो ।
मैले चन्द्रगढीमा वकालत शुरू गरेपछि (२०३३ मा ) उहाँको घरनजिक डेरा लिएर बसेँ । चन्द्रगढी बसाइका क्रममा हाम्रो निकटता अझ बढ्यो । उहाँका विचार, भावनासँग म पूर्णतः परिचित भएँ । हरेक दिन हामी एक-आध घण्टा सँगै हुन्थ्यौ । मं बिर्तामोड सरेपछि पनि हाम्रो सम्बन्धमा कटौती आएन ।
नरेशकुमार बर्मा, उहाँ र म भएर केहिदिन धूपको उद्योग चलायौ । यस्तै क्रममा उहाँसँग म दुई हप्तासम्म दक्षिण भारत घुमेको छु । दक्षिण भारतका विकास निमार्णबारे उहाँ निकै प्रभावित हुनुभयो र हरेक महत्वपूर्ण योजना हेरेर यो काम नेपालमा कसरी सम्पन्न गर्न सकिएला भन्ने चिन्तनमा लाग्नुहुन्थ्यो । यात्रामा पनि मैले पाएँ- उहाँको मस्तिष्क कहिल्यै निष्क्रिय बनेन । उहाँमा आलस्य र नैराश्य मैले कहिल्यै थाहा पाइनँ । दक्षिण भारतका हरेक राम्रा कुरा हेरेर उहाँ भन्नुहुन्थ्यो- हामीले नेपालमा यस्तो शुरू गर्यौे भने मात्र हामीले दक्षिण भारत भ्रमण गरेको सार्थक हुनेछ । उहाँ वृन्दावन गार्डेन हेरेर सारै विभोर हुनुभएको थियो । �� ूला-�� ूला बाँध, जलविद्युत् योजनाहरू हेरेर हामीले सिक्नुपर्ने कुरा भनेर घोरिनुहुन्थ्यो ।
मेची क्याम्पसमा उहाँले पुर्या उनुभएको योगदानको म चर्चा गर्न चाहन्न । उहाँले त्यसलाई त काम गर्ने शैलीको सानो उदाहरण मात्र �� ान्नुभएको थियो र एउटा विश्वविधालयका बारेमा उहाँ लाग्नुभएको थियो । केही वर्ष बाँच्नुभएको भए नेपाली माटोमा नेपाली सन्ततिलाई एउटा महत्वपूर्ण सम्पत्ति प्रदान गर्न उहाँ सफल हुनुहुन्थ्यो । यी प्रसङ्गहरूको मेरा गुरु डा. रामेश्वरप्रसाद अधिकारी, श्रीधर लोहनी, मोहनराज शर्माहरूलाई बढी जानकारी छ ।
जेहोस्, उहाँ शैक्षिक क्षेत्रको मेची क्याम्पसको विशिष्ट पुरुषमात्र होइन उहाँ त यस मुलुकको भविष्यको शैक्षिक अगुवाका रूपमा प्रस्तुत हुन खोज्दै हुनुहुन्थ्यो । यी प्रसङ्गहरूलाई यहीं छाडेर उहाँका बारेमा केही व्यत्तिगत अनुभूतिहरूका प्रसङ्गहरू उल्लेख गर्न चाहन्छु –
१ राजनीतिमा मैले बहुदलका अवगुणहरू पनि पढेको छु । बहुदल आउनेबित्तिकै मैले देखेका केही विकृतिहरूलाई भन्दा केही मित्रहरूलाई पचेन र पञ्चायतको धङधङी भने । बहुदलका अवगुणको पहिलो प्रहार मैले घनश्याम खनालमा भएको देखेँ । बहुदल आउनेबित्तिकै क्याम्पसबाट घनश्याम खनाल सरले राजीनामा दिनुपर्छ भनेर नरेशजीको ल च्याम्बरमा केही महानुभावहरुले भन्नुभयो ।
घनश्याम सरले जन-आन्दोलनमा पुर्या उनुभएको योगदान सम्झेँ, मुखमा कालो पट्टी बाँधेर प्राध्यापकहरूको जुलुस लिएर प्राध्यापक तारा पौडेललाई प्र.जि.अ.ले हातपात गरेकोमा विरोधपत्र दिन अञ्चलाधीशकहाँ जानुभएको सम्झेँ, २०४६ साल चैत १४ गतेका दिन नरेशजी र मलाई “म क्याम्पस चीफ भएको क्याम्पसमा एउटा निर्दोष विधार्थी राम थापाको हत्या भयो । मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ ।” भनी उहाँले तयार गर्नुभएको राजीनामा हेरेर नरेशजी र मैले समय आएपछि राजीनामा दिनुहोस्, अहिले राजीनामा गर्नुहुदैन भनेर राजीनामा च्यातेको सम्झेँ । उहाँले राजीनामा दिनुपर्छ भन्ने कुरा मलाई पचेन, चूडामणि सरसँग कुरा हुँदै गर्दा कृष्ण सिटौला आइ पुग्नुभयो र उहाँले पनि राजीनामाका पक्षमा कुरा गर्नुभयो । म बिलखबन्दमा पर्दै गएँ ।
त्यति बेला संविधान आएको थिएन । लगत्तै केहिदिनपछिको कुरो हो, झापा बारले बिर्तामोडको देवी प्रा.वि.मा आगामी संविधानबारे एउटा गोष्�� ीको आयोजना गरेको थियो । त्यस बेला कृष्ण सिटौला झापा बारको अध्यक्ष र लेखनाथ निरौला सचिव हुनुहुन्थ्यो । म गोष्�� ी स्थलमा पुग्दा उहाँहरू दुवै जना ने.वि सङ्घ र अखिलमा रूपान्तर भएर, गोष्�� ी काङ्ग्रेसको बूढो मान्छे र कम्युनिस्टको बूढो मान्छेद्वारा उदघाटन गराउने बहसमा भिड्नु भएको रहेछ । दुवैले मलाई गुहार्नु भयो र मैले क्याम्पस चीफ, प्रतिष्�� ित समाज सेवी घनश्याम खनालबाट उदघाटन गराउन उचित हुने बताएँ, तर कृष्ण सिटौलाले तत्काल भन्नुभयो- “उहाँले राजीनामा दिनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ, उहाँबाट हुँदैन” भनेर उदघाटन गराउन मान्नुभएन । मैले �� ाने, वास्तवमा घनश्याम सर जस्ता मान्छेको बहुदलमा �� ाउँ हुँदैन कि ? साँच्चै उहाँ क्याम्पसचीफबाट हटाइनुभयो । मैले राजनीतिशास्त्रमा पढेको बहुदलको अवगुण झलझली सम्झेँ ।
२ २०४९ साल पौष महिनाको कुरा हो । म झन्डै तीन महिनादेखि छोराको उपचारमा नेपाल र भारतका अस्पतालहरू चाहार्दै थिएँ । छोरालाई क्यान्सर हो, क्यान्सर होइन यस्तै निदान र उपचारमा तल्लीन थिएँ । दिल्लीको बतरा अस्पतालमा डेढ महिना उपचार गराएर डेढलाख भा.रू खर्च गरेपछि मात्र बल्ल निको हुन नसक्ने ‘ब्लड क्यान्सर’ भनेर टुङ्गो लाग्यो । अस्पतालमा म एक्लै थिएँ । �� ीक भोलिपल्ट धेरै प्रयत्न गरेर मसँग टेलिफोन सम्पर्क गर्नुभयो । उहाँले के – के भन्नु – भयो त्यो अहिले म सम्झन्न तर मलाई कुनै चिन्ता नगर्न र उपचारमा लागिपर्न उहाँले प्रेरित गर्नुभयो । “रुपैयाँ – पैसाको बारेमा हामी व्यवस्था गर्छौ, धन्दा नमान्नू” –भन्नुभयो । पछि अल इन्डिया मेडिकल इन्स्टिच्युटमा गएपछि ‘निको हुन सक्ने’ क्यान्सर भनेर पहिचान भयो र अहिलेसम्म झन्डै दश लाखजति खर्च गरेर मैले मेरो छोरो बचाएको छु । मैले कुनै दिन पैसाको चिन्ता गर्नु परेन । पैसा जुटाउने काम त घनश्याम सरको नेतृत्वमा अरू साथीहरूले गर्नुभयो । मेरो छोरो बाँचेकोमा मभन्दा घनश्याम सर खुसी हुनुहुन्थ्यो ।
३ म राजनीतिबाट साह्रै टाढा हुन पनि सकेको छैन । राजनीतिसँग माया – मोह पनि छैन । द्रोणजीको निधनपश्चात् खाली भएको झापाको १ नं क्षेत्रको संसद्को उप-चुनावमा नरेशकुमार बर्माले उम्मेदवार बन्न मन्जुर नगरेपछि यो प्रस्ताव मकहाँ आयो । म उम्मेदवार हुन मानसिक र आर्थिक रूपले सक्षम थिइन । म त्यस बेला छोराको क्यान्सरविरुद्ध जुधिरहेको थिएँ र मेरो टाउकोमा झन्डै पाँच लाखजति ऋण थियो । पार्टीका केही मित्रहरू आएर मलाई दबाब (म दबाबै �� ान्छु) दिनुभयो । मैले असमर्थताको कुरा बताएँ । आर्थिक समस्याको कुरा पनि भने, केही साथीले मेरो कर्जा पार्टीले तिरिदिने कुरा उ�� ाउनु भयो । यस प्रस्तावले मेरो मन पोल्यो । पार्टीले मेरो ऋण तिरिदिने प्रस्ताव नै मलाई उचित लागेन । म पार्टीले मेरो ऋण नतिरी दिने सर्तमा मात्र उम्मेदवार बन्न तयार भएँ । त्यो पनि यदि घनश्याम सर र नरेशजीले मान्नुभयो भने मात्र । त्यति बेला मैले साथीहरूलाई भनेको थिएँ, म पार्टीको सदस्य बनेको छैन, सम्झनुहोस् मेरो हेड-क्वार्टर नरेशजी र घनश्याम सर हुनुहुन्छ । (वास्तवमै मलाई धेरै जना मित्रले निकै �� ाउँमा पार्टीले ऋण तिरिदियो हैन ? भनेर प्रश्न गरेका छन् । मैले दुखेको मनले केही जबाफ दिएको छु, तर एमालेको सरकार छँदा सरकारबाट मेरो छोरोको उपचारमा सहयोग रू पचास हजार लिएको छु, पार्टीबाट एक पैसा लिएको छैन)
मलाई उम्मेदवार बनाइने भएकोमा नरेशजी र घनश्याम सर केही नेतासँग का�� माडौंमा भिड्नुभएछ । देवी ओझा, सुवास नेम्बाङलाई राम्रो जानकारी छ, तर घनश्याम सरले मलाई अब खुट्टा नकमाइकन, कतैको चिन्ता नलिइकन चुनाव प्रचारमा लाग्नू भनी सन्देश प�� ाउनुभयो अनि मात्र म चुनाव प्रचारमा लागेको थिएँ ।
मैले चुनाव हारें। मलाई हारेको चुनावले छोएन। घनश्याम सरका अनुहारमा भने मैले चुनाव हारेको पीडा पढेको थिएँ । नरेशजीको छोरा वीनेशको मोटरसाइकल दुर्घटनामा निधन भएको दोस्रो दिन घनश्याम सरको असामयिक निधन भएको प्रसङ्गले मलाई अहिले पनि सिरिङ्ङ बनाउँछ । अहिले पनि उहाँको मृत्यु झुट्टो हो जस्तो लाग्छ । मलाई उहाँको मृत्युको पहिलो सूचना दिने मुनाजीलाई अहिलेसम्म भेट्दैपिच्छे म त्यही दिन सम्झन्छु, यस देशले शैक्षिक क्षेत्रका होनहार योद्धा गुमाएको सम्झन्छु र मुलुकको अपूरणीय क्षति भएको �� ान्छु । घनश्याम खनाल यस्तै हुनुहुन्थ्यो – मेरो अनुभूतिमा ।