यसपल्ट पनि बाली लागेन

विषय-सूचि १. पानी पर्दै परेन बारीका कान्लाहरु सुके खेतका गराहरु पटपटी फुटे बाली लाग्दै लागेन सलह र बाँदरहरु तैनाथ रहे विवेकको अनिकालले धेरै मानिसहरु शहीद भए यसरी त हुँदै भएन भनेर एउटा पुस्ता जुर्मुरायो / अर्को उठ्यो अर्को पुस्ताले स्वर थप्यो / आवाज थप्यो अर्को पनि उठ्यो साँच्चै आकाशभरि बादल छायो पानी पर्न थाल्यो /मान्छे…

आफ्नो कुरा

विषय-सूचि २०४८ साल पछि लेखिएका कविताहरुको संकलन निकाल्ने रहरको निकास यो संग्रह हो । महँगी र मान्छेको अस्तित्व भने पुरानै कविता हुन्। यसै त यो संग्रहमा परेका सबैजसो कविताहरु कुनै न कुनै पत्रिकामा प्रकाशित भैसकेका हुन्। यस अर्थमा यसलाई रहर वा स्वभाविकता जे भने पनि हुन्छ होला । लाग्छ, आजकाल कविताको खेती सुख्खाग्रस्त छ ।…

भूमिका

विषय-सूचि  पच्चीसवटा कविताहरुको सँगालो थियो आज भालेलाई वास्न निषेध छ (२०४८)मा । यो पल्टको यसपल्ट पनि वाली लागेन (२०५५)मा पनि यतिकै छेउछाउको संख्यामा कविताहरु छन् । जम्मा-जम्मी लीला उदासी नाउँका नेपाली कविले आफ्ना वर्गतले, क्षमताले दुई संग्रहमा ५० वटा जतिमात्र कविताहरु छापेर दिन सके नेपाली साहित्यलाई । पहिले पनि नेपालमा भाले वासेन, वास्न खोज्दा पनि…

अभिनन्दन दीपेन्द्र र अश्मितालाई

प्रतिदिन दैनिकमा फाल्गुण २३ गते प्रकाशित  एउटा समाचार छ । काठमाण्डौ बबरमहलकी अस्मिता रिजाल र बुटवल गैडाकोटका दीपेन्द्र कार्की कलेज जीवनमै प्रेम बन्धनमा बाँधिएछन् । उनीहरुले प्रेमलाई बिबाहमा पनि परिणत गरे । जब बिबाह भोजको प्रसंङ्ग आयो , उनिहरुले बिबाह भोज गरेनन् । भोजमा खर्च गर्ने रकम रु एकलाख एकहजार कृष्ण गण्डकी निमाबिलाई दिए र त्यो रकम…