पछिल्लो पटक मैले “ मुलाको मुरली ” भन्ने किताब पढेँ । यसले मलाइ औधी सन्तुष्टि दियो । हास्य व्यङ्गको यस पुस्तकका लेखक चूडामणि वशिष्ठ हुनुहुन्छ । वहाँ लामो समय देखि व्यङ्ग लेखनमा कृयाशिल हुनुहुन्छ । राजनीतिका ‚ शिक्षाका ‚ स्वास्थ्यका तथा समाजका हरेक क्षेत्रका विकृतिलाई उभ्याएर प्रहार गर्नु वहाँको लेखनको प्रवृत्ति र विशेषता हो । पढ्न थालेपछि नछोडी पढी रहूँ जस्तो लाग्ने पुस्तकको विशेषता हो । भैरव अर्याल‚ केशबराज पिडाली‚ राम कुमार पाण्डे जस्ता लेखकहरूका कृतिहरूको स्मरण यस कृतिले गराएको छ ।
समाजका आम मान्छेलाई लागेका कुराहरू लेखकका कुरा भकाएछन् । सबैलाई घत लाग्दा कुरा लेखकबाट आएका छन् । भ्रष्टाचार ‚ बेथिति‚ गुण्डागर्दी‚ लापरवाह जस्ता कुराहरूको दोहोलो काढिएको छ । शब्दहरू त मुहानबाट फुतफुती निस्के जस्तो लाग्छ । पढ्नै पर्ने किताब लेखकले लेख्नु भएको छ ।
बाइस शीर्षकमा लेखिएका लेखहरू सबै उम्दा छन् । शीर्षकको छनौट पनि घत लाग्दो छ । १५२ पेजको किताब दिएर लेखकले नेपाली साहित्य भण्डारमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । लेखकबाट यस्तै किताब पढ्न पाइ रहूँ ।