“गणेश भण्डारी आजभन्दा झन्डै ७० बर्ष अगाडी संखुवासभा जिल्लाको चैनपुरमा जन्मनु भएको, विधावारिधी गर्नु भएको, डाक्टर गणेश भण्डारी भन्दा कतिले रोग जँचाउन पनि मनगर्ने{ हाम्रो सामाजिक अवस्था, लामो समयसम्म प्राध्यापन गर्नुभएका, एक अनुभवी शिक्षाविद्, भाषा र साहित्यमा निरन्तर लागिरहने योद्धा ।” यति सुनेपछि गणेश भण्डारीलाई नदेखेकाले पनि आफूभित्र गणेश भण्डारीको एउटा तस्विर बनाउँछ र त्यो तस्विर उसलाई लोभलाग्दो लाग्छ । एउटा दुर्घटनामा यस्तो तस्विरको अवसान, क�� ोर पीडादायी हुन्छ भने जस्का आँखा अगाडि साँच्चै गणेश भण्डारीको सजीव तस्विर आउँछ, उसलाई दुर्घटना र गणेश भण्डारीको अवसान अवर्णनीय दुःखदायी हुन्छ । म अहिले पनि गणेश भण्डारीको मृत्युको खबर सम्झेर पछिल्लो अनुभूत गर्ने{ व्यक्तिका रूपमा रहेको छु ।
गणेश भण्डारीले लेख्नु भयो, कविता लेख्नु भयो, समीक्षा लेख्नु भयो, अनुसन्धानात्मक लेख लेख्नु भयो, जे लेख्नु भयो – गहिराइतिर जाँदै लेख्नु भयो । त्यसैले नेपाली साहित्य आकाशमा चम्कीरहने एउटा नक्षत्रको रूपमा गणेश भण्डारी रहनुभयो । ती व्यक्तिहरू जो जीवनकलामै एक पटक र प्राकृतिक मृत्यु एक पटक गरेर दुई पटक मर्छन् गणेश भण्डारी एकै पटक मनु{ भएन- वहाँका सिर्जनाले वहाँलाई सधैँ बचाई राख्नेछन् । नेपाली साहित्यका पा�� कहरूले गणेश भण्डारीलाई सधैँ चम्किलो व्यक्तिकारूपमा पाईरहन्छन\ ।
गणेश भण्डारीका लेखनका प्रवृत्तिहरू अनेक छन्\ । २०१०-१२ साल देखि लेख्न शुरूगर्ने भण्डारीले बाँचुन्जेल लेख्तै रहनुभयो । वहाँको यो यात्रा सतही र हल्का भने थिएन । जताततै हातहाल्नु भएन तर जहाँ हातहाल्नु भयो गम्भीर रहनुभयो । अनुसन्धानात्मक रुची राख्ने लेखकका रूपमा गणेश भण्डारीले आफूलाई स्थापित गराउनुभयो ।
पुराना कुरालाई रोचक रूपमा प्रस्तुत गर्ने भण्डारीको विशेषता हो । भण्डारीको एउटा प्रश्न थियो -“साहित्यकारका सृष्टिलाई आफ्नो �� ान्ने समाज र राष्ट्रले किन स्रष्टालाई उपेक्षा गर्छ ? “यो प्रश्नको आकार आज पनि घटेको छैन । यो प्रश्न फगत गणेश भण्डारीको प्रश्न हैन, सम्पूर्ण{ स्रष्टाहरूको र स्रष्टाहरूलाई माया गर्नेहरूको प्रश्न हो । एउटै प्रश्नबाट साहित्य प्रतिको अवधारणालाई र वर्तमानलाई स्पष्ट पार्न{ सक्षम भण्डारीको समीक्षा क्षेत्रको दखल र शीप बुझ्न धेरै मिहिनेत गर्नु पर्दै{न । ´अभिव्यक्ति कति जटिल, कति सरल-सन्दर्भ ‘नरसि+ह अवतार’ हेरे पुग्छ । २०३६ सालमा प्रकाशित जगदिश समसेरको ‘नरसि+ह अवतारले’ त्यस्ताका निकै चर्चा बटुल्यो । त्यसको अर्को वर्ष{ मदन पुरस्कार समेत प्राप्तगर्न सफल कृतिका वारे भण्डारीको समीक्षा सटीक छ, यस पूर्व समीक्षाका रूपमा उक्त कृतिकावारे कमैले कलम चलाएका थिए ।
यसै त गणेश भण्डारीका साहित्य र भाषा प्रतिका अवधारणा बुझ्नलाई उहाँको ‘ भाषा र संस्कृति’ भन्ने लेख अध्ययनगर्दा पर्याप्त हुन्छ । छोटै लेखमा उहाँले आफ्ना गहन अवधारणाहरू प्रस्तुत गर्नुभएको छ । ´कलात्मक संवेदनाका कवि घिमिरे´ – जस्ता उहाँका समीक्षाबाट समीक्षामा उहाँ सामान्यीकरणका रूपमा देखिनु हुन्न । काव्यको विशिष्टपक्ष समातेर समीक्षातर्फ लाग्ने उहाँको प्रवृत्ति पाइन्छ । ‘नेपाली हास्य व्यङ्गय साहित्यको उ�� ान’ – जस्ता लेखले पनि उहाँको यही गुणलाई प्रस्तुत गर्छ ।
‘किपट क्षेत्र र व्यवस्था ‘उहाँको महत्वपूर्ण अनुसन्धानात्मक कृति हो । २०३८ सालमा वाणी साधनामा प्रकाशित यो लेखको प|भाव अहिले उक्सन सकेको छैन तर इतिहासमा यसले महत्वपूर्ण आकार ग्रहण गन{ बाँकी छँदैछ । सामाजिक रूपले यस्ता अनुसन्धानात्मक लेखहरू तयार गर्न वीरलै लाग्छन् – मान्छेहरू, तर यस्तो अनुसन्धान विना साहित्य पूरा हुँदैन । यो योगदान गणेश भण्डारीद्वारा प्रस्तुत छ ।
नेपाली साहित्यमा कृष्णालाल अधिकारीको नाम विशेषरूपमा आउँछ । कृष्णालाल अधिकारीले लेखेको मकैको खेती नामक पुस्तकले �� ूलो काण्ड उ�� ायो – वि=सं= १९७७ सालमा, यसै काण्डलाई ” मकै पर्व ” भनिन्छ र मकै पर्व नेपाली साहित्यको इतिहासमा �� ूलै पर्वको रूपमा गनिन्छ । धेरै लेखकहरूले मकै पर्व बारे कलम चलाएका छन् ।
मकै पर्वमा कलम चलाउने स्रष्टा गणेश भण्डारी पनि हुनुहुन्छ । उहाँले ” ऐतिहासिक मकै पर्व” भन्ने अनुसन्धानात्मक लेख लेख्नु भएको छ । जो अन्य स्रष्टाहरूको अभिव्यक्ति भन्दा भिन्न छ र मौलिक छ साथै गहन पनि । ” तिललाई पहाड बनाएको र लहरो तान्दा पहरो गर्जाईएको साल, खेतीको तरिका सिकाउने साधारण पुस्तक लेखिएको र अर्थको अनर्थ{ पारी त्यसलाई राजकाजी बनाईएको साल, पुस्तक जफत गरी पोलिएको र एक प्रति नपुग्दा एक जनालाई एक हजार नगद बक्स र जागिर अनि नौ जनाको जागिर खोसिएको साल – सम्वंत् उन्नाइस सय सतहत्तर साल ” मकै पर्व बारे गणेश भण्डारीले यसरी लेख्न थाल्नु भएको छ । माथिका थोरै हरफहरूमा मकै पर्वका बारेमा स्पष्ट तस्विर प्रदर्शन गरिएको छ भने सरल लेखन स्तरीय हुन्छ र कलात्मक हुन्छ भन्ने उदाहरण भण्डारीले मकैपर्व बारेमा लेख्न शुरूगर्दै{ प्रस्तुत गर्नु भएको छ ।
माथि उल्लेख कुराहरू त केही उदाहरण हुन । यी थोरै उदाहरणबाट भण्डारीको छुटै पहिचान, विशेषता र लेखनका प्रवृत्तिलाई धेरै झल्काउने जमर्को{ मात्र हो ।
त्यसो त भण्डारीले धेरै काय{हरू गर्नु भएको छ । माथि उल्लेख कृतिहरूका अतिरिक्त व्यक्ति-अभिव्यक्ति -समालोचनका_ कवि पं= सुवेदी र उनका कृति – समालोचना _ पनि भण्डारीका महत्वपूर्ण कृतिहरू हुन\ । त्यस्तै गरेर डढेलो -कविता सङ्ग्रह_ लाई लिन सकिन्छ । उहाँले छहारीको सम्पादन पनि गर्नु भएको छ । एरिश्टोटलको काव्य-शास्त्रको अनुवाद पनि गरेर कुशल अनुवादकको परिचय पनि स्थापित गराउनु भएकोछ भने अनगिन्ती लेख रचनाहरू विभिन्न पत्र-पत्रिकामा प्रकाशित छन्\ । यसरी हामी निष्कर्षमा यसो भन्नसक्छौं गणेश भण्डारी कवि हुनुहुन्थ्यो । समालोचक हुनुहुन्थ्यो । अनुसन्धाता हुनुहुन्थ्यो । अनुवादक हुनुहुन्थ्यो र सम्पादक पनि । यस्तो प्रतिभाशाली व्यक्तित्व भण्डारीको असामयिक निधन नेपाली साहित्य जगतका लागि अपूरणीय क्षति हो । उहाँको स्मृतिमा प्रकाशन हुनलागेको स्मृति ग्रन्थ मार्फत म उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु ।