मेरो स्मृतिमा बा
मानिसले बुझेको छ– मृत्यु निश्चित छ, तैपनि उसलाई आफ्नो र अरूको मृत्युलाई स्वीकार गर्न गाह्रो पर्छ । छयानब्बे बर्ष पूरा गर्न लाग्नुभएको मेरो बा –अरू कति बाँच्नुहुन्छ र ? मेरा मनमा बेला – बेलामा यस्ता प्रश्नहरू उ�� ्थे, तर वास्तवमै जब त्यो क्षण आयो, पहिलाका तर्कना र �� नाइहरूले काम गरेनन् । अब बा हुनुहुन्न भन्ने पहिलो सूचना पाएपछि मलाई निकै सकस भयो । शायद, अरू धेरैलाई त्यस्तै भएकै हुनुपर्छ । अन्तेष्टिमा सरिक हुन त हामी सकेनौ तर जब भोलिपल्ट हामी, बा र हामी जन्मेको तथा बा बित्नुभएको स्थान फुएतप्पामा पुग्यौं, अरूलाई के रह्यो मैले ध्यान दिन सकिन, मलाई भने त्यो क्षण निकै संङ्कटको महसुस भयो – जीवनमा ।
सधैँ त्यहाँ पुग्दा आँखाहरू बा मा केन्द्रित हुन्थे । मन, मस्तिष्क सबै त्यता हुन्थे । यसपल्ट अर्कै अवस्था रह्यो । म त मुस्किलले सम्हालिएँ । लाग्यो, अब बा भेटिनुहुन्न । कहिल्यै भेटिनुहुन्न । यो अवस्थाको पूर्व जानकारी भए पनि जब यस्तो क्षणसँग साक्षात्कार हुन्छ, सोचेभन्दा फरक हुदो रहेछ । साँच्चै यस्तो क्षण अनेक दृष्टिले गह्रुँगो हुदो रहेछ । शायद सबै सन्तान, आफन्त र निकटका मान्छेहरूलाई यस्तै हुन्छ होला ! सधैँ, त्यहाँ पुगेर फर्कने बेलामा बाले भन्नुहुन्थ्यो – अब कस्तो बेलामा आइपुग्ने हो ? भन्न सकिँदैन । मैले त्यो अभिव्यक्ति बारम्बार सम्झें । अब त्यस्ता कुरा फगत सम्झनलाई मात्र रहेका थिए ।
अन्तेस्टिमा त हामी पुग्न सकेनौ । अन्तेस्टिमा कान्छो भाइ, कान्छी बहिनी र काँहिली र कान्छी बुहारीमात्र सरिक हुन सके । हामी झापा, उर्लाबारी, बिराटचोक, बिराटनगर, कालाबञ्जर, हसनदह आदि स्थानमा भएका सन्तानहरू बा बित्नुभएको दिन, ११ बजेमात्र बिर्तामोडबाट उकालो लाग्न सक्यौ र हावापानी, हिलो बाटो र हाम्रो अभ्याससमेतका प्रतिकूलताले हामी भारी मन लिएर बाटामा रात बिताउन बाध्य भयौ । भोलिपल्टमात्र हामी पुग्न सक्यौ ।
हुनत बासँगको निकटताको कुरा गर्दा कसले अरू मात्र निकट रहेको मान्ला र ? तर मलाई अलिक फरक कुरा लागेको छ । आमा बित्नुहुँदा म दश महिनाको थिएँ अरे ! मैले सम्झदा म बासँग सुत्थें । बा मेरो आमा पनि हुनुहुन्थ्यो । अनेक अर्थमा आमा र बा दुवैको माया र स्नेह त मैले मात्र पाएँ । बाले आमा र बा दुवैको माया, ममता मलाई दिन उत्सुक रहनुभयो । म २००६ साल जे�� मा जन्मेको, आमा त्यसै सालको चैतमा बित्नुभयो । बा र सानीआमाको २००८ सालमा विवाह भए पनि २०११साल देखिमात्र सँगै बस्ने अवस्था रह्यो, त्यसैले बा मेरा लागि त फगत बा मात्र हुनुभएन, आमा पनि । कसैले बुझे – बुझेनन्, मलाइ यस प्रसङ्गले अलिक धेरै छोइरह्यो । आमा बित्नुभएको स्मरण, पीडासमेतको अनुभूतिको अभावमा पनि मलाई बा र आमा दुवै एकसाथ बित्नुभएको जस्तो लागेको हुन सक्छ ।
हामी दुई आमातर्फका आ�� जना छोरा, सात छोरी, आ�� बुहारी, सानीआमा समेत गरेर हामी २४ जना काज – क्रियामा बस्यौ । अब यसपछिको समयमा यति धेरै मान्छे काज क्रियामा बस्ने अवस्था नरहला भन्ने हामी सबैको अनुमान थियो । १३ दिनसम्म परम्परागत रूपमा काजकिरिया सकेर हामीले बालाई बिदा गरेको मान्यौ । गाउँमा धेरै परिवर्तन आएछ । कुनै समयमा प्राथमिक स्कूल चल्न पूर्वाधार र आँट नभएको स्थानमा अहिले हाई-स्कूल चल्दै गरेको छ । मैले कक्षा आ�� मा पढ्न त्यता नजिकै स्कूल नभएर आ�� राई जानुपरेको थियो । अहिले त रविमै बाह्र कक्षासम्म पढ्ने वातावरण रहेछ । अलैँची, चिया र दूधको व्यवसायले मानिसहरूको जीवनमा �� ूलो आर्थिक अनुकूलता आएको टङ्कारै देख्न सकिन्छ । गाउँको अनुहार फेरिएको छ । युवाहरूमा उत्साह छ । निराशा देखिँदैन । यस्तो अनुकूल दृश्यले मैले बा गुमाउनुपरेको पीडालाई अलिक सहज बनाएँ ।
काजकिरियाका बारेमा परम्परालाई हामीले अनुसरण गर्यौि । अहिले, यसको संक्षेपीकरणका बारेमा व्यापक छलफल चलिरहेको बेलामा केही युवा भाइहरूले मबाट केही परिवर्तनको अनुमान र आशा गरेको मैले बुझें. तर म यथास्थितिको पक्षमा नरहेर पनि विद्रोह गर्ने समर्थ पनि नरहेको महसुस गर्छु । कर्मकाण्डहरूलाई केही जोगाउने र सांस्कृतिक सम्पदाका रूपमा राख्ने हो भने पनि यिनमा व्यापक परिवर्तनको आवश्यकता रहेको मेरो मान्यता छ । जीवित रहेसम्म उपेक्षा गरेर मृत्यूपछि दान धर्म गरेर कर्तव्य पूरा गरेको सम्झनु हामीले बोक्तै आएको भ्रममा मलजल गर्नु हो जस्तो मलाई लाग्दछ । यस्तै कार्यहरूमा म आफ्नो विश्वासमा भन्दा पनि निकट र आफन्तहरूको मन नदुखाउन यस्ता कार्यहरूमा सरिक हुने गर्दछु । बिरालोहरू बाँधेर बिरालोका गो�� बनाउन मन नगरेर पनि बिरालो बाँध्न सघाएको छु । यसपल्ट पनि मैले गरुड पुराण सुनेँ, कर्मकाण्डमा सरिक भएँ । सबै कर्मलाई नियालेर हेरे, कतै रमाइलो लाग्यो, कतै हाँसो उ�� ्यो । यी सबैले ह्यारी पोर्टर, दन्त्यकथाकी राजकुमारी र राजकुमार सम्झाए । गरुड पुराण सुन्दा त यसका रचनाकारको स्वैर कल्पनालाई सराहना गर्न रुचाएँ ।
यस पूर्व, हामी चौबीसै जना एकै �� ाउँमा भेला भएको क्षण मैले सम्झन सकिन । त्यो भने एउटा उपलब्धिका रूपमा मलाई महसुस भयो । मेरो जे�� ो दाजु १९९० सालमा जन्मनुभएको, कान्छो भाइ २०३१ सालमा जन्मेको अवस्था छ भने हामी जे�� ी आमाबाट जन्मेका सन्तानहरू २०१९ सालमा बाबाट छुट्टिएर लाखा-पाखा लाग्यौ, सानीआमातर्फका भाइहरू पनि विभिन्न स्थानमा बसोबास गरेका कारण बाहिर – बाहिरै छन् । दिदी – बहिनी त विवाह एकातिर भएको, बसाइ सराइले अर्कोतिर पुगेको अवस्था छ । हामी १५ दिनसम्म त्यहाँ बस्यौ र परम्परागत रूपमा काज – किरियामा सरिक रहेर हामी हिँड्यौ । जन्मस्थान फुएतप्पाबाट हामी धेरैपल्ट हिँडेका, तर यसपल्टको जस्तो हिँडाइ अरू बेला भएको थिएन । सधैँ बासँग बिदा भएर हिँड्थ्यौ, बालाई फेरि आउँछौ भनेर हिँड्थ्यौ । यसपल्ट भने बालाई बिदा गरेर हिडेका थियौ । अब बासँग कहिल्यै भेट नहुने निश्चितता मनमा, मस्तिष्कमा र विश्वासमा भरेर हिँडेका थियौ । भारी मन लिएर हिँडेका थियौं ।
१५ दिनको दौरानमा मेरा मनमा अनेक कुराहरू आए । कहिले म अलिक भावुक भएँ । कहिले म अलिक मुर्झाएँ । मलाई लागेको थियो – १५ दिनमा म अलिक लेख्ने छु, तर मैले लेख्न सकिन । यसका अनेक कारण भए । मेरो असमर्थताको यो फगत बहानामात्र पनि हुन सक्छ । मैले केही लेख्न सकिन । लेख – पढ गर्ने अनुकूल वातावरण पनि त त्यो हैन ।
मैले मेरो बा जन्मनुभएको समयको अनुमान गरें । वहाँले जीवनमा गर्नुभएको काम, व्यवहारको स्मरण गरें । एक प्रकारको रोमाञ्चको अनुभूतिले मलाई लपेट्यो । मैले आफैंलाई मानसिक रूपमा अलिक दुर्बल पाएँ । मैले आफै बुझिन, पटक – पटक किन यस्तो भै रहन्छ ? मसँग यसको उत्तरै छैन । मैले यसलाई स्वाभाविक प्रक्रियाका रूपमा लिएँ । यसरी नै बुझे ।
त्यति बेला त्यहाँ बाक्लो अँध्यारो थियो । चेतना शून्य थियो । त्यो स्थान राज्यहरूका सीमारेखा भित्रै परे पनि राज्यको अस्तित्व बोध हुँदैनथ्यो । राज्य कुनै आवरणमा उपस्थित हुने सम्भावना रहेमा त्यहाँ आतङ्क छाउँथ्यो । गरिबी व्यापक थियो । सबै मानिसहरू सम्पूर्ण समय श्रम गरेर बिताउथे । केवल राती केही समय आराम गर्थे । लेक, बेसी, घर, गो�� , बारी, खेत, बिरुवा यसै सीमाभित्र त्यहाँको मानिस डुबेको पाइन्थ्यो । त्यहाँमात्र हैन मुलुककै अवस्था दयनीय थियो । का�� माडौमा मकै पर्व भैसकेकै थिएन । त्यस्तो पत्रै पत्रको अँध्यारो परिवेश र वातावरणमा १९६९ साल आषाढ १६ गते इलामको फुएतप्पामा जन्मेको बालक नै मेरो बा हुनुहुन्थ्यो । जसको देहान्त २०६५ साल आषाढ १२ गते भयो ।
आमा –बुबाको जे�� ो सन्तान मेरो बा, सामान्य साक्षर हुने कार्य घरमै भयो । फलियोमा रातो माटोको धूलो हालेर बाँसका डिकोले अक्षर लेख्तै, हिसाब गर्दै, गाई–गो�� , लेक-बेसी, भारो पर्म गर्दै बाको बितेको बचपन बताउने मान्छे अब गाउँमा भेटिँदैनन् । आ�� जना दाजुभाइ र चार दिदी – बहिनी मध्येको जे�� ो सन्तान गाउँघरमै रुद्री, चण्डी र वेदको सामान्य अध्ययन पश्चात् इलाममा बसेर त्यस्तै अध्ययनलाई अगाडि बढाउने र माल, अमिनी र गौडामा प्रयोग हुने लेखापढी सिक्ने र लेख्ने कार्यलाई अगाडि बढाउने कार्य त्यस समयमा त्यस गाउँको कति रोमाञ्चकरी घटना हो ? अहिलेको पुस्ताले बुझ्न र अनुमान गर्न के सक्नू र ?
हुलाकको जागिरे भएर ताप्लेजुङ पुग्नुभयो । राणा शासनका बेलामा पहुँच नहुने फुएतप्पामा जन्मेका मान्छेले निम्न तहको जागिर खान कहाँ सजिलो थियो र ? ताप्लेजुङबाट डँडेलधुरा सरुवा भयो । फुएतप्पाका मान्छेलाई डँडेलधुरा अमेरिकाभन्दा टाढा थियो, त्यति बेला । त्यसैले जागिर नछाडेर उपाय थिएन, छाडिदिनुभयो– हुलाक । केही दिन नापीमा पनि काम गर्नुभयो, तर त्यो पनि क्षणिक रह्यो । का�� माडौंसम्म पुगेर तत्काल नापीको सरकारी कामबाट बिदा लिएको प्रसङ्गले त्यस पछिको जीवन गाँउमै, जनसमुदाय बीचमै बिताउन उत्सुक रहेको तथ्य खुला किताबका रूपमा रहेको छ । गाउँमा तथा वर – पर खरीद बिक्री भएका जमिनका लिखत लेख्ने काम लामो समयसम्म अरूले गर्नुपरेन । त्यस्तो लिखत देखेपछि मालका मानिसले विवाद बिना स्वीकार गर्ने गरेको कुरा अहिले गाउँका पुराना मान्छे जो – कोही बताउँछन् । वास्तवमा, अनेक हिसाबले पिछडिएको त्यो गाउँमा लेखापढी राम्रै जानेको, जागिरसमेत खाएको, ताप्लेजुङ–का�� माडौ आवतजावत गरेको, बाहिर – फेर बुझेको मान्छे गाउँमा विशेष रूपमा मानिनु स्वाभाविक हो ।
श्रममा व्यस्त रहने आम मानिसहरूको जीवन पद्धति त्यहाँको विशेषता हो । उज्यालो समयमा त्यति बेला कोही मान्छे त्यहाँ फुर्सतमा भेटिँदैनथ्यो । यसै क्रममा घाँस काट्न रूखमा चढेका बेला झन्डै ३० फिट अग्लो रूखबाट भिरालो �� ाउँमा लड्नुभएका बा मुस्किलले मृत्युको मुखबाट तत्काल मुक्त हुनुभयो । आजीवन त्यो घटनाले पिर गर्योे । अन्तिम क्षणतिर खुट्टोमा र हातमा आएको समस्या त्यसैको कारणबाट हो भन्ने बाको �� नाइ थियो । २००८/ २००९ सालतिरको फुएतप्पा, त्यहाँ त्यसबेला आधुनिक उपचारको सुविधा पाउने कुराको कल्पनासम्म गर्न सकिँदैनथ्यो । गाउँघरकै उपचार पद्धतिबाट मृत्युको मुखबाट निस्केर बा तङ्ग्रनु भएको थियो ।
कसैसँग नझुक्ने र स्वाभिमानी स्वभाव बाका जन्मजात विशेषता जस्ता लाग्थे । रवि थानामा रहेको प्रहरी बल फुएतप्पाबाट सिधा गाउँलेको सरल स्वभावको फाइदा उ�� ाउन चाहन्थ्यो । वर–पर बुझेका कारण बा त्यस्तो गलत फाइदाको विरुद्धमा हुनुहुन्थ्यो । आइरहने थानेदारहरूले पनि यो राम्रै बुझ्दथे । उनले यो प्रतिशोध पूरा गर्न २०१५ सालको चुनाव ताकाको समय रोजे र राशनपानी बन्द गरेर चुनाव विरुद्धमा कार्य गरेको भन्दै बालाई पक्राउ गरे, अन्तमा दाजु टीकानाथ खनालसमेतको प्रयत्नमा इलामबाट बडाहाकिमलगायतका उच्च अधिकारीहरूले थानेदारको बदमासी बुझी ससम्मान मुक्त गरेका थिए । त्यस्तै अर्को घटना मेरो स्मृतिमा छ – छिमेकी कार्कीका घरमा बास बसेको एउटा यात्रीको मृत्युको कुरामा बालाई फसाउने दुस्साहस गरियो तर बाले त्यो घटनालाई हाँसी – हाँसी पन्छाइ दिनुभयो र बदमासी गर्ने प्रहरी थानेदारलाई परास्त गर्नुभयो । बाका यस्तै व्यवहारबाट गाउँमा एक प्रकारको शिक्षाप्रद सन्देश प्रवाह भएको मैले अनुभूत गरेको छु ।
मैले स्पष्ट अनुभव गरेको छु – मेरो बचपनको गाउँ र यस बेलाको गाउँको अवस्थामा व्यापक परिवर्तन छ । शिक्षाको कुरा गर्दा, २०२१ सालमा मात्र दाइ डील्लीराज खनालले गाउँकै पहिलो एस. एल. सी परीक्षा पास गर्ने श्रेय पाउनुभएको थियो, संस्कृतमा भने यसअगाडी नै दाजु निधिनाथ खनाल र काका लक्ष्मीप्रसाद खनालले पूर्वमध्यमा पास गर्नुभएको थियो । यस्तो शैक्षिक अवस्था रहेको त्यहाँ अहिले त हुलका हुल एम.ए, बी.ए उत्पादन भै रहेछन् । प्राध्यापक, अधिकृत, शिक्षक, प्रबन्धक र अन्य पेसामा सरिक व्यक्तिहरू भेट्न सकिन्छ । भोलिका लागि अगाडि आइरहेको शिक्षित जत्था हेरेर रमाइलो लाग्छ । उता त्यति बेला आतङ्क मच्चाउने अनिकालले कुलेलम �� ोकेको अनुभूत हुन्छ । अलैँची, चिया, दुग्धव्यवसाय, सागसब्जीको उत्पादनबाट मानिसहरूको अवस्थामा �� ूलो फेर बदल आएको स्पष्ट देख्न सकिन्छ । यो परिवर्तन समयको प्रवाहले पनि ल्याएको छ तर यस परिवर्तनका कारक व्यक्तिहरू पनि छन् । त्यस्ता व्यक्तिहरू कति बिते, कति जीवित छन्, कति फुएतप्पाबाट अन्यत्र सरेका छन् । यहाँका खनाल, रेग्मी, पौडेल, मगर, राई, लिम्बू लगायत अनेक जातथरका यहाँका अगुवाहरूको प्रयत्नको प्रतिफलको कारणसमेतबाट यो गाँउमा यस्तो परिवर्तन सम्भव भएको हो भन्ने मलाई लाग्छ ।
त्यस्ता अगुवाहरूको लाममा मेरा बाको अनुहार अगाडि नै तत्कालका जोकोहीले देख्न सक्छ, सम्झन्छ । कुरीतिका विरुद्धमा कडा रूपमा प्रस्तुत हुने बाको स्वभाव नै थियो । बाले बाल – विवाहका विरुद्धमा अभियान चलाउनु भएको थियो । शिक्षाका क्षेत्रमा विशेष रूपमा लागिपर्नुभएका बाले जोसुकैलाई छोराछोरी पढाउन प्रेरित गर्नुहुन्थ्यो । स्कूल खोल्ने, स्कूल भवन बनाउने, स्वीकृत गराउने, शिक्षक व्यवस्था गर्ने जस्ता कार्यहरूमा बाको सक्रियता मैले बचपनमा देखेको छु । शैक्षिक जागरणका धेरै काम गर्नु पर्ने बाको मान्यता थियो । गोरखापत्र दैनिक हुन पाएको थिएन, साप्ताहिक छदै रविमा हुलाक स्थापना भएपछि बा गोरखापत्रको ग्राहक बन्नु भएको थियो । गोरखापत्र अरूलाई पनि पढ्न दिनुहुन्थ्यो । मैले पत्रिका पढ्न त्यही गोरखापत्रबाट सिकेको हुँ । करफोकमा नेपाली भाषा प्रचारक संघ महानन्द सापकोटा, नरेन्द्रनाथ बास्तोलहरूद्वारा स्थापना भएको थियो । त्यो अभियानमा मेरो दाजु टीकानाथ खनाल, काका प्रेमराज खनालहरू सरिक हुनुहुन्थ्यो । नेपाली भाषा र साहित्यका ५०० थान जति किताब हाम्रै घरमा का�� को दराजमा राखेको थियो । त्यसलाई पुस्तकालय भनिन्थ्यो । ती पुस्तक पढ्न गाउँका युवाहरूलाई बा प्रेरित गर्नुहुन्थ्यो । आज पनि त्यो पुस्तकालय शायद स्कूलमा कुनै – न – कुनै रूपमा छ । ती पुस्तक मेरा पनि पहुँचमा थिए । मैले पुस्तक पढ्ने बानी तीनै पुस्तकबाट बसाएको हुँ ।
शैक्षिक अभियानमा लागिरहेको बेला बालगायत तमाम गाउँलेलाई �� ूलो झट्का लिएर २०१९ सालको श्रावण फुएतप्पामा भित्रियो । सोमनाथ खनाल स्थानीय विद्यालयको शिक्षक हुनुहुन्थ्यो । त्यति बेला ३३ जिल्लाबाट नेपाल ७५ जिल्लामा परिणत हुँदै थियो । फुएतप्पा पाँचथर कि इलाममा भनेर इलामका अधिकारीहरूले पाँचथर परेको हुन सक्ने बताएकाले शिक्षक सोमनाथ खनाल र विद्यालयका सचिव तुलाराम रेग्मी विद्यालयको आर्थिक सहायता लिन फिदिम जाँदै हुनुहुन्थ्यो । २०१७ साल पुस १ गते राजा महेन्द्रले सैनिक बल प्रयोग गरेर २०१५ सालमा निर्वाचित काङ्ग्रेस सरकारलाई हटाएपछि काङ्ग्रेसले हतियार उ�� ाएको थियो । सिलौटीमा लुकेर बसेका काङ्ग्रेस पक्षीय हतियरधारीहरूले सरकारी मान्छे �� ानी गोली हानेर बाटो हिँड्दै गरेका दाजु सोमनाथ खनाल र तुलाराम रेग्मीको हत्या गरे । त्यो घटनाले सारा फुएतप्पामा बज्र पर्यो । यो घटना फुएतप्पाको जीवनमा असह्य पीडाका रूपमा रहेको छ । बालाई यस घटनाले धेरै आघात पारेको कुरा पछिसम्म बुझिन्थ्यो । वास्तवमा, त्यो घटना फुएतप्पाको समग्र जीवनमा क�� ोर पीडाको नमेटिने गम्भीर चोट भएर रहेको छ । आजपर्यन्त खाटो बस्न सकेको छैन ।
वास्तवमा, आजको फुएतप्पाको जीवनमा आर्थिक रूपले धेरै फेरबदल आएको छ । मेरो मनमा लाग्छ, त्यो फेर बदलको जग मेरो बा अलिक धेरै हुनुहुन्थ्यो । २०१३ सालमा २ बिटो अलैँचीका बिरुवा लुङ्सुङ्दाङ्बाट फुएतप्पा भित्रिएका थिए । त्यो अलैँचीको बिरुवाका पछि–पछि ७ बर्षे बालकका रूपमा यो लेखक हिँडेको थियो । आमचोकका लामिछाने भिनाजुको पहलमा भित्रिएका अलैँचीका बिरुवा हेरेर मान्छेहरू अलैँची त चुरूम्फो जस्तो पो हुदोरहेछ भन्थे । अहिले अलैँची चुरूम्फो जस्तो नभएर फुएतप्पामा पैसाको झुप्पो जस्तो भएको छ । यसरी पहिलोपल्ट फुएतप्पामा अलैँची भित्राउने श्रेय बालाई छ । आज फुएतप्पामा अलैँची नभएको घर छैन । डाँडो, पाखो, कान्लो, खेत, बारी जत्रतत्र अलैँची अलैँची छ । लाग्छ, फुएतप्पा अलैचीले छोपिएको छ । फुएतप्पाका मान्छेका जीवनमा �� ूलो परिवर्तन आएको छ र त्यो अलैँचीले ल्याएको छ । चियाको पहिलो बूटो रोप्ने हाम्रो घर थियो र चियाको बिरुवा बाले भित्र्याउनुभएको थियो । चिया टिपेर माड्ने, सुकाउने कार्य गरेर हाते पत्ति प्रयोग गरिन्थ्यो । आज निकैतिर चिया लागेको छ । स्याउ, अङ्गुर, दाँते ओखर र यस्तै अरू फलफूलका बिरुवा बाले भित्र्याउनुभएको थियो तर ती फलफूलमा अलैँचीजस्तो सफलता प्राप्त भएन । अङ्गुर र स्याउ त फलेका पनि थिए । घर अगाडी लटरम्म फलेका दुई बोट स्याउ र केही झ्याङ् अङ्गुर राम्रो प्रदर्शनी कक्ष बनेका थिए । गाउँमा आएको नयाँ फलफूलले गाउँभरिका मान्छेलाई रोमाञ्च प्रदान गरेको थियो, तर कुन्नि के भएर ती फलफूल सफल हुन सकेनन् र तुरुन्तै मासिए । अलैँची जस्तै तिनले पनि सफलता पाएको भए फुएतप्पा नेपालभरिको सम्पन्न गाउँ बन्ने थियो । राउतेका नागी भरि स्याउ र अङ्गुर भरिन सकेको भए र चुथ्रोले ढाकेको लेक स्याउले भरिन सकेको भए मेरा बाको सपना साकार हुने र फुएतप्पाको जीवनमा सम्पन्नता थपिने कार्य एकसाथ हुने थियो । हावा, पानी, माटो, बिरुवा आदिमध्ये के नमिलेर हो, अलैँची जस्तो सफल हुन सकेन ।
पन्ध्र दिनसम्म काजकिरियामा बस्दा माथिका अनेक कुराहरू मेरो स्मृतिमा घुमिरहे । अनेक कोणबाट मैले बालाई सम्झेँ । म नजन्मदैको र मैले होस सम्हाल्न अगाडिको बाको जीवनको कल्पना गरेँ । मैले होस सम्हालेपछिका बितेका कुराहरू मेरा मस्तिष्कमा फनफनी घुमिरहे । वास्तवमा ९७ बर्ष भनेको शताब्दी नै हो । शताब्दीसम्म जीवन भोगेर बा बिदा हुनुभयो । मलाई लाग्यो, एउटा रूख जो शताब्दीसम्म �� िङ्ग उभिएर लड्यो । हामी त्यसका पातहरू, मुनाहरू, गुँडका बचेराहरू, ओथरामा परेका फूलहरू, रूख ढलेपछि बेहालमा पर्यौउ । त्यो रूख जो शताब्दीसम्म उभिएको थियो, उसको जीवनलाई आकलन गर्न पक्कै सजिलो छैन । शताब्दीसम्म रूखले कति हुरी खपेको छ, चर्को घाममा पसिना बगाएको छ, जाडोमा कक्रिनु परेको छ, लेक, बेंसी, राहुते, नर्कटे, उकालो ओरालो आफैँ थाकेका छन् । त्यो रूख ढल्दा थाम डाँडो झुकेको छ, जुरी थुम्को अझै शोक सुसेलि रहेछ । लुम्दे, आम्चोक र सिगलप्पाहरूले अझै टोल्हाएर हेरेका छन् । मुगे, थावा र फाकफोक खोलाहरू शोक सुसेलि रहेका छन् ।
गाउँभरिका बाटाहरूले अब परिचित पाइतालाहरू पाउने छैनन् । धाराहरूले सधैँ पानी पिइदिने स्नेही आकृति पाउने छैनन् । स्कूल आउने नानीहरूले सय बर्ष पुग्न लागेका बा भनेर देख्न पाउने छैनन् । पाका काकाहरूले पनि बालाई हेरेर आफूलाई वयस्क महसुस गर्ने बल पाउने छैनन् । बटुवाहरू चौतारो �� ान्थें बालाई र टक्क अडिएर सुस्केरा बिसाउथे, उनले अब चौतारो भत्किएको पाउनेछन् । गाउँलेहरूले फुर्सदमा गएर पिर बिसाउने �� ाउँ हराएको महसुस गर्नेछन् । समय अलिक अलिनो भएको छ, उज्यालोको चहक हराएको छ । यी त, केवल उदाहरण हुन् । हो, शताब्दीसम्म उभिएको रूख जब ढल्छ, त्यसले पार्ने प्रभाव र पीडा कहाँ अक्षरहरूमा लेख्न सकिने रहेछ र ? बाका बारेमा लेख्न थालेर लेख्नै नसकी यसरी म हारेको छु ।